यही डिसेम्बर २८ तारिकका दिन ब्रशेल्स अन्तराष्ट्रिय बिमानस्थलमा बेल्जियमका लागि नवनियुक्त राजदूत महामहिम श्री प्रमेश हमाललाई नेकपा-एमाले) बेल्जियम कमिटिले हार्दिक स्वागत गरेको छ । नेकपा-एमाले) बेल्जियम कमिटिको सचिब सरस्वति -सरु) चापागाईको नेतृत्वमा गएको नेकपा-एमाले) बेल्जियम कमिटिले उहांलाई पुष्पगुच्छा तथा खादाहरु अर्पण गरी हार्दिक स्वागत गरेको थियो । एन आर एन, बेल्जियम लगायत बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुले समेत उहांको स्वागत गरेका थिए ।
e diel, 30 dhjetor 2007
नेकपा-एमाले) बेल्जियम कमिटिले नवनियुक्त राजदूतलाई बेल्जियममा स्वागत
यही डिसेम्बर २८ तारिकका दिन ब्रशेल्स अन्तराष्ट्रिय बिमानस्थलमा बेल्जियमका लागि नवनियुक्त राजदूत महामहिम श्री प्रमेश हमाललाई नेकपा-एमाले) बेल्जियम कमिटिले हार्दिक स्वागत गरेको छ । नेकपा-एमाले) बेल्जियम कमिटिको सचिब सरस्वति -सरु) चापागाईको नेतृत्वमा गएको नेकपा-एमाले) बेल्जियम कमिटिले उहांलाई पुष्पगुच्छा तथा खादाहरु अर्पण गरी हार्दिक स्वागत गरेको थियो । एन आर एन, बेल्जियम लगायत बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुले समेत उहांको स्वागत गरेका थिए ।
वेल्जियमका लागि नवनियुक्त राजदूत प्रमेश हमालको स्वागत
वेल्जियमका लागि नवनियुक्त राजदूत प्रमेश हमाल २८ डिसेम्वरका दिन ब्रसेल्स आईपुग्नु हुंदा विमानस्थलमा एनआरएन वेल्जियमले हार्दिक स्वागत गरेको छ । एनआरएन आई.सि.सि. सदस्य रविन्द्रमान श्रेष्ठ, संस्थाका संरक्षक सदस्य कृष्ण खतिवडा, अध्यक्ष युवराज गुरुङ्ग, सदस्य किसन के.सी. लगायतका उपस्थित जनसमुदायले पूष्प गुच्छा तथा खादा अर्पण गरी राजदूतको स्वागत गरेका थिए ।
नेपाली दुतावास वेल्जियम मा अन्तिम समयमा स्व नारायण शम्सेर थापा राजदुत हुनु हुन्थ्यो । यस पछि श्रीमति अम्विका लुइटेलले का वा राजदुतको रुपमा कार्य संचालन गर्दै आउनु भएको थियो ।
लोकतन्त्रको स्थापना पश्च्यात नेपाली दुतावास वेल्जियममा नेपालीको समस्याको निराकरण छिटो हुन थालेको अनुभव यहाका नेपालीको रहेको छ ।
लामो समय सम्म राजदुत विहिन रहेको दुतावासमा नेपाल सरकारले नियुक्त गर्न धेरै समय लगाएको थियो । इ यु लगायत नेदरल्याण्डको समेत महत्वपर्ुण्ा जिम्मेवारी वेल्जियमका राजदुतको काधमा रहने गर्दछ । यदापी यसलाई दुतावास परिवारले राम्ररी सम्हाल्दै आइ रहेका थिए ।
e shtunë, 29 dhjetor 2007
नबबेल्जियमका शरणार्थी मैनबत्ती बालेर सडकमा
विगत लामो समय देखि शरणार्थीको रुपमा बेल्जियममा दर्ता भै न्यायको प्रतिक्षामा रहेका बिना कागजवाला शरणार्थीहरु ब्रशेल्सको फो रे कम्युनमा आज अपरान्ह ३ ः४० बजे हातमा मैनबत्ती बालेर न्यायको लागि दवाब मूलक कार्यक्रम गरेका छन् ।
विभिन्न मुलुक बाट शरणार्थीको रुपमा बेल्जियममा प्रबेश गरेका आप्रवासीको ठूलो संख्या उचित न्याय नपाउंदा सडकमा अलपत्र अवस्थामा परेका छन् । न्यायिक निकायमा हुने लापरवाही र होचुवाको भरमा दिइने निर्ण्र्ााे वास्तविक शरणार्थीहरु पनि छनोटमा पर्न नसक्दा आज विसौं हजार शरणार्थी गन्तव्य विहीन अवस्थाको जिन्दगी विताउन विवश छन् । बेल्जियम भरी न्यायको लागि विगत २ वर्षदेखि चल्दै आएको दवाब मूलक संर्घष्ा र आमरण अनसन जस्तो कठोर कदमले याहाँको सरकार बाध्य भै आंशिक रुपमा सुनुवाई गर्दै आएको छ । मार्च २००६ मा एक्सेल कम्युनमा १३० जना भोकहडतालमा बसी सफल भएपछि देशै भरी ४१ वटा चर्चमा धर्ना र भोकहडताल जस्ता कार्यक्रम सञ्चालन भएका थिए ।१० जून २००७ को संसदीय चुनाव पछि जन्मेको नयाँ राजनैतिक संकटले नयाँ सरकार नबन्दा सम्म "पर्ख र हेर " को निति अबलम्वन गरी बसेका विना कागजवाला शरणार्थीहरु १९४ दिन सम्मको राजनैतिक संकट पछि निकासको रुपमा बेनेको अन्तरिम सरकारले शरणार्थी समस्या सम्बन्धि एक शब्द सम्म पनि उच्च्ाारण नगरे पछि मर्माहत बन्न पुगी नयाँ संर्घष्ाको उठान गर्न राष्ट्रिय स्तरको विना कागजवालाहरुको नयाँ समिति निर्माण गरेका छन् । नेपाली समुदाय संर्घष्ा समिति, बेल्जियम cnpr , उडेप फो रे udep forest , इक्सेल समुह cpr-xl रेगुलाईजेशनका लागि सहयोगी संस्था -crer_ ४ समुह मिलेर गठन गरिएको यो संयुक्त आयोजक कमिटी cnsp-Belge ले क्रमबद्ध रुपमा बेल्जियम भरी नयाँ संर्घष्ाको उठान गर्ने घोषणा गरेको छ ।
आज फो रे कम्युन अगाडी गरिएको दवाब मुलक कार्यक्रम यो समितिको पहिलो चरणको संर्घष्ाको रुपमा लिएको छ । करीब १०० सयको संख्यामा भेला भएका विना कागजवालाहरु आफूलाई काम गर्ने अनुमति सहितको बैधानिक बर्साईको ब्यबस्था गर्नु पर्ने कुरामा विशेष जोड दिएका थिए । कार्यक्रम स्थलमा बोल्दै नेपाली समुदाय संर्घष्ा समिति का केन्द्रिय सचिव लिलाधर पन्तले यो विश्वमा कही पनि मानिस अवैधानिक हुन सक्तैन , यो सरकारले हामीलाई भन्ने गरेको अवैधानिक शब्द फिर्ता लिइ सबैलाइ समान अवसर दिनु पर्छ । आफ्नो बाँच्न पाउने अधिकार सुरक्षित नहुँदा सम्म हामी निरन्तर लडीरहने छौं भन्नुभयो । त्यस्तै अर्का बक्ता संर्घष्ाको प्रमुख नेतृत्वकर्ता स्थानीय crer सँस्थाका संयोजक ओस्कार ले मान्छे प्रति गरिएको यो अमानवीय व्यबहारले हामी बेल्जिक नागरिक स्तब्ध भएका छौं । आफ्नो अधिकार प्राप्तिका लागि तपाईंहरुले गर्नुभएको कार्यक्रममा हाम्रो निरन्तर साथ रहिरहने छ भन्दै संर्घष्ाका लागि निरन्तर अगाडी बढ्न आव्हान गनुभयो ।
ब्रशेल्स क्षेत्रीय कमिटी र आत्वेरपेन क्षेत्रीय कमिटी को बिशेष उपस्थिती रहेको उक्त कार्यक्रममा वेस्टेन्ड वासी नेपालीको पनि सहभागिता थियो । त्यस्तै स्थानीय मजदुर संगठन -सि एस सी ) राजनैतिक पार्टर्ीी पि टि बी ) तथा स्थानीयवासीहरुको समेत सहभागितामा सम्पन्न उक्त कार्यक्रमको रोचक पक्ष मैन वत्तीको प्रकास बनेको थियो । मैनवत्ती बालेर न्याय खोज्न गरिएको यो प्रयासले आगामी दिनमा सफलता हासिल हुने विश्वास सबैको छ ।
लिलाधर पन्त /ब्रशेल्स
e martë, 25 dhjetor 2007
भेरीमा उद्दार जारी, मृतकमध्ये ११ को सनाखत

भेरी नदीमा रहेको पुल भाँचिदा नदीमा डुवेर वेपत्ता भएका हरुको खोजी कार्य आजविहानैदेखि पुन शुरु भएको छ । नेपाली सेना, शसस्त्र तथा जनपद प्रहरी र माओवादी जनसेना विहान सातवजे देखि नै उद्दारमा खटिएको जिल्ला प्रसासन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी अनिलकुमार पाण्डेले सेना तथा प्रहरीको छुट्टा छुट्टै टोली नदीको दुइकिनारवाट सर्चमा लागेको वताउनुभयो ।
यता सुर्खेत अस्पतालमा उपचाररत ३२ मध्ये केहीलाइ थप उपचारको लागि सेनाको जहाज मार्फत काठमाण्डौ ल्याउने तयारी भइरहेको पाण्डेले वताउनुभएको छ ।
यता, हिजो वेलुकीसम्म भेटिएका कुल १६ शवमध्ये ११ जनाको सनाखत भएको छ भने अन्यको नाम खुल्न सकेको छैन् ।
नदीमा डुवेर वेपत्ता हुनेको सङख्यावारे पनि यकिन हुन सकेको छैन् । प्रतक्ष्यदर्सीले पुलमा करिव पाँचसय मानिस रहेको वताएपनि वेपत्ताहरुको अनुमानित सङख्या निकाल्न नसकिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।
मृतकहरुको नामावली यसप्रकार छ ।
लक्ष्मी सुनार (सुर्खेत गुमी ४ की वर्ष ३४)
चन्द्रकला गुरुङ्ग, (गुमी १ की )
राजु परियार (गुमी ३ वर्ष १४)
मिरा गुरुङ्ग (४० बर्षीय बाँके खजुरा)
नानी सुनार (गुमी ५ की पाँच महिने बालिका)
यमुन श्रीष (गुमी ३ की ४ बर्षीय)
सिर्जना वली (सुर्खेत घुमखहरे ५ बर्षीय)
खड्क ब. बि.क. (दहचौर १ का १७ बर्षीय)
अस्मिता शर्मा (दहचौर ८ की १० बर्षीय)
विष्णा दर्लामी (दहचौर १ की २० बर्षीय)
सुर्खेत दहचौर ६ का भक्त ब. टमट्टाका ४ बर्षीय छोरा
नाम नखुलेका ३ बच्चा
नाम नखुलेकी १ महिला
राजेन्द्र महतो अहिले पनि सरकारको मुख्य वेबसाइटमा मन्त्रीकै रूपमा
झन्डै तीन महिनाअघि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीबाट राजीनामा दिएका राजेन्द्र महतो अहिले पनि सरकारको मुख्य वेबसाइटमा मन्त्रीकै रूपमा छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयको वेबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू डट ओपीएमसीएम डट जीओभी डट एनपीमा महतोको नाम मन्त्रीकै रूपमा रहेको छ।
त्यस्तै तीन साताअघि मन्त्रीबाट राजीनामा दिएका महन्त ठाकुर, तीन महिनाअघि राजीनामा दिएर पनि सोमबार मात्र स्वीकृत भएका माआवादी नेताहरू कृष्णबहादुर महरा, हिसिला यमी, देव गुरुङ र खड्गबहादुर विश्वकर्माको नाम पनि मन्त्री परिषद्का सदस्यको रूपमा रहेको छ।
मन्त्रीहरूको मात्र होइन, सरकारी उच्च ओहोदामा रहेका प्रशासकहरूको नाम पनि सरकारी वेबसाइटमा जुन स्थानमा कार्यरत हो, त्यसमा देखिँदैन।
विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव नारायणप्रसाद सिलवाल मन्त्रिपरिषद् सचिवालयबाट सरुवा भएर आएको दुइ महिनाभन्दा बढी भए पनि सरकारी वेबसाइटमा उहाँको नाम मन्त्रिपरिषद्को सचिवालयको सचिवमा रहेको छ भने विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको वेबसाइटमा पनि उहाँको नाम सो मन्त्रालयको सचिवको रूपमा रहेको छ।
यस्तै विभिन्न मन्त्रालयका प्रवक्ताका बारेमा सरकारी वेबसाइटमा राखिएका विवरण पनि नमिल्ने अवस्थामा रहेका छन्। विवरणमा राखिएका प्रवक्ता कोही सचिव भइरहेका छन् भने कोही विदेशमा राजदूत।
विभिन्न मन्त्रालय र निकायले वेबसाइट अद्यावधिक गर्ने जिम्मा कन्सल्टेन्सीलाई दिने गरेका छन्। तर कन्सल्टेन्सीले समयमा अद्यावधिक नगर्ने कारणले पनि अधिकांश सरकारी वेबसाइटमा पुरानै विवरणहरू रहेको अधिकारीहरूको भनाइ पाइएको छ।
e diel, 23 dhjetor 2007
गुरुङपरम्परा र रितिरिवाज रहेको वृत्तचित्र प्रदशन


आर्थर डाँडाखर्क गाँउ विकाश समिति मा छायाँकन गरिएको प्रसिद्ध पञ्चासे मनमोहक लेख,ताल गाउ घर सिँगो पञ्चासेमा एक मात्र जिवित गोठ यही पृष्ठभूमीमा हर्ुर्केको गुरुङपरम्परा र रितिरिवाज को मुख्य आकर्षा रहेको वृत्तचित्र मातृभूमीको आत्मकथा यही डिसेम्वर ज्ञघ को दिन एन्टवर्ेर्पेन्ट स्थित एटलास भवनमा आयोजित एक वृहत कार्यक्रमको अवसर पारेर सँक्षिप्त पर््रदर्शनी गरियो र्।पर्वत बेल्जियम सर्म्पर्क समितिको सक्रियतामा, तमु समाज र मेतर्स एण्ड पोतर्सको नामका सामाजिक सँस्थाद्धारा उपलब्ध स्टलमा समितिका सदस्यहरुको पनि उपस्थिती थियो । विदेशिएका नेपालीहरुलाई आफ्नै थलोमा र्फकन आग्रह गर्न खोजिएको मातृभूमी को आत्माकथा, तत्कालिन समय सँग सान्दर्भिक वृत्तचित्र सम्वन्धी विषेश चासो राख्ने दर्शकहरुको लागी स्थानिय भाषामा अनुवादित पर्च समेत वितरण गरिएको थियो ।
एन्टवर्ेर्पेन्टबाट मेख गुरुङ
तमू समाज बेल्जियम द्वारा कार्यक्रममा सहभागी

एन्थ्रोपेन्ट स्थित एटलास भवनले आयोजन गरेको भेरेनिलिङे मार्कट कार्यक्रममा करिव 50 V.Z.W. सँस्थाहरुले भाग लिएको थिए । उक्त अवसरमा तमू समाज बेल्जियमले विभिन्न प्रकारको नेपाली खानाहरु तयार गरि तमू भेष भूषमा उक्त खानाहरु आगन्तुकहरुलाई तोकीएको मूल्यमा व्रि्री वितरण गरिएको थियो । व्रि्री वितरण गर्नु अघि अर्न्तराष्ट्रिय कमिटिका सदस्य ओजकुर्त रमिनीले खाना चाखी उदघाटन गरिएको थियो । तमू समाजका सचिव बालेन्द्र गुरुङ लगाएत करिव 10 जना सदस्यहरुको उपस्थिती रहेको तमू समाज तथा मेतर्स एण्ड पोतर्सको स्टलमा श्रीमति दुर्गा गुरुङ श्री प्रसाद गुरुङ तथा दिपक गुरुङ तमू पोशक लगाई आकर्षा देखिन्थे भने अन्य सदस्यहरुले आगन्तुकहरुलाई गुरुङ पोशक र खाना वारे वर्ण्र्ाागरेका थिए । सो कार्यक्रम वेलुका 4 वजे सुरु भै सोही दिनको 7 वजे समाप्त भएको थियो ।
एन्थ्रोपेन्टबाट नारायन प्रसाद गुरुङ
e premte, 21 dhjetor 2007
को को भए वेल्जियममा मंत्रीहरु फोटो सहित














अन्तत ६ महिना पछी वेल्जियमले मंत्रीमण्डल पाएको छ । त्यो पनि मार्च २३ तारिख सम्मको लागि । लामो विवाद अनि छलफल पश्चात पुन एक पटक अन्तरिम सरकार को प्रमुख पर्ुव प्रधानमन्त्री भरहोफस्टाड नै प्रधानमन्त्री वनेका छन । चुनावमा उनको पार्टर्ीी भने नराम्रो पराजय भोग्नु परेको थियो । चुनावमा जितेता पनि पर्ुण्ा वहुमत नआएको कारण का लेटरमीले सरकार वनाउन सकेका थिएन । वेल्जियमका नेदरल्याण्ड भाषा वोल्ने र फान्स भाषा वोल्ने को विचमा तालमेल नहुदा ६ महिना सरकार वन्न सकेको थिएन ।
Guy Verhofstadt (Open Vld): Eerste minister
Didier Reynders (MR): vice-Eerste minister en minister van Financiën en Institutionele Hervormingen
Yves Leterme (CD&V): vice-Eerste minister en minister van Begroting, Mobiliteit en Institutionele Hervormingen
Laurette Onkelinx (PS): minister van Sociale Zaken en Volksgezondheid
Patrick Dewael (Open Vld): minister van Binnenlandse Zaken
Karel De Gucht (Open Vld): minister van Buitenlandse Zaken
Sabine Laruelle (MR): minister van Economie, Zelfstandigen en Landbouw
Christian Dupont (PS): minister van Pensioenen en Maatschappelijke integratie
Josly Piette (cdH): minister van Werk
Jo Vandeurzen (CD&V): minister van Justitie
Pieter De Crem (CD&V): minister van Defensie
Paul Magnette (PS): minister van Klimaat en Energie
Charles Michel (MR): minister van Ontwikkelingssamenwerking
Inge Vervotte (CD&V): minister van Ambtenarenzaken en Overheidsbedrijven
यसअधि केही वस्तुगत कुरामा विभिन्न पार्टर्ीीवच सहमती भएको थियो । यसमा वेल्जियममा रहने आप्रवासी सम्वन्धी रेगुलाइजेसन को सहमती समेत पर्दछ। यदापी सरकार वनि नसकेको कारण त्यस विषयमा केही हुन सकेको थिएन । अव यसले निकास पाउन सक्ने श्रोतले वतायो । वेल्जियममा २००८ अक्टोवर १ ता देखि व्लु कार्डको सिस्टम अंगिकार गर्ने जनाएको छ । यस अन्तरगत आर्थिक आप्रवासीले वैधानीक रुपमा वेल्जियम वस्न सक्ने छ । यस वारे वृस्तत तथ्थकेही खुलाएको छैन । यदापी इयुका सवै देशले व्लुकार्ड जारी गर्ने वताए पनि यो सिस्टम लागु गर्न वेल्जियम पहिलो राष्ट हुने छ ।
e hënë, 17 dhjetor 2007
चुनाव भएको ६ महिना पछी वेल्जियममा सरकार गठन

अन्तत ६ महिना पछी वेल्जियमले प्रधानमन्त्री पाएको छ । त्यो पनि मार्च २३ तारिख सम्मको लागि । लामो विवाद अनि छलफल पश्चात पुन एक पटक अन्तरिम सरकार को प्रमुख पर्ुव प्रधानमन्त्री भरहोफस्टाड नै प्रधानमन्त्री वनेका छन । चुनावमा उनको पार्टर्ीी भने नराम्रो पराजय भोग्नु परेको थियो । चुनावमा जितेता पनि पर्ुण्ा वहुमत नआएको कारण का लेटरमीले सरकार वनाउन सकेका थिएन । वेल्जियमका नेदरल्याण्ड भाषा वोल्ने र फान्स भाषा वोल्ने को विचमा तालमेल नहुदा ६ महिना सरकार वन्न सकेको थिएन ।
यसअधि केही वस्तुगत कुरामा विभिन्न पार्टर्ीीवच सहमती भएको थियो । यसमा वेल्जियममा रहने आप्रवासी सम्वन्धी रेगुलाइजेसन को सहमती समेत पर्दछ। यदापी सरकार वनि नसकेको कारण त्यस विषयमा केही हुन सकेको थिएन । अव यसले निकास पाउन सक्ने श्रोतले वतायो । वेल्जियममा २००८ अक्टोवर १ ता देखि व्लु कार्डको सिस्टम अंगिकार गर्ने जनाएको छ । यस अन्तरगत आर्थिक आप्रवासीले वैधानीक रुपमा वेल्जियम वस्न सक्ने छ । यस वारे वृस्तत तथ्थकेही खुलाएको छैन । यदापी इयुका सवै देशले व्लुकार्ड जारी गर्ने वताए पनि यो सिस्टम लागु गर्न वेल्जियम पहिलो राष्ट हुने छ ।
e shtunë, 15 dhjetor 2007
मडारियो कालो बादल क्षितिज भन्दा पारी

मडारियो कालो बादल क्षितिज भन्दा पारी
त्यसकै चट्याङले मन पार्दैछ भारी
टुसायो मुना आज असिनको डर भो
बचाउने यस्लाई कसरी रूखलाई ठुलो पिर भो
आज त्यही मुनाको कलिलो बैसमा प्रवेस भो
यही कारण रुखलाई फेरी दिनको भोक न रातको निद्रा भो
गड्याङ गूड्उङ् गर्दै हुरी बतास आइदियो
बैंशालु ती पातहरु झर्ने बेला भईदियो
रिती हो जीवनको एकपटक मुक्त्ती हुने
त्यही पनि मन मान्दो रहेनछ प्रकृतिको रित हो भनी
कल्पनामा डुबुल्की खेल्ने जिन्दकिको कथा
वास्तविकता सँग जुधनु पर्दा साह्रै भयो ब्यथा
दुख्यो आज घाऊ साह्रै मलम पट्टी छैन
खोज्न जांउ कहाँ त्यो पनि थाहा छैन
यात्रा गरु कहाँ मैले जरा धेरै गाडीसके
इच्छा जति अधुरा भएे पातहरु झरिसके
कस्ले छोप्ने लाज मेरो म त नाङ्गो भईसके
यसरी कति दिन बांच्ने म त अब मरी सके , म त अब मरी सके
-मनोज के सी ब्रुस्सेल , बेल्जियम
e enjte, 13 dhjetor 2007
नेपालको सरकारी वेवसाइट हृयाकरको चपेटामा
नेपालको सरकारी वेव साइट www.nepalgov.gov.np इरानीयन हृयाकरले हृयाक गरेका छन । इरानको मोष्टवान्टेड हृयाकर http://www.ibh.ir ले नेपाल सरकारको वेव साइट हृयाक गरे पछि कति क्षति पुगेको छ भन्ने खुलाइएको छैन । यदापी सुचना भने लगभग क्षति तुल्याएको छ । यस अधि सो हृयाकरले विश्वका प्रसिद्ध कम्पनीको वेवसाइट लाई हृयाक गरि सकेका छन । हयाकरको वेव साइटको जानकारी वाट हृयाकार को वारेमा जानकारी लिदा यस प्रकारको छ ।
domain: ibh.ir
remarks: (Domain Holder) Amir Barati
remarks: (Domain Holder Address) Pirouzi Blvd., Pirouzi 62 St., No.130, Floor 2, Mashhad, IR, 94717-74363
admin-c: ab102-irnic
tech-c: ab102-irnic
zone-c: ab102-irnic
nserver: ns1.microsoft9.com
nserver: ns2.microsoft9.com
source: IRNIC # Filtered
person: Amir Barati
remarks: ---
address: ---
e-mail: kinglet@bsdmail.com
phone: 09121432234
fax-no:
nic-hdl: ab102-irnic
source: IRNIC # Filtered
e mërkurë, 12 dhjetor 2007
कटवाललाई भारतको मानार्थ प्रधानसेनापति

भारतले प्रधानसेनापति रुक्माङ्गत कटवाललाई भारतीय सेनाको 'मानार्थ प्रधानसेनापति' सम्मान दि“दै स्थगित सैन्य परम्परालाई निरन्तरता दिएको छ ।
राष्ट्रपति प्रतिभा पाटिलले कटवाललाई बुधबार राष्ट्रपति निवासको अशोका हलमा आयोजित कार्यक्रममा मानार्थ प्रधानसेनापतिको सम्मान दिएकी हुन् । राजाले चार वर्षघि सत्ता लिएपछि नेपाली सेनालाई दि“दै आएको सहयोग र सम्बन्ध भारतले रोकेको थियो ।
स्थगित सैन्य सहयोग र सम्बन्ध सुचारु गर्ने संकेत दि“दै भारतीय सेना प्रमुख दीपक कपुरले समकक्षी कटवाललाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । परम्पराअनुसार नेपाली सेनाका प्रमुख भारतीय सेनाको मानार्थ प्रधानसेनापति हुन्छन् । हरेक प्रधानसेनापतिले नियुक्तिपछि भारत भ्रमण गर्दा यस्तो सम्मान पाउने गर्छन् । त्यसैगरी भारतीय प्रधानसेनापतिले नेपाल भ्रमण गर्ने प्रचलन छ ।
सम्मान दिने वा नदिने भन्नेबारे भारतीय सुरक्षा संयन्त्र केही महिनादेखि छलफलमा थियो ।
भारतीय सैन्य प्रतिष्ठानको प्लाटिनम जुब्लीमा 'विशेष अतिथि' का रूपमा सहभागी हु“दै देहरादूनबाट मंगलबार दिल्ली आएका उनले तत्कालै सुरक्षा अधिकारीहरूस“ग भेटवार्तासमेत सुरु गरेका छन् । कटवाल प्रतिष्ठानका पर्ूवविद्यार्थी पनि हुन् । देहरादून प्लाटिनम जुब्लीमा प्रधानमन्त्री मनमोहन सिंह प्रमुख अतिथि बनेका थिए ।
यसअघि राजाको प्रत्यक्ष शासनमा सहयोग पुर्याउने तत्कालीन प्रधानसेनापति प्यारजंग थापाको कार्यकालको पछिल्लो समयमा भारतले नेपाललाई दि“दै आएको सैन्य सहयोग रोक्का गरेको थियो । मानार्थ सम्मान पाउनुअघि कटवालले भारतीय सुरक्षा अधिकारीका प्रमुखहरूस“ग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । स्रोतका अनुसार उनले सैन्य सम्बन्ध र सहयोग आदानप्रदान लगायत द्विपक्षीय मुद्दामा छलफल गरेका थिए ।
कटवालले बुधबार रक्षामन्त्री ए.के. एन्टोनीस“ग भेटेका थिए । उनले प्रमुख कपुर, जलसेना प्रमुख एडमिरल सुरेश मेहता र हवाई सेना प्रमुख फाली होमी मेजरस“ग बेग्लाबेग्लै भेटवार्ता गरे । त्यसैगरी कटवालले भारतीय रक्षासचिव विजय सिंहस“ग पनि भेटवार्ता गरे ।
e hënë, 10 dhjetor 2007
विश्व साइकलयात्री पुष्कर शाहद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा

३९ वषर्ीय साइकलयात्री शाहले १२ कात्तिकमा जिल्ला आएको बेला भीमेश्वर नगरपालिकामा ३२ वषर्ीया पत्नी सीता शाहसँग सम्बन्धविच्छेद गरिपाऊ“ भनी मुद्दा दर्ता गराएका थिए । एक कानुन व्यवसायीलाई साथमा लिएर नगरपालिका कार्यालय पुगेका शाहले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराए पनि सो कुरा गुपचुप राखेका थिए । उनले दर्ता गरेको मुद्दाको दर्ता नम्बर ७ सय ३० रहेको छ । विश्व साइकलयात्रामा ११ वर्षबिताइसकेका शाहले डेढ वर्षघि नै पत्नीसँग सम्बन्धविच्छेद गर्न चाहेको पारिवारिक स्रोतले बताएको छ । शाहले २०४७ सालमा भीमेश्वर नगरपालिका वडा नं. १२ निवासी भीमप्रसाद कार्कीकी १५ वषीया छोरी सीतासँग मागीविवाह गरेका थिए ।
नगरपालिकामा दर्ता भएको मुद्दामा शाहले २०५९ सालदेखि पत्नी माइती गएर नफर्किएको कारण देखाएका छन् । मुद्दामा सीताले 'म तिमीसँग आउ“दिन“ जे गर्नुपर्छ गर' भनेको भनी उल्लेख गरिएको छ । शाहले सीताको कोखबाट जन्मिएको ९ वर्षो छोरो युग शाह उनीसँगै रहेकोले निजको सवालमा इच्छाबमोजिम रहन पाउने व्यवस्था मिलाइदिन भनेका छन् । उनले पत्नी र छोरोको बारेमा थप केही उल्लेख गरेका छैनन् । पुष्करले छोरालाई आफूले पालनपोषण गर्न पाउनुपर्ने माग दाबी पनि गरेका छैनन् ।
पुरुषले सम्बन्धविच्छेद गर्न चाह“दा सोझै अदालतमा जान नपाउने र गाविस वा नगरपालिकामार्फ आउनुपर्ने कानुनी प्रावधान भएको हुनाले शाहले नगरपालिकामा मुद्दा दर्ता गराएका हुन् । नगरपालिकाले एक वर्षभत्र दुवै पक्षलाई राखी मिलापत्रको प्रयास गर्ने र नसके आफ्नो रायसुझावसहित अदालतमा पेस गर्ने कानुनी व्यवस्था छ ।
यता शाहपत्नी सीता डेढ वर्षपहिले नै इजरायल गइसकेकी छिन् । हालै उनी इजरायलबाट नै क्यानडा गएको पारिवारिक स्रोतले बतायो । छोरा युग शाह भने सीताकी दिदी रेणुका कार्कीसँग बसेर काठमाडौंको एक बोर्डिङमा अध्ययन गरिरहेका छन् ।
ससुरा भीमप्रसाद कार्कीका अनुसार पुष्करले पालनपोषणमा बेवास्ता गरेपछि काठमाडौं बस्दै आएकी सीता उतैबाट विदेश गएकी हुन् । भीमप्रसादले ज्वाइ“ पुष्करले दर्ुइ वर्षघि कान्छी भित्र्याएको र उनीपट्टबिाट एक छोरीसमेत रहेको दाबी गरे । उनले भने, 'सौता ल्याएपछि मेरी छोरी विदेशिएकी हो ।' तर पुष्कर यो कुरा मान्न तयार छैनन् ।
नगरपालिकामा मुद्दा दर्ता गराएको स्वीकार गर्दै उनले पत्नीले घर छाडेपछि सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन बाध्य भएको बताए । उनले दोस्रो विवाह नगरेको दाबी गर्दै भने, 'बाटो खुलाउन मुद्दा दिएको हुँ ।' तर, स्थानीय बासिन्दाका अनुसार पुष्कर र सीताबीच विश्व साइकलयात्रामा निस्किएदेखि नै सम्बन्ध चिसिएको थियो । त्यही भएर पुष्कर राष्ट्रिय तथा अन्तर्रर्ााट्रय मिडियामा बोल्दा घरमा आमा र एकजना भाइ मात्र रहेको बताउ“थे ।
शाह इजरायलबाट दसैंअघि नेपाल आएका हुन् । इजरायलको भिसा लागेको राहदानीबाट मुस्लिम देश सिरिया र लेवनान प्रवेश गर्न असहज भएपछि यात्रा बीचैमा रोकेर नेपाल फर्किएका शाह दुइ महिनापछि शनिबार बेलुकी पुनः यात्रामा निस्किएका छन् । उनले पुनः मुस्लिम देश ओमानबाट यात्रा सुचारु गर्नेछन् ।
साढे नौ वर्षो यात्रामा एक सय १४ राष्ट्रको भ्रमण पूरा गरेका शाहले आगामी साढे चार वर्षा बा“की ३६ राष्ट्रको भ्रमण गर्नेछन् । सन् २०१० मा विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्ने योजना छ, उनको ।
-लक्ष्मण खड्का/नया पत्रिका
e diel, 9 dhjetor 2007
नेपालमा ३६ हजार अभियुक्त फरार
नेपालमा ३६ हजार अभियुक्त फरार छन्, तर तिनको खोजतलास गर्ने प्रहरीको संख्या ५६ हजार मात्र छ । प्रहरीको नजरमा 'मोस्ट वान्टेड' अभियुक्तहरूलाई पक्रने जनशक्ति प्रहरीस“ग छैन, 'त्यसैले' विदेशमा जस्तै नेपालमा प्रहरीले अहिलेसम्म उनीहरूको सूचीसमेत र्सार्वजनिक गरेको छैन ।
नेपाल प्रहरीले १६ भदौको राजधानी बमकाण्डका दोषीका नाममा 'रेर्डकर्नर नोटिस' जारी गर्न खोजेको थियो, तर अन्तर्रर्ााट्रय प्रहरी सञ्जाल इन्टरपोलको 'असहयोग'ले त्यो सम्भव भएन । इन्टरपोलले अदालतबाट अपराध ठहर नभएसम्म कुनै पनि व्यक्तिउपर 'रेर्डकर्नर नोटिस' जारी गर्न नमिल्ने बताएको छ ।
नेपालमा अपराध गरेर फरार भएका कुनै पनि अभियुक्तहरूलाई नेपाल प्रहरीले 'मोस्ट वान्टेड' भन्न सकेको छैन । माओवादी जनयुद्धका बेला राज्यले सो पार्टर्ीीई आतंककारी घोषित गरेपछि नेता तथा कार्यकर्ताका नाममा रेर्डकर्नर नोटिस जारी भएको थियो । तर, भयानक अपराध गरेर भागेका कुनै पनि अपराधीको नाम अहिलेसम्म रेर्डकर्नर नोटिसमा आएको छैन ।
प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागका डिआइजी केबी राना पर्याप्त कानुनको अभावमा प्रहरीले 'मोस्ट वान्टेड' सूची प्रकाशित गर्न नसकेको बताउ“छन् । विदेशमा कुनै अपराधी फरार भएमा अदालतमा अभियोग दायर हुन्छ र अदालतले पक्राउ पर्ुर्जी काटेपछि व्यक्तिको खोजी सुरु हुन्छ । तर, नेपालमा प्रहरी आफैंले व्यक्तिको खोजीका लागि पक्राउ पुर्जी काट्न पाउ“छ र नभेटिए र्सार्वजनिक रूपमा 'मोस्ट वान्टेड' भन्न सक्दैन ।
नेपाल प्रहरीले कसैलाई पनि पक्राउ गरेको २४ घन्टाभित्र अदालतमा पेस गर्छ, अनि पक्राउ परेको व्यक्ति खास अपराधी हो कि होइन भनेर परीक्षण सुरु गर्छ । 'हामीले अपराधी ठानेको मान्छे अपराधी हो कि होइन भन्ने कुरा ऊ समातिएपछि मात्रै थाहा हुन्छ,' डिआइजी राना भन्छन्, 'ऊ समातिनुअघि नै हामीले उसको नाम मोस्ट वान्टेड भनेर र्सार्वजनिक गर्न मिल्दैन ।' पहिले अपराधी भनेर खोजिएको मान्छे निर्दोष सावित भए उसले मानहानिको मुद्दा हाल्न सक्ने भएकोले शंस्कास्पद मान्छेको नाम र्सार्वजनिक गर्न नसकिने उनी बताउ“छन् । तर, यस्तो अवस्थाले प्रहरीलाई कमजोर बनाएको पनि उनको अनुभव छ । 'संदिग्ध अपराधीको नाम हामीले र्सार्वजनिक गर्न पाउनुपर्छ । हामी त्यो प्रक्रियामा जुटेका छौं,' रानाले भने ।
विभिन्न जिल्लामा हुने अपराध र त्यसबारे अदालतले गरेका फैसलाका प्रतिलिपि जिल्ला प्रहरी कार्यालयले पाउ“छन् । तर, यस्ता प्रतिलिपिहरू जिल्ला-जिल्लाबाट संकलन भएर प्रहरी हेडक्वार्टर आउन धेरै समय लाग्ने गरेको प्रहरी भनाइ छ ।
तर्राईका हतियारधारी समूहका नेता तथा कार्यकर्ता नेपाल प्रहरीको अघोषित 'मोस्ट वान्टेड' सूचीमा छन् । त्यसबाहेक १६ भदौको राजधानी बमकाण्ड र पत्रकार वीरेन्द्र साह हत्याका अभियुक्तहरूलाई पनि प्रहरीले खोजिरहेको छ । उनीहरूलाई खोज्न सशस्त्र प्रहरीका ३० डिएसपी र नेपाल प्रहरीका २० इन्स्पेक्टरको कमान्डमा टोली परिचालित छन् । तर, टोलीले तर्राई आन्दोलनमा क्रियाशील कुनै पनि हतियारधारी समूहका नेता र कार्यकर्ता भेट्टाउन सकेको छैन ।
आफैंले बोकेको बम रौतहटमा विस्फोट भएपछि गम्भीर घाइते भएर उपचारका लागि काठमाडौं आएका तर्राई कोब्राका अध्यक्ष रामेश्वरप्रसाद सिंह -नागराज) पनि प्रहरीको पञ्जाबाट छुटिसकेका छन् । जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराएका नागराजका अपराधहरू नभेट्टएिका कारण छाडिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी योगबहादुर पालले बताएका छन् ।
नेपाल प्रहरीका 'मोस्ट वान्टेड'
१. जयकृष्ण गोइतसहित तर्राई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहका हतियारधारी नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह
२. नागेन्द्रकुमार पासवान (ज्वाला सिंह) सहित तर्राई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) समूहका हतियारधारी नेता तथा कार्यकर्ता अभियोग- हतियारधारी समूह
३. विस्फोट सिंहसहित तर्राई जनतान्त्रिक मुक्ति मोर्चा -विस्फोट सिंह) समूहका हतियारधारी नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह
४. जितनारायण थेरवार (संकेत) सहित जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह
५. फनिराज पोखरेल (आजाद) सहित नेपाल डिफेन्स आर्मीका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह
६. मिस्टर जोनसहित तर्राई आर्मीका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह
७. विश्वनाथ पण्डित (चट्टान सिंह) सहित मधेसी मुक्ति टार्इगर्सका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह
८. नाम खुल्न नसकेको तर्राई बागी कोब्राबाट फुटेको समूहका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह
९. मनोजनाथ पण्डित (कृतिका) सहित मधेसी टाइगरका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह
१०. करेवियन डग -शाहीमन्त्री श्रीषशमशेर र कमल थापाको घरमा बम विस्फोट गराउने समूह, तर नाम नखुलेको)
अभियोग- हतियारधारी समूह
१२. रसवान मधेसीसहित तर्राई उत्थान संघका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह
१३. डाइनोसर -सिराहा, सप्तरी र उदयपुरतिरको सशस्त्र समूह)
अभियोग- हतियारधारी समूह
१४. लक्ष्मण थारूसहित नेकपा माओवादी संयुक्त व्रि्रोही मोर्चाका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह
१५. क्रोधसहित नेसनल टेरोरिस्ट इन काउन्टर समूहका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह
१६. लालबहादुर चौधरीसहित चारजना
अभियोग- पत्रकार वीरेन्द्र साहको हत्या
१७. राजु गोर्खाली
अभियोग- राकेश लिम्बूको कर्तव्य गरी ज्यान लिएको
१८. कौशलकुमार सहनी 'लल्का' अभियोग- राजधानीमा बमकाण्ड
१९. अजय सहनी
अभियोग- राजधानीमा बमकाण्ड
२०. बब्बन सिंह
अभियोग- राजधानीमा बमकाण्ड
२१. रमाकान्त ठाकुर
अभियोग- राजधानीमा बमकाण्ड
२२. राजनारायण ठाकुर -शर्मा) अभियोग- राजधानीमा बमकाण्ड
२३. जगतनारायण साह
अभियोग- राजधानीमा बमकाण्ड
२४. रामप्रिय सहनी उर्फरामभगत सहनी
अभियोग- राजधानीमा बमकाण्ड
२५. घुरन ठाकुर,
अभियोग- राजधानीमा बमकाण्ड
२६. पसिन्दरकुमार बैठा
अभियोग- राजधानीमा बमकाण्ड
२७. सुनिल शर्मा, डा. ज्ञानेन्द्र गिरी अपहरणको नाइके
विश्वमणि सुवेदी/नया पत्रिका
रोजगारका लागि नेपालबाट करिब १४ लाख नेपाली विदेशिएका

सुरक्षित आप्रावासका लागि राष्ट्रिय सञ्जालले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको वैदेशिक रोजगारलाई सुरक्षित,सहज,सुलभ, मर्यादित र उत्तरदायीपूर्ण बनाउँदै लग्नुपर्नेमा जोड दिइयो । कार्यक्रममा वैदेशिक रोजगारका लागि नेपालबाट करिब १४ लाख नेपाली विदेशिएका बताइयो । तीमध्ये ७५ हजार नेपाली महिला कामदारका रूपमा विभिन्न देशमा गएकोका छन् ।
अनुमानित एक खर्ब रुपैयाँ वाषिर्क रेमिटेन्सका रूपमा नेपाल भित्रिने गरेको छ भने यसमा महिलाको योगदान ११ प्रतिशतभन्दा बढी रहेको छ । हरेक दिन ६ सय मानिस वैदेशिक रोजगारीका लागि जाने गरेको र भारत हुँदै जानेको सङ्ख्या पनि २ सयको हाराहारीमा छ ।
बर्सेनि पाँच लाख युवायुवती रोजगारीका लागि श्रम बजारमा आउने गरेका छन् । नेपालमा भएका उद्योगधन्दा, कलकारखाना र सङ्घसंस्था तथा सरकारी सेवामा न्यून मात्रामा युवायुवतीले रोजगारीका लागि मौका पाउने भएकाले सहरी तथा ग्रामीण क्षेत्रका नेपालीहरू जीवनयापनका लागि रोजगारीका सिलसिलामा विदेश जाने गरेको देखिन्छ ।
एक वर्षअघि पैँतीस सङ्घसंस्थाको भेलाले सुरक्षित आप्रावासका लागि राष्ट्रिय सञ्जाल गठन गरी वैदेशिक कामदारहरूका हितको सुनिश्चितताका लागि वकालत गर्ने र आप्रावासी महिला कामदार तथा तिनका परिवारका सदस्यहरूको हितलाई प्राथमिकता दिई काम गरेको देखिन्छ । सञ्जालले संयुक्त राष्ट्रसङ्घको आप्रावाससम्बनधी महासन्धि,१९९० लाई नेपालले तुरुन्त अनुमोदन गर्न, महिलाहरू बढी जोखिममा परेकाले तिनका लागि छुट्टै उपयुक्त सूचना प्रवाह, तालिम, ऋण र सुरक्षाको व्यवस्था मिलाउन सरकारसाग माग गरेको छ ।
वैदेशिक रोजगारमा गएका सबैले विदेशमा रहेको कन्सुलेट र राजदूतावासमार्फत संविधानसभा र अन्य नियमित निर्वाचनमा मतदान गर्ने अधिकारको सुनिश्चितता, वैदेशिक रोजगारमा बढ्दो ठगी रोक्न एवम् श्रम सहचारी तुरुन्त नियुक्त गरी श्रमिकहरूको अधिकार सुनिश्चित गर्न पनि सञ्जालले माग गरेको छ । पत्रकार सम्मेलनमा सञ्जालका मन्जु गुरुङ, सरु जोशी, गणेश गुरुङ र सोम लुईंटेलले वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोग्नुपरेका समस्याका बारेमा प्रकाश पार्नुभएको थियो ।
e shtunë, 8 dhjetor 2007
मर्मत खर्च जुटाउन नसकेपछि नेपाल सरकारले बेलायतस्थित दुतावास भवन बेच्ने

लामो समयदेखिको आशंका अन्त्य गर्दै नेपाल सरकारले पहिलो कुटनीतिक सम्बन्ध कायम भएको देश बेलायतस्थित नेपाली दुतावास भवन बिक्री गर्ने निर्ण्र्ायगरेको छ । नेपालमात्रै होइन, दक्षिण एसियाकै पहिलो मिशन रहेको सो भवन सिद्धान्ततः बिक्री गर्ने निर्ण्र्ायभएको बेलायतका लागि नवनियुक्त राजदुत मुरारीराज शर्माले खुलासा गर्नुभएको हो । 'म यहा आउनुअघि प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवैले बोलाएर अब लन्डनको दुतावास भवन बेच्नुपर्यो, प्रक्रिया अघि बढाउनुस् भन्ने निर्देशन भएको छ'- दुइ साताअघि बेलायत आउनुभएका राजदुत शर्माले भन्नुभयो-'बेच्ने निर्ण्र्ाायले व्यापक विरोध भए पुनर्विचार होला, नत्र बेच्ने निर्ण्र्ााभइसकेको छ ।'
लन्डनको मुटु मानिने केन्सिङ्टन प्यालेस गार्डर्ेेस्थत सो कलात्मक 'क्राउन स्टेट्स प्रोपर्टर्ीीभवन रंगरोकन, मर्मत गर्न धौ-धौ भएको र 'लिज होल्ड' भएकाले बेच्ने अन्तिम निष्कर्षा सरकार पुगेको हो । 'यो हाम्रो सम्पति पनि होइन र मर्मतकै लागि खर्च धान्न नसक्ने भएपछि उपाय त सोच्नुपर्यो नि'- शर्माले भन्नुभयो ।
स्मरणरहोस्, सो भवन 'रिफर्विस' का लागिमात्र करिब साढे ४ मिलियन पाउन्ड -नेपाली रुपिया" ५८ करोड ५० लाख) खर्च लाग्ने अनुमान छ । मर्मत अभावमा वषर्ामा भवनभित्रै पानी चुहिएर कर्मचारीहरुले हैरानी खेप्नुपरिरहेको छ । पारदर्शी र उचित मुल्यमा भवन बेच्न निर्देशन भएपनि कसलाई कति मुल्यमा दिने र कुन प्रक्रिया अपनाउने भन्ने चाहिं निर्ण्र्ाानभएको शर्माले बताउनुभयो । सन् १९३४ मा तत्कालिन सरकारले पहिलोपटक सो भवन लिजमा लिएपछि सन् १९८४ मा ९९ वर्षा लागि पुन नवीकरण गरिएको थियो । सम्झौता सकिन अझै ७५ वर्षन्दा बढि छ । त्यसयता शर्माबाहेक १७ राजदुतले मिसन सम्हालिसकेका छन् । भवन बेच्ने निर्ण्र्ााछि यहा"का बुद्धिजिवीले चिन्ता प्रकट गरेका छन् । 'नेपालीकै प्रतिष्ठाको प्रतीक थियो अब बेच्ने भएछन्'- लिड्स विश्वविद्यालयका प्राध्यापक डा. र्सर्ूय सुवेदी -ओबिइ) ले चिन्ता व्यक्त गर्दै भन्नुभयो-'अब प्रक्रिया कत्तिको पारदर्शी हुन्छ, त्यो हर्ेन बा"की छ ।'
अर्का समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल -ओबिइ) ले भवन बेच्ने सरकारी निर्ण्र्ाा्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । 'कुनै हालतमा पनि भवन बेच्नु हुन्न, यो त बेलायत नेपालबीच पुरानो सम्बन्धको 'सिम्बोल' हो'- डा. धिताल थप्नुहुन्छ-र्'मर्मत गर्नै सकिएन भन्ने निहु"मा त्यो प्राइम लोकेशनको भवन बेच्नु सरकारको मर्ुखता हो । नेपाल बस्ने मन्त्री, नेतालाई यहा"को महत्व के थाहा - अब त्यस्तो ठाउ"मा भवन नै पाइन्न ।' पहिलो, दोश्रो विश्वयुद्धमा बेलायतप्रति नेपालको योगदान देखेरै सस्तोमा लिज पाइएको स्मरण गर्दै उहा"ले भन्नुभयो-'अब बेचेर नाफा गर्नु पनि त सरकारको नैतिकता होइन नि †'
एनआरएन युके अध्यक्ष अशोक श्रेष्ठले पनि यस कदमको विरोध गर्नुभएको छ । 'त्यो ऐतिहासिक भवन बेच्नै हुन्न'-उहा"ले भन्नुभयो-'हामी एनआरएन पदाधिकारी यसै साता पुनर्विचार गरिदिन आग्रह गर्ने हिसावले डेलिगेशन जा"दै छौं ।' नेपाली लोकतान्त्रिक मञ्च, युके अध्यक्ष आङकल्जङ लामाको मत भने अलिक फरक छ । भवन बेचेर नया" लिन सकिन्छ भने त्यसबाट डराउन नहुने बताउ"दै उहा"ले भन्नुभयो- र्'मर्मत गर्नै नसक्ने भए किन राखिराख्ने -' तर, भवनको 'मिनिमम इभ्यालुएसन' गरेर बोलपत्र आव्हान गर्ने अनि त्यो यहा"का विभिन्न संघसंस्थाको रोहवरमा पारदर्शी गराउनुपर्नेमा लामाको जोड छ । भवन विक्रीका सिलसिलामा कमिशनको खेल हुनसक्नेप्रति पनि यहा"का नेपाली चिन्तित छन् ।
– नवीन पोखरेल /युरोपको नेपालीपत्र
शत्बीज छरी बालाचतुर्दशी पर्व मनाइदै

अधिराज्यका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको बिहानैदेखि पशुपतिमा ठूलो भीड लागेको छ।
आफ्नो परिवारभित्रका दिवङ्गत व्यक्तिको आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीउ छर्ने प्रचलन छ।
बालाचतुर्दशीको पूर्वसन्ध्या मङ्सिर कृष्ण त्रयोदशीका शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरेर रात बिताए।
सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेशनजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले पितृका आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ। कैलाशवासी शिव मृगरूप लिएर घुमेको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र पितृका आत्माले मुक्ति पाउने विश्वास गरिन्छ। बाग्मती किनारको मृगस्थलीमा शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाई शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरु आउँदा सो बथानमा शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती पनि छ।
जेलभित्रै १६ लाख 'सुपारी’ असुल्न खोजेपछि विराटनगर
'खानेमुखलाई जु“गाले छेक्दैन' भन्ने उखान चरितार्थ गर्दैछन् भारतीय कुख्यात अपराधी पप्पु यादव । अपहरण र फिरौतीका पर्याय बनेका यादवले जेलमा पनि आफ्नो धन्दालाई निरन्तरता दिएका छन् । विराटनगर कारागारका कैदी यादवले पा“च दिनभित्र १६ लाख नबुझाए ज्यान मार्ने धम्की दुइ बन्दीलाई दिएका छन् । पप्पुको धम्की चानचुने हुने कुरै भएन, यही प्रकरणले विराटनगर कारगार बिहीबार रातिदेखि तनावग्रस्त छ ।
भयो के भने, आफ्नै दिदीलाई मार्न सुपारी दिने र सुपारी लिने एउटै जेलमा परेपछि पप्पुलाई पौरखको काम आएको हो । इटहरीका मदन श्रेष्ठले सोही ठाउका दिलबहादुर प्रधानलाई साथ लिएर आफ्नै दिदी सीता श्रेष्ठलाई मार्न पप्पुका सहयोगी दशरथ चौधरीलाई १५ लाखको सुपारी दिए । चौधरीले काम त फत्ते गरे, तर उनी पक्राउ परे । सीता हत्याको पोल खुलेपछि श्रेष्ठ र प्रधान पनि त्यही कारागारका पाहुना भए । चौधरीले आफ्नो र्'धर्म' जेलमा पनि छोड्न सकेनन् र सुपारीबमोजिमको रकम मागे । तर, चौधरीकै पोलले जेल परेका श्रेष्ठ र प्रधानले रकम दिन नमानेपछि यो मुद्दा पप्पुको 'इजलास'मा पुगेको हो । पप्पुले आफ्नो पर्ूववर्ती शासनजस्तै चौधरीको १५ लाख भराउने मात्रै होइन, चौधरीले योजना बनाउदा भएको खर्चबापत थप एक लाख भराउने 'फैसला' सुनाएका थिए ।
जेलमा पनि शासन गरिरहेका पप्पुदेवको फैसला उनैका अगाडि अवज्ञा गर्नु मृत्युलाई निम्ता दिनुसरह ठानेका श्रेष्ठ र प्रधानद्वयले फैसलाको प्रतिकार गर्ने हिम्मत जुटाउन सकेनन् । मदनले कारागार सुरक्षार्थ रहेका सशस्त्र प्रहरीका डिएसपी दीपेन्द्र गिरीलाई पिकेट गेटबाट चिट फ्याली त्यसको बारेमा जानकारी गराए । त्यसपछि डिएसपी गिरी र कारागारका जेलर विश्वराज नेपालसहितका सुरक्षाकर्मी र कर्मचारीले मदन र दिलबहादुरलाई बाहिर निकालेर सोधपुछ गरे ।
सोधपुछको क्रममा दुवैले आफूहरूले दिदी सीतालाई मार्न दशरथ चौधरीलाई १५ लाख रुपैया दिने कबुल गरेको बताउदै सो रकम चौधरीले कारागारमा आएदेखि नै मागेको जानकारी दिए । यसबारेमा बुझ्न कारागार प्रशासनले केरकार गर्न पप्पुलाई बोलाउ“दा उनी उपस्थित भएनन्, बरु आफ्नो समूहलाई उचालेर कारागारमा आन्दोलन चर्काएका छन् । त्यति मात्रै होइन, पप्पुको धम्की पाएका कैदीद्वयलाई सुरक्षित ठाउ“मा राख्न बाहिर निकाल्न पनि जेल प्रशासनले सकेको छैन । 'हामीले पप्पुदेवलाई पनि सोधपुछ गर्न बोलायौं, तर ऊ आउन मानेन,' डिएसपी गिरीले भने, 'त्यसपछि हामीले धम्की पाएका दुवैजनालाई बाहिर निकालेर सुरक्षित गर्न खोजेका थियौं, कैदीले पिकेट गेटमा ताला नै लगाएर रोके ।'
पप्पुदेवसग सोधपुछ गर्न नपाएको र धम्की खाएका दुइलाई पनि बाहिर निकाल्न नपाएपछि डिएसपी गिरीले पप्पुदेवको समूहलाई हप्काएका थिए । त्यसपछि पप्पुदेवको समूहले बिहीबार बेलुका केहीबेर नारा-जुलुस गरेको थियो । उनीहरूले कारागारभित्रै नारा-जुलुस गरेर डिएसपी गिरीको सरुवा हुनुपर्ने माग गरेका थिए । शुक्रबार बिहानैदेखि पप्पुको समूहको दबाबमा कैदीले जेल प्रशासनका विरुद्ध नारा-जुलुस गरेपछि कारागार तनावग्रस्त छ । उनीहरूले डिएसपी गिरी र जेलर नेपालको पुत्ला बनाएर कारागारको छतमा गई प्रदर्शन गरेका थिए ।
धम्की दिएका दुवै बन्दीलाई शुक्रबार सा“झसम्म पनि कारागार प्रशासनले बाहिर निकाल्न सकेको छैन । डिएसपी गिरीले आपराधिक मनोवृत्तिका पप्पुले कारागारमा पनि आपराधिक क्रियाकलाप जारी राखेकाले आफूहरू हैरान भएको बताए । उनले भने, 'के गर्नु, अपराधीले भित्र पनि अपराध नै गरिरहदोरहेछ ।'
जिउ मास्ने-बेच्ने मुद्दामा काठमाडौंको जेलको 'अनुभव'पछि मोरङ कारागारको पनि पारख गरिरहेका छन् पप्पुले । उनको बसाइ पनि उत्तिकै रवाफिलो छ । उनी बस्ने कारागारको ९ नम्बर कोठामा खाटमा सुत्छन् भने २० जनाजति अन्य कैदीलाई 'आफ्नो' बनाएर पालेका छन् । उनको कोठाबाट एक हप्ताअघि मात्र प्रहरीले र्सच गरेर धारिलो हतियार, १० वटा भाटा र एउटा हत्कडी बरामद गरेको थियो । यसअघि पटक-पटक उनको कोठाबाट गा“जा बरामद गरिएको पनि प्रहरी स्रोतले बताएको छ ।
विष्णु पोखरेल/नया पत्रिका
e premte, 7 dhjetor 2007
परि थापा संग एन आर एन वेल्जियमले आयोजना गरेको अन्तरकृया कार्यक्रम सम्पन्न

एन आर एन वेल्जियमले र्सार्बजनिक लेखा समितिका सभापति मा. परि थापासंग नेपालको वर्तमान अवस्थामा आर्थिक तथा राजनितिक समसामयिक विषयमा गहन छलफल अन्तक्रिया कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा वोल्दै मा थापाले अन्य युद्ध भएको मुलुक का ेतुलनामा नेपालको आर्थिक स्थिती डराउनु पर्ने अवस्था नरहेको वताउनु भएको छ ।उहाले युद्ध समाप्त भएको देशको आर्थिक स्थिती द्रृत गतिमा वढनेे वताउनु भयो । साथै देश संचालन युवा पुस्तालाई दिएमा देशले निकास पाउने वताउनु भयो । उहाले नेपाल अव विकास हुनेमा आफु विस्वस्त रहेको वताउनु भएको छ ।
उक्त अन्तरकृया कार्यक्रम को संचालन सविना दवाडीले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता एन आर एन वेल्जियमको अध्यक्ष युवराज गुरुगले गर्नु भएको थियो । कार्यक्रममा रविन्द्र मान श्रेष्ठले स्वागत गर्नु भएको थियो । कार्यक्रममा वेल्जियमका संधसस्थाको प्रतिनिधी लगायत २२।२३ जनाको उपस्थिती रहेको थियो ।
वेल्जियमको ५ दिने भ्रमण सकी मा थापा नेपाल र्फकनु भएको छ । यस अधि उहाले ५ दिन वेल्जियम स्थिती विभिन्न संध सस्थाले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी हुनु भएको थियो ।
सदभावना र फोरमको मोर्चाबन्दी

मधेशमा आन्दोलन चर्काउन नेपाल सदभावना पार्टी आनन्दीदेवी (महतो पक्ष) र मधेशी जनअधिकार फोरमको उपेन्द्र यादव पक्षबीच मोर्चाबन्दी भएको छ । २१ मंसिरमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी दुवै पक्षले मोर्चाबन्दीको घोषणा गरेका हुन् ।
संयुक्त मधेशी मोर्चा नाम दिइएको उसले १५ पौषबाट आन्दोलन शुरु गर्ने भएको छ । सदभावना असन्तुष्ट पक्षका अध्यक्ष राजेन्द्र महतो र फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा स्वायत्त मधेश प्रदेश, हिन्दी भाषालाई राष्ट्रभाषा बनाउनुपर्नेलगायतका माग प्रस्तुत गरिएको छ ।
पर्यटक कुट्ने माओवादी कार्यकर्ता प्रहरी हिरासतमा


चन्दा नदिएको निहुँमा पर्यटक माथि कुटपिट गर्ने दुई जना माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
माओवादीको कुटपिटबाट घाइते भएका स्वीस पर्यटक जेन्नेरिट स्टिभले प्रहरी समक्ष उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले शुक्रबार बिहान माओवादी कार्यकर्ता राजेश लम्साल'अचल' र विजय विकलाई पक्राउ गरेको हो ।
राउण्ड अन्नपुर्णको पदयात्रा सकेर पोखरा तर्फ आउँदै गर्दा ती दुई माओवादी कार्यकर्ताले कुटपिट गरेको प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । 'माओवादीले मलाई चन्दा माग गर्दै रोके । मलाई माओवादी मन पर्दैन र चन्दा दिन्न भने । दुवैले समातेर लठ्ठीले हाने । धेरै पटक हानेपछि म उनीहरुको हातबाट फुत्किएर भागे । मेरो बायाँ खुट्टा र हात तथा टाउकोमा चोट लागेको छ ।' माओवादीको कुटाईबाट घाइते भएका ३१ वषिर्य स्टिभको प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।
उजुरीमा भनिएको छ-'माओवादीको क्रियाकलापबाट विल्कुलै झस्किएको छु । मेरो भविष्यमा हुने पदयात्रा सम्भवत यो घटनाले अवरोध पुर्याएको छ । प्रचलित कानुन अनुसार माओवादीका कार्यकर्तालाई कार्वाही हुनुपर्छ । मेरो आग्रह छ ।' पर्यटकले दिएको उजुरी प्रहरीले जिप्रका उपस्थित सम्पुर्ण पत्रकार समक्ष पढेर सुनाएका थिए ।
उता पक्राउ परेको माओवादी कार्यकर्ताले पर्यटकले हात हालेपछि प्रतिकार गरिएको पत्रकार समक्ष बताए । 'राउण्ड अन्नपुर्णको पदयात्रा सकेर र्फकने क्रममा पर्यटकसाग चन्दाको लागि अनुरोध गर्यौं । चेक पोष्ट भएकोले उनी-पर्यटक) रसिद हेर्न खोज्यौं तर नबोलिकन चेकपोष्ट पार गर्यो ।' कार्यकर्ता लम्सालले भने-'गाइडलाई राखेपछि पर्यटक रातो र पिरो बन्दै फर्केर साथीलाई समात्न थाल्यो मैले नसमात्न आग्रह गरेपछि लात्तीले हानेपछि प्रतिकार गरेका हौं ।' उनले दाउराले हिर्काएको भन्ने सरासर झुठ रहेको बताए ।
'दुई मिनेट हात हालाहाल भयो ।' उनले भने-'दाउराले भने हानेको होइन् । जुन प्रचार गरिएको छ त्यो सरासर गलत हो ।' प्रहरीले उनीहरुलाई कास्कीको दाङसिङ गाविसस्थित लामदुवाली भन्ने ठाँउबाट प्रक्राउ गरेको हो । उक्त स्थान विरेठााटीबाट करीव ६ किलोमिटर उत्तर पश्चिम पर्छ । घाचोक ४ घर भएका लम्साल र रिभान ५ घर भएका विक माओवादीको इलाका नं १४ का पार्टी सदस्य भएको बताउँदै लम्सालले चन्दा अभियान अन्तर्गत इलाका नं १२-लामदुवाली) मा खटाइएको जानकारी दिए ।
प्रहरीले माओवादीको चन्दा लिने कार्य तिव्र पारेपछि सुरक्षाको लागि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । 'पर्यटकले प्रहरी समक्ष दिएको उजुरीमा पुन सनाखत गर्दै कार्वाहीको माग गरेको छ ।' जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक रमेशकुमार भट्टराईले भन्नुभयो-'सनाखतको आधारमा उनीहरुलाई मुद्धा चलाउँदै कार्वाको प्रक्रिया अगाडि बढाइएको छ ।'
माओवादीले पदयात्राको सिजन शुरु हुने वित्तिकै पर्यटकसाग चन्दा लिदैं आएका छन् । अन्नपुर्ण पदयात्रा अन्तर्गत माओवादीले आधा दजर्न ठाउँमा चेकपोष्ट राखेर पर्यटकसित स्वेच्छिक भन्दै चन्दा उठाइरहेको छन् । चन्दा नदिने पर्यटकसित जर्वजस्ती असुलेका थिए । चन्दा स्वेच्छिक भन्दै प्रतिदिन १ सयको लिदैं आएका छन् ।
e martë, 4 dhjetor 2007
प्रशान्तलाई भेट्न पाएनन नेपालीले
इण्डियन आइडल प्रशान्त तामाङ्गको सांस्कृतिक कार्यक्रम वोष्टनको स्थानिय सेन्टजेम्स आर्मेनियन चर्चमा भव्यताका साथ सम्पन्न भएको छ । वोष्टनको आइतवारको साँझलाई प्रशान्त तामाङ्ग नेपाली पप गायक राजु लामा र वोष्टनका अन्य स्थानिय कलाकारहरुो गीतले निकै तताएको थियो । वेलुकी सात वजे शुरु भएको कार्यक्रम करीब दश वजे समापन भएको थियो ।
कार्यक्रममा एक जना विदेशी महिलाले फुलको आँखामा फुलै संसार भन्ने गीत गााउदा दर्शकहरु अचम्भित भएका थिए । विनोद ओली र देवी ओलीले भोजपुरी नृत्य प्रस्तुत गर्नु भएको थियो भने कलाकार सुजाता गुरुङले दुई गीत गाउनु भएको थियो । स्थानिय नेपाली व्याण्डले दुई वटा निकै राम्रो अग्रेजी गीत लाईभ प्रस्तुत गरेका थिए । कार्यक्रमम प्रशान्त तामाङ्गको प्रवेश मध्यान्तर पछि भएको थियो । उनले आफुलाई सहयोग गरेकामा सबैलाई धन्यवाद दिए र असारे महिनामा, यो गाँउको ठिटो म, गोर्खाली गोर्खाली आदि र केहि हिन्दी गीत प्रस्तुत गरे । प्रसान्त तामाङ्ग र राजुलामाले पालै पालो हाँस्दै हसाउदै सबैलाई नचाए । मन्चबाट गाउदै हात दिदै गरेका प्रशान्त तामाङ्ग र राजुलामाको हातलाई छुन युवतीहरुको निकै ठुलो भिड लागेको थियो ।


कार्यक्रममा ग्रेटर वोष्टन नेपाली कम्युनिटीका अध्यक्ष प्रेम तामाङ्ग, बोष्टन तामाङ्ग सोसाइटीका सचिव विजय तामाङ्ग, विनोद ओली लगायतले प्रशान्त तामाङ्गलाई खादा र नेपाली टोपी ओढाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा स्थानिय आयोजक संस्था हिमालय इन्टरप्राइजेजको तर्फबाट सुमी खडकाले धन्यवाद ज्ञापन गरेकी थिइन ।
कार्यक्रमको शुरुमा फ्यानहरुलाई प्रशान्त तामाङ्गसँग भेट्न प्रतिवन्ध लगाइएता पनि स्थानिय अगुवाहरुको अनुरोधलाई स्वीकार गर्दै अन्त्यमा एक जना फ्यानलाई तिस सेकेण्डको दरले फोटो खिच्ने अवसर दिइएको थियो ।
उता भर्जिनियास्थित स्थानीय वकटन हाइस्कुलमा सम्पन्न उक्त लाइभ कार्यक्रमका प्रमुख आकर्णष बनेका इण्डियन आइडल तेस्रो प्रशान्तलाई हेर्न र उनीबाट अटोग्राफी लिने स्थानीयन नेपाली युवायुवतीहरुको निक्कै भीड देखिन्थ्यो तर प्रशान्तकी अंगरक्षकका रुपमा आएकी वर्षाका कारण प्रशान्तका प्रशंसकहरु निरास भएका देखिन्थे । इण्डियाकै सोनी कम्पनीमार्फत् प्रशान्त इण्डियन आइडल बनेपछिको कार्यक्रम गर्ने ठेक्का लिएकी तथा तामाङको सुरक्षाका निम्ति आएकी एक भारत कलकत्ता माइती र नेपालकै सेर्पासँग घरवार जोडेकी वर्षा नाम गरेकी महिलाको विशेष निगरानीमा रहनुपरेका प्रशान्तलाई स्थानीय नेपालीले भेट्न खोज्दा समेत ती महिलाले रुखो व्यवहार गरेकी देखिन्थिन् ।
कार्यक्रमको अन्त्यपछि भीआइपी टिकट लिएर कार्क्रम हेर्न पुगेकाहरुका लागि प्रशान्तका साथमा आयोजकहरुले डिनरको समेत व्यवस्था गरेको भए पनि सोही महिलाका कारण प्रशान्तलाई समेत स्थानीय रेष्टुेन्टमा राखिएको डिनर खान नदिई उठाएर लगेर प्रशान्तसँग डिनर खान महंगो टिकट खरिद गरेर आएका दर्शकहरु जिल्लिनुपरेको समाचार छ ।
कार्यक्रममा एक जना विदेशी महिलाले फुलको आँखामा फुलै संसार भन्ने गीत गााउदा दर्शकहरु अचम्भित भएका थिए । विनोद ओली र देवी ओलीले भोजपुरी नृत्य प्रस्तुत गर्नु भएको थियो भने कलाकार सुजाता गुरुङले दुई गीत गाउनु भएको थियो । स्थानिय नेपाली व्याण्डले दुई वटा निकै राम्रो अग्रेजी गीत लाईभ प्रस्तुत गरेका थिए । कार्यक्रमम प्रशान्त तामाङ्गको प्रवेश मध्यान्तर पछि भएको थियो । उनले आफुलाई सहयोग गरेकामा सबैलाई धन्यवाद दिए र असारे महिनामा, यो गाँउको ठिटो म, गोर्खाली गोर्खाली आदि र केहि हिन्दी गीत प्रस्तुत गरे । प्रसान्त तामाङ्ग र राजुलामाले पालै पालो हाँस्दै हसाउदै सबैलाई नचाए । मन्चबाट गाउदै हात दिदै गरेका प्रशान्त तामाङ्ग र राजुलामाको हातलाई छुन युवतीहरुको निकै ठुलो भिड लागेको थियो ।


कार्यक्रममा ग्रेटर वोष्टन नेपाली कम्युनिटीका अध्यक्ष प्रेम तामाङ्ग, बोष्टन तामाङ्ग सोसाइटीका सचिव विजय तामाङ्ग, विनोद ओली लगायतले प्रशान्त तामाङ्गलाई खादा र नेपाली टोपी ओढाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा स्थानिय आयोजक संस्था हिमालय इन्टरप्राइजेजको तर्फबाट सुमी खडकाले धन्यवाद ज्ञापन गरेकी थिइन ।
कार्यक्रमको शुरुमा फ्यानहरुलाई प्रशान्त तामाङ्गसँग भेट्न प्रतिवन्ध लगाइएता पनि स्थानिय अगुवाहरुको अनुरोधलाई स्वीकार गर्दै अन्त्यमा एक जना फ्यानलाई तिस सेकेण्डको दरले फोटो खिच्ने अवसर दिइएको थियो ।
उता भर्जिनियास्थित स्थानीय वकटन हाइस्कुलमा सम्पन्न उक्त लाइभ कार्यक्रमका प्रमुख आकर्णष बनेका इण्डियन आइडल तेस्रो प्रशान्तलाई हेर्न र उनीबाट अटोग्राफी लिने स्थानीयन नेपाली युवायुवतीहरुको निक्कै भीड देखिन्थ्यो तर प्रशान्तकी अंगरक्षकका रुपमा आएकी वर्षाका कारण प्रशान्तका प्रशंसकहरु निरास भएका देखिन्थे । इण्डियाकै सोनी कम्पनीमार्फत् प्रशान्त इण्डियन आइडल बनेपछिको कार्यक्रम गर्ने ठेक्का लिएकी तथा तामाङको सुरक्षाका निम्ति आएकी एक भारत कलकत्ता माइती र नेपालकै सेर्पासँग घरवार जोडेकी वर्षा नाम गरेकी महिलाको विशेष निगरानीमा रहनुपरेका प्रशान्तलाई स्थानीय नेपालीले भेट्न खोज्दा समेत ती महिलाले रुखो व्यवहार गरेकी देखिन्थिन् ।
कार्यक्रमको अन्त्यपछि भीआइपी टिकट लिएर कार्क्रम हेर्न पुगेकाहरुका लागि प्रशान्तका साथमा आयोजकहरुले डिनरको समेत व्यवस्था गरेको भए पनि सोही महिलाका कारण प्रशान्तलाई समेत स्थानीय रेष्टुेन्टमा राखिएको डिनर खान नदिई उठाएर लगेर प्रशान्तसँग डिनर खान महंगो टिकट खरिद गरेर आएका दर्शकहरु जिल्लिनुपरेको समाचार छ ।
Abonohu te:
Postimet (Atom)