
भेरी नदीमा रहेको पुल भाँचिदा नदीमा डुवेर वेपत्ता भएका हरुको खोजी कार्य आजविहानैदेखि पुन शुरु भएको छ । नेपाली सेना, शसस्त्र तथा जनपद प्रहरी र माओवादी जनसेना विहान सातवजे देखि नै उद्दारमा खटिएको जिल्ला प्रसासन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी अनिलकुमार पाण्डेले सेना तथा प्रहरीको छुट्टा छुट्टै टोली नदीको दुइकिनारवाट सर्चमा लागेको वताउनुभयो ।
यता सुर्खेत अस्पतालमा उपचाररत ३२ मध्ये केहीलाइ थप उपचारको लागि सेनाको जहाज मार्फत काठमाण्डौ ल्याउने तयारी भइरहेको पाण्डेले वताउनुभएको छ ।
यता, हिजो वेलुकीसम्म भेटिएका कुल १६ शवमध्ये ११ जनाको सनाखत भएको छ भने अन्यको नाम खुल्न सकेको छैन् ।
नदीमा डुवेर वेपत्ता हुनेको सङख्यावारे पनि यकिन हुन सकेको छैन् । प्रतक्ष्यदर्सीले पुलमा करिव पाँचसय मानिस रहेको वताएपनि वेपत्ताहरुको अनुमानित सङख्या निकाल्न नसकिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।
मृतकहरुको नामावली यसप्रकार छ ।
लक्ष्मी सुनार (सुर्खेत गुमी ४ की वर्ष ३४)
चन्द्रकला गुरुङ्ग, (गुमी १ की )
राजु परियार (गुमी ३ वर्ष १४)
मिरा गुरुङ्ग (४० बर्षीय बाँके खजुरा)
नानी सुनार (गुमी ५ की पाँच महिने बालिका)
यमुन श्रीष (गुमी ३ की ४ बर्षीय)
सिर्जना वली (सुर्खेत घुमखहरे ५ बर्षीय)
खड्क ब. बि.क. (दहचौर १ का १७ बर्षीय)
अस्मिता शर्मा (दहचौर ८ की १० बर्षीय)
विष्णा दर्लामी (दहचौर १ की २० बर्षीय)
सुर्खेत दहचौर ६ का भक्त ब. टमट्टाका ४ बर्षीय छोरा
नाम नखुलेका ३ बच्चा
नाम नखुलेकी १ महिला
Nuk ka komente:
Posto një koment