e premte, 7 dhjetor 2007

पर्यटक कुट्ने माओवादी कार्यकर्ता प्रहरी हिरासतमा



चन्दा नदिएको निहुँमा पर्यटक माथि कुटपिट गर्ने दुई जना माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
माओवादीको कुटपिटबाट घाइते भएका स्वीस पर्यटक जेन्नेरिट स्टिभले प्रहरी समक्ष उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले शुक्रबार बिहान माओवादी कार्यकर्ता राजेश लम्साल'अचल' र विजय विकलाई पक्राउ गरेको हो ।
राउण्ड अन्नपुर्णको पदयात्रा सकेर पोखरा तर्फ आउँदै गर्दा ती दुई माओवादी कार्यकर्ताले कुटपिट गरेको प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । 'माओवादीले मलाई चन्दा माग गर्दै रोके । मलाई माओवादी मन पर्दैन र चन्दा दिन्न भने । दुवैले समातेर लठ्ठीले हाने । धेरै पटक हानेपछि म उनीहरुको हातबाट फुत्किएर भागे । मेरो बायाँ खुट्टा र हात तथा टाउकोमा चोट लागेको छ ।' माओवादीको कुटाईबाट घाइते भएका ३१ वषिर्य स्टिभको प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।
उजुरीमा भनिएको छ-'माओवादीको क्रियाकलापबाट विल्कुलै झस्किएको छु । मेरो भविष्यमा हुने पदयात्रा सम्भवत यो घटनाले अवरोध पुर्‍याएको छ । प्रचलित कानुन अनुसार माओवादीका कार्यकर्तालाई कार्वाही हुनुपर्छ । मेरो आग्रह छ ।' पर्यटकले दिएको उजुरी प्रहरीले जिप्रका उपस्थित सम्पुर्ण पत्रकार समक्ष पढेर सुनाएका थिए ।
उता पक्राउ परेको माओवादी कार्यकर्ताले पर्यटकले हात हालेपछि प्रतिकार गरिएको पत्रकार समक्ष बताए । 'राउण्ड अन्नपुर्णको पदयात्रा सकेर र्फकने क्रममा पर्यटकसाग चन्दाको लागि अनुरोध गर्‍यौं । चेक पोष्ट भएकोले उनी-पर्यटक) रसिद हेर्न खोज्यौं तर नबोलिकन चेकपोष्ट पार गर्‍यो ।' कार्यकर्ता लम्सालले भने-'गाइडलाई राखेपछि पर्यटक रातो र पिरो बन्दै फर्केर साथीलाई समात्न थाल्यो मैले नसमात्न आग्रह गरेपछि लात्तीले हानेपछि प्रतिकार गरेका हौं ।' उनले दाउराले हिर्काएको भन्ने सरासर झुठ रहेको बताए ।
'दुई मिनेट हात हालाहाल भयो ।' उनले भने-'दाउराले भने हानेको होइन् । जुन प्रचार गरिएको छ त्यो सरासर गलत हो ।' प्रहरीले उनीहरुलाई कास्कीको दाङसिङ गाविसस्थित लामदुवाली भन्ने ठाँउबाट प्रक्राउ गरेको हो । उक्त स्थान विरेठााटीबाट करीव ६ किलोमिटर उत्तर पश्चिम पर्छ । घाचोक ४ घर भएका लम्साल र रिभान ५ घर भएका विक माओवादीको इलाका नं १४ का पार्टी सदस्य भएको बताउँदै लम्सालले चन्दा अभियान अन्तर्गत इलाका नं १२-लामदुवाली) मा खटाइएको जानकारी दिए ।
प्रहरीले माओवादीको चन्दा लिने कार्य तिव्र पारेपछि सुरक्षाको लागि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । 'पर्यटकले प्रहरी समक्ष दिएको उजुरीमा पुन सनाखत गर्दै कार्वाहीको माग गरेको छ ।' जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक रमेशकुमार भट्टराईले भन्नुभयो-'सनाखतको आधारमा उनीहरुलाई मुद्धा चलाउँदै कार्वाको प्रक्रिया अगाडि बढाइएको छ ।'
माओवादीले पदयात्राको सिजन शुरु हुने वित्तिकै पर्यटकसाग चन्दा लिदैं आएका छन् । अन्नपुर्ण पदयात्रा अन्तर्गत माओवादीले आधा दजर्न ठाउँमा चेकपोष्ट राखेर पर्यटकसित स्वेच्छिक भन्दै चन्दा उठाइरहेको छन् । चन्दा नदिने पर्यटकसित जर्वजस्ती असुलेका थिए । चन्दा स्वेच्छिक भन्दै प्रतिदिन १ सयको लिदैं आएका छन् ।

Nuk ka komente: