कार्यक्रममा एक जना विदेशी महिलाले फुलको आँखामा फुलै संसार भन्ने गीत गााउदा दर्शकहरु अचम्भित भएका थिए । विनोद ओली र देवी ओलीले भोजपुरी नृत्य प्रस्तुत गर्नु भएको थियो भने कलाकार सुजाता गुरुङले दुई गीत गाउनु भएको थियो । स्थानिय नेपाली व्याण्डले दुई वटा निकै राम्रो अग्रेजी गीत लाईभ प्रस्तुत गरेका थिए । कार्यक्रमम प्रशान्त तामाङ्गको प्रवेश मध्यान्तर पछि भएको थियो । उनले आफुलाई सहयोग गरेकामा सबैलाई धन्यवाद दिए र असारे महिनामा, यो गाँउको ठिटो म, गोर्खाली गोर्खाली आदि र केहि हिन्दी गीत प्रस्तुत गरे । प्रसान्त तामाङ्ग र राजुलामाले पालै पालो हाँस्दै हसाउदै सबैलाई नचाए । मन्चबाट गाउदै हात दिदै गरेका प्रशान्त तामाङ्ग र राजुलामाको हातलाई छुन युवतीहरुको निकै ठुलो भिड लागेको थियो ।


कार्यक्रममा ग्रेटर वोष्टन नेपाली कम्युनिटीका अध्यक्ष प्रेम तामाङ्ग, बोष्टन तामाङ्ग सोसाइटीका सचिव विजय तामाङ्ग, विनोद ओली लगायतले प्रशान्त तामाङ्गलाई खादा र नेपाली टोपी ओढाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा स्थानिय आयोजक संस्था हिमालय इन्टरप्राइजेजको तर्फबाट सुमी खडकाले धन्यवाद ज्ञापन गरेकी थिइन ।
कार्यक्रमको शुरुमा फ्यानहरुलाई प्रशान्त तामाङ्गसँग भेट्न प्रतिवन्ध लगाइएता पनि स्थानिय अगुवाहरुको अनुरोधलाई स्वीकार गर्दै अन्त्यमा एक जना फ्यानलाई तिस सेकेण्डको दरले फोटो खिच्ने अवसर दिइएको थियो ।
उता भर्जिनियास्थित स्थानीय वकटन हाइस्कुलमा सम्पन्न उक्त लाइभ कार्यक्रमका प्रमुख आकर्णष बनेका इण्डियन आइडल तेस्रो प्रशान्तलाई हेर्न र उनीबाट अटोग्राफी लिने स्थानीयन नेपाली युवायुवतीहरुको निक्कै भीड देखिन्थ्यो तर प्रशान्तकी अंगरक्षकका रुपमा आएकी वर्षाका कारण प्रशान्तका प्रशंसकहरु निरास भएका देखिन्थे । इण्डियाकै सोनी कम्पनीमार्फत् प्रशान्त इण्डियन आइडल बनेपछिको कार्यक्रम गर्ने ठेक्का लिएकी तथा तामाङको सुरक्षाका निम्ति आएकी एक भारत कलकत्ता माइती र नेपालकै सेर्पासँग घरवार जोडेकी वर्षा नाम गरेकी महिलाको विशेष निगरानीमा रहनुपरेका प्रशान्तलाई स्थानीय नेपालीले भेट्न खोज्दा समेत ती महिलाले रुखो व्यवहार गरेकी देखिन्थिन् ।
कार्यक्रमको अन्त्यपछि भीआइपी टिकट लिएर कार्क्रम हेर्न पुगेकाहरुका लागि प्रशान्तका साथमा आयोजकहरुले डिनरको समेत व्यवस्था गरेको भए पनि सोही महिलाका कारण प्रशान्तलाई समेत स्थानीय रेष्टुेन्टमा राखिएको डिनर खान नदिई उठाएर लगेर प्रशान्तसँग डिनर खान महंगो टिकट खरिद गरेर आएका दर्शकहरु जिल्लिनुपरेको समाचार छ ।
Nuk ka komente:
Posto një koment