e premte, 7 dhjetor 2007

सदभावना र फोरमको मोर्चाबन्दी


मधेशमा आन्दोलन चर्काउन नेपाल सदभावना पार्टी आनन्दीदेवी (महतो पक्ष) र मधेशी जनअधिकार फोरमको उपेन्द्र यादव पक्षबीच मोर्चाबन्दी भएको छ । २१ मंसिरमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी दुवै पक्षले मोर्चाबन्दीको घोषणा गरेका हुन् ।

संयुक्त मधेशी मोर्चा नाम दिइएको उसले १५ पौषबाट आन्दोलन शुरु गर्ने भएको छ । सदभावना असन्तुष्ट पक्षका अध्यक्ष राजेन्द्र महतो र फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा स्वायत्त मधेश प्रदेश, हिन्दी भाषालाई राष्ट्रभाषा बनाउनुपर्नेलगायतका माग प्रस्तुत गरिएको छ ।

Nuk ka komente: