e premte, 7 dhjetor 2007

परि थापा संग एन आर एन वेल्जियमले आयोजना गरेको अन्तरकृया कार्यक्रम सम्पन्न


एन आर एन वेल्जियमले र्सार्बजनिक लेखा समितिका सभापति मा. परि थापासंग नेपालको वर्तमान अवस्थामा आर्थिक तथा राजनितिक समसामयिक विषयमा गहन छलफल अन्तक्रिया कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा वोल्दै मा थापाले अन्य युद्ध भएको मुलुक का ेतुलनामा नेपालको आर्थिक स्थिती डराउनु पर्ने अवस्था नरहेको वताउनु भएको छ ।उहाले युद्ध समाप्त भएको देशको आर्थिक स्थिती द्रृत गतिमा वढनेे वताउनु भयो । साथै देश संचालन युवा पुस्तालाई दिएमा देशले निकास पाउने वताउनु भयो । उहाले नेपाल अव विकास हुनेमा आफु विस्वस्त रहेको वताउनु भएको छ ।

उक्त अन्तरकृया कार्यक्रम को संचालन सविना दवाडीले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता एन आर एन वेल्जियमको अध्यक्ष युवराज गुरुगले गर्नु भएको थियो । कार्यक्रममा रविन्द्र मान श्रेष्ठले स्वागत गर्नु भएको थियो । कार्यक्रममा वेल्जियमका संधसस्थाको प्रतिनिधी लगायत २२।२३ जनाको उपस्थिती रहेको थियो ।

वेल्जियमको ५ दिने भ्रमण सकी मा थापा नेपाल र्फकनु भएको छ । यस अधि उहाले ५ दिन वेल्जियम स्थिती विभिन्न संध सस्थाले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी हुनु भएको थियो ।

Nuk ka komente: