'खानेमुखलाई जु“गाले छेक्दैन' भन्ने उखान चरितार्थ गर्दैछन् भारतीय कुख्यात अपराधी पप्पु यादव । अपहरण र फिरौतीका पर्याय बनेका यादवले जेलमा पनि आफ्नो धन्दालाई निरन्तरता दिएका छन् । विराटनगर कारागारका कैदी यादवले पा“च दिनभित्र १६ लाख नबुझाए ज्यान मार्ने धम्की दुइ बन्दीलाई दिएका छन् । पप्पुको धम्की चानचुने हुने कुरै भएन, यही प्रकरणले विराटनगर कारगार बिहीबार रातिदेखि तनावग्रस्त छ ।
भयो के भने, आफ्नै दिदीलाई मार्न सुपारी दिने र सुपारी लिने एउटै जेलमा परेपछि पप्पुलाई पौरखको काम आएको हो । इटहरीका मदन श्रेष्ठले सोही ठाउका दिलबहादुर प्रधानलाई साथ लिएर आफ्नै दिदी सीता श्रेष्ठलाई मार्न पप्पुका सहयोगी दशरथ चौधरीलाई १५ लाखको सुपारी दिए । चौधरीले काम त फत्ते गरे, तर उनी पक्राउ परे । सीता हत्याको पोल खुलेपछि श्रेष्ठ र प्रधान पनि त्यही कारागारका पाहुना भए । चौधरीले आफ्नो र्'धर्म' जेलमा पनि छोड्न सकेनन् र सुपारीबमोजिमको रकम मागे । तर, चौधरीकै पोलले जेल परेका श्रेष्ठ र प्रधानले रकम दिन नमानेपछि यो मुद्दा पप्पुको 'इजलास'मा पुगेको हो । पप्पुले आफ्नो पर्ूववर्ती शासनजस्तै चौधरीको १५ लाख भराउने मात्रै होइन, चौधरीले योजना बनाउदा भएको खर्चबापत थप एक लाख भराउने 'फैसला' सुनाएका थिए ।
जेलमा पनि शासन गरिरहेका पप्पुदेवको फैसला उनैका अगाडि अवज्ञा गर्नु मृत्युलाई निम्ता दिनुसरह ठानेका श्रेष्ठ र प्रधानद्वयले फैसलाको प्रतिकार गर्ने हिम्मत जुटाउन सकेनन् । मदनले कारागार सुरक्षार्थ रहेका सशस्त्र प्रहरीका डिएसपी दीपेन्द्र गिरीलाई पिकेट गेटबाट चिट फ्याली त्यसको बारेमा जानकारी गराए । त्यसपछि डिएसपी गिरी र कारागारका जेलर विश्वराज नेपालसहितका सुरक्षाकर्मी र कर्मचारीले मदन र दिलबहादुरलाई बाहिर निकालेर सोधपुछ गरे ।
सोधपुछको क्रममा दुवैले आफूहरूले दिदी सीतालाई मार्न दशरथ चौधरीलाई १५ लाख रुपैया दिने कबुल गरेको बताउदै सो रकम चौधरीले कारागारमा आएदेखि नै मागेको जानकारी दिए । यसबारेमा बुझ्न कारागार प्रशासनले केरकार गर्न पप्पुलाई बोलाउ“दा उनी उपस्थित भएनन्, बरु आफ्नो समूहलाई उचालेर कारागारमा आन्दोलन चर्काएका छन् । त्यति मात्रै होइन, पप्पुको धम्की पाएका कैदीद्वयलाई सुरक्षित ठाउ“मा राख्न बाहिर निकाल्न पनि जेल प्रशासनले सकेको छैन । 'हामीले पप्पुदेवलाई पनि सोधपुछ गर्न बोलायौं, तर ऊ आउन मानेन,' डिएसपी गिरीले भने, 'त्यसपछि हामीले धम्की पाएका दुवैजनालाई बाहिर निकालेर सुरक्षित गर्न खोजेका थियौं, कैदीले पिकेट गेटमा ताला नै लगाएर रोके ।'
पप्पुदेवसग सोधपुछ गर्न नपाएको र धम्की खाएका दुइलाई पनि बाहिर निकाल्न नपाएपछि डिएसपी गिरीले पप्पुदेवको समूहलाई हप्काएका थिए । त्यसपछि पप्पुदेवको समूहले बिहीबार बेलुका केहीबेर नारा-जुलुस गरेको थियो । उनीहरूले कारागारभित्रै नारा-जुलुस गरेर डिएसपी गिरीको सरुवा हुनुपर्ने माग गरेका थिए । शुक्रबार बिहानैदेखि पप्पुको समूहको दबाबमा कैदीले जेल प्रशासनका विरुद्ध नारा-जुलुस गरेपछि कारागार तनावग्रस्त छ । उनीहरूले डिएसपी गिरी र जेलर नेपालको पुत्ला बनाएर कारागारको छतमा गई प्रदर्शन गरेका थिए ।
धम्की दिएका दुवै बन्दीलाई शुक्रबार सा“झसम्म पनि कारागार प्रशासनले बाहिर निकाल्न सकेको छैन । डिएसपी गिरीले आपराधिक मनोवृत्तिका पप्पुले कारागारमा पनि आपराधिक क्रियाकलाप जारी राखेकाले आफूहरू हैरान भएको बताए । उनले भने, 'के गर्नु, अपराधीले भित्र पनि अपराध नै गरिरहदोरहेछ ।'
जिउ मास्ने-बेच्ने मुद्दामा काठमाडौंको जेलको 'अनुभव'पछि मोरङ कारागारको पनि पारख गरिरहेका छन् पप्पुले । उनको बसाइ पनि उत्तिकै रवाफिलो छ । उनी बस्ने कारागारको ९ नम्बर कोठामा खाटमा सुत्छन् भने २० जनाजति अन्य कैदीलाई 'आफ्नो' बनाएर पालेका छन् । उनको कोठाबाट एक हप्ताअघि मात्र प्रहरीले र्सच गरेर धारिलो हतियार, १० वटा भाटा र एउटा हत्कडी बरामद गरेको थियो । यसअघि पटक-पटक उनको कोठाबाट गा“जा बरामद गरिएको पनि प्रहरी स्रोतले बताएको छ ।
विष्णु पोखरेल/नया पत्रिका
Nuk ka komente:
Posto një koment