
अधिराज्यका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको बिहानैदेखि पशुपतिमा ठूलो भीड लागेको छ।
आफ्नो परिवारभित्रका दिवङ्गत व्यक्तिको आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीउ छर्ने प्रचलन छ।
बालाचतुर्दशीको पूर्वसन्ध्या मङ्सिर कृष्ण त्रयोदशीका शुक्रबार राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरेर रात बिताए।
सुरुमा सप्तबीज (धान, जौ, तिल, गहुँ चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेशनजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले पितृका आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ। कैलाशवासी शिव मृगरूप लिएर घुमेको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र पितृका आत्माले मुक्ति पाउने विश्वास गरिन्छ। बाग्मती किनारको मृगस्थलीमा शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाई शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरु आउँदा सो बथानमा शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती पनि छ।
Nuk ka komente:
Posto një koment