विगत लामो समय देखि शरणार्थीको रुपमा बेल्जियममा दर्ता भै न्यायको प्रतिक्षामा रहेका बिना कागजवाला शरणार्थीहरु ब्रशेल्सको फो रे कम्युनमा आज अपरान्ह ३ ः४० बजे हातमा मैनबत्ती बालेर न्यायको लागि दवाब मूलक कार्यक्रम गरेका छन् ।
विभिन्न मुलुक बाट शरणार्थीको रुपमा बेल्जियममा प्रबेश गरेका आप्रवासीको ठूलो संख्या उचित न्याय नपाउंदा सडकमा अलपत्र अवस्थामा परेका छन् । न्यायिक निकायमा हुने लापरवाही र होचुवाको भरमा दिइने निर्ण्र्ााे वास्तविक शरणार्थीहरु पनि छनोटमा पर्न नसक्दा आज विसौं हजार शरणार्थी गन्तव्य विहीन अवस्थाको जिन्दगी विताउन विवश छन् । बेल्जियम भरी न्यायको लागि विगत २ वर्षदेखि चल्दै आएको दवाब मूलक संर्घष्ा र आमरण अनसन जस्तो कठोर कदमले याहाँको सरकार बाध्य भै आंशिक रुपमा सुनुवाई गर्दै आएको छ । मार्च २००६ मा एक्सेल कम्युनमा १३० जना भोकहडतालमा बसी सफल भएपछि देशै भरी ४१ वटा चर्चमा धर्ना र भोकहडताल जस्ता कार्यक्रम सञ्चालन भएका थिए ।१० जून २००७ को संसदीय चुनाव पछि जन्मेको नयाँ राजनैतिक संकटले नयाँ सरकार नबन्दा सम्म "पर्ख र हेर " को निति अबलम्वन गरी बसेका विना कागजवाला शरणार्थीहरु १९४ दिन सम्मको राजनैतिक संकट पछि निकासको रुपमा बेनेको अन्तरिम सरकारले शरणार्थी समस्या सम्बन्धि एक शब्द सम्म पनि उच्च्ाारण नगरे पछि मर्माहत बन्न पुगी नयाँ संर्घष्ाको उठान गर्न राष्ट्रिय स्तरको विना कागजवालाहरुको नयाँ समिति निर्माण गरेका छन् । नेपाली समुदाय संर्घष्ा समिति, बेल्जियम cnpr , उडेप फो रे udep forest , इक्सेल समुह cpr-xl रेगुलाईजेशनका लागि सहयोगी संस्था -crer_ ४ समुह मिलेर गठन गरिएको यो संयुक्त आयोजक कमिटी cnsp-Belge ले क्रमबद्ध रुपमा बेल्जियम भरी नयाँ संर्घष्ाको उठान गर्ने घोषणा गरेको छ ।
आज फो रे कम्युन अगाडी गरिएको दवाब मुलक कार्यक्रम यो समितिको पहिलो चरणको संर्घष्ाको रुपमा लिएको छ । करीब १०० सयको संख्यामा भेला भएका विना कागजवालाहरु आफूलाई काम गर्ने अनुमति सहितको बैधानिक बर्साईको ब्यबस्था गर्नु पर्ने कुरामा विशेष जोड दिएका थिए । कार्यक्रम स्थलमा बोल्दै नेपाली समुदाय संर्घष्ा समिति का केन्द्रिय सचिव लिलाधर पन्तले यो विश्वमा कही पनि मानिस अवैधानिक हुन सक्तैन , यो सरकारले हामीलाई भन्ने गरेको अवैधानिक शब्द फिर्ता लिइ सबैलाइ समान अवसर दिनु पर्छ । आफ्नो बाँच्न पाउने अधिकार सुरक्षित नहुँदा सम्म हामी निरन्तर लडीरहने छौं भन्नुभयो । त्यस्तै अर्का बक्ता संर्घष्ाको प्रमुख नेतृत्वकर्ता स्थानीय crer सँस्थाका संयोजक ओस्कार ले मान्छे प्रति गरिएको यो अमानवीय व्यबहारले हामी बेल्जिक नागरिक स्तब्ध भएका छौं । आफ्नो अधिकार प्राप्तिका लागि तपाईंहरुले गर्नुभएको कार्यक्रममा हाम्रो निरन्तर साथ रहिरहने छ भन्दै संर्घष्ाका लागि निरन्तर अगाडी बढ्न आव्हान गनुभयो ।
ब्रशेल्स क्षेत्रीय कमिटी र आत्वेरपेन क्षेत्रीय कमिटी को बिशेष उपस्थिती रहेको उक्त कार्यक्रममा वेस्टेन्ड वासी नेपालीको पनि सहभागिता थियो । त्यस्तै स्थानीय मजदुर संगठन -सि एस सी ) राजनैतिक पार्टर्ीी पि टि बी ) तथा स्थानीयवासीहरुको समेत सहभागितामा सम्पन्न उक्त कार्यक्रमको रोचक पक्ष मैन वत्तीको प्रकास बनेको थियो । मैनवत्ती बालेर न्याय खोज्न गरिएको यो प्रयासले आगामी दिनमा सफलता हासिल हुने विश्वास सबैको छ ।
लिलाधर पन्त /ब्रशेल्स
Nuk ka komente:
Posto një koment