वेल्जियमका लागि नवनियुक्त राजदूत प्रमेश हमाल २८ डिसेम्वरका दिन ब्रसेल्स आईपुग्नु हुंदा विमानस्थलमा एनआरएन वेल्जियमले हार्दिक स्वागत गरेको छ । एनआरएन आई.सि.सि. सदस्य रविन्द्रमान श्रेष्ठ, संस्थाका संरक्षक सदस्य कृष्ण खतिवडा, अध्यक्ष युवराज गुरुङ्ग, सदस्य किसन के.सी. लगायतका उपस्थित जनसमुदायले पूष्प गुच्छा तथा खादा अर्पण गरी राजदूतको स्वागत गरेका थिए ।
नेपाली दुतावास वेल्जियम मा अन्तिम समयमा स्व नारायण शम्सेर थापा राजदुत हुनु हुन्थ्यो । यस पछि श्रीमति अम्विका लुइटेलले का वा राजदुतको रुपमा कार्य संचालन गर्दै आउनु भएको थियो ।
लोकतन्त्रको स्थापना पश्च्यात नेपाली दुतावास वेल्जियममा नेपालीको समस्याको निराकरण छिटो हुन थालेको अनुभव यहाका नेपालीको रहेको छ ।
लामो समय सम्म राजदुत विहिन रहेको दुतावासमा नेपाल सरकारले नियुक्त गर्न धेरै समय लगाएको थियो । इ यु लगायत नेदरल्याण्डको समेत महत्वपर्ुण्ा जिम्मेवारी वेल्जियमका राजदुतको काधमा रहने गर्दछ । यदापी यसलाई दुतावास परिवारले राम्ररी सम्हाल्दै आइ रहेका थिए ।
Nuk ka komente:
Posto një koment