
मडारियो कालो बादल क्षितिज भन्दा पारी
त्यसकै चट्याङले मन पार्दैछ भारी
टुसायो मुना आज असिनको डर भो
बचाउने यस्लाई कसरी रूखलाई ठुलो पिर भो
आज त्यही मुनाको कलिलो बैसमा प्रवेस भो
यही कारण रुखलाई फेरी दिनको भोक न रातको निद्रा भो
गड्याङ गूड्उङ् गर्दै हुरी बतास आइदियो
बैंशालु ती पातहरु झर्ने बेला भईदियो
रिती हो जीवनको एकपटक मुक्त्ती हुने
त्यही पनि मन मान्दो रहेनछ प्रकृतिको रित हो भनी
कल्पनामा डुबुल्की खेल्ने जिन्दकिको कथा
वास्तविकता सँग जुधनु पर्दा साह्रै भयो ब्यथा
दुख्यो आज घाऊ साह्रै मलम पट्टी छैन
खोज्न जांउ कहाँ त्यो पनि थाहा छैन
यात्रा गरु कहाँ मैले जरा धेरै गाडीसके
इच्छा जति अधुरा भएे पातहरु झरिसके
कस्ले छोप्ने लाज मेरो म त नाङ्गो भईसके
यसरी कति दिन बांच्ने म त अब मरी सके , म त अब मरी सके
-मनोज के सी ब्रुस्सेल , बेल्जियम
Nuk ka komente:
Posto një koment