
३९ वषर्ीय साइकलयात्री शाहले १२ कात्तिकमा जिल्ला आएको बेला भीमेश्वर नगरपालिकामा ३२ वषर्ीया पत्नी सीता शाहसँग सम्बन्धविच्छेद गरिपाऊ“ भनी मुद्दा दर्ता गराएका थिए । एक कानुन व्यवसायीलाई साथमा लिएर नगरपालिका कार्यालय पुगेका शाहले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराए पनि सो कुरा गुपचुप राखेका थिए । उनले दर्ता गरेको मुद्दाको दर्ता नम्बर ७ सय ३० रहेको छ । विश्व साइकलयात्रामा ११ वर्षबिताइसकेका शाहले डेढ वर्षघि नै पत्नीसँग सम्बन्धविच्छेद गर्न चाहेको पारिवारिक स्रोतले बताएको छ । शाहले २०४७ सालमा भीमेश्वर नगरपालिका वडा नं. १२ निवासी भीमप्रसाद कार्कीकी १५ वषीया छोरी सीतासँग मागीविवाह गरेका थिए ।
नगरपालिकामा दर्ता भएको मुद्दामा शाहले २०५९ सालदेखि पत्नी माइती गएर नफर्किएको कारण देखाएका छन् । मुद्दामा सीताले 'म तिमीसँग आउ“दिन“ जे गर्नुपर्छ गर' भनेको भनी उल्लेख गरिएको छ । शाहले सीताको कोखबाट जन्मिएको ९ वर्षो छोरो युग शाह उनीसँगै रहेकोले निजको सवालमा इच्छाबमोजिम रहन पाउने व्यवस्था मिलाइदिन भनेका छन् । उनले पत्नी र छोरोको बारेमा थप केही उल्लेख गरेका छैनन् । पुष्करले छोरालाई आफूले पालनपोषण गर्न पाउनुपर्ने माग दाबी पनि गरेका छैनन् ।
पुरुषले सम्बन्धविच्छेद गर्न चाह“दा सोझै अदालतमा जान नपाउने र गाविस वा नगरपालिकामार्फ आउनुपर्ने कानुनी प्रावधान भएको हुनाले शाहले नगरपालिकामा मुद्दा दर्ता गराएका हुन् । नगरपालिकाले एक वर्षभत्र दुवै पक्षलाई राखी मिलापत्रको प्रयास गर्ने र नसके आफ्नो रायसुझावसहित अदालतमा पेस गर्ने कानुनी व्यवस्था छ ।
यता शाहपत्नी सीता डेढ वर्षपहिले नै इजरायल गइसकेकी छिन् । हालै उनी इजरायलबाट नै क्यानडा गएको पारिवारिक स्रोतले बतायो । छोरा युग शाह भने सीताकी दिदी रेणुका कार्कीसँग बसेर काठमाडौंको एक बोर्डिङमा अध्ययन गरिरहेका छन् ।
ससुरा भीमप्रसाद कार्कीका अनुसार पुष्करले पालनपोषणमा बेवास्ता गरेपछि काठमाडौं बस्दै आएकी सीता उतैबाट विदेश गएकी हुन् । भीमप्रसादले ज्वाइ“ पुष्करले दर्ुइ वर्षघि कान्छी भित्र्याएको र उनीपट्टबिाट एक छोरीसमेत रहेको दाबी गरे । उनले भने, 'सौता ल्याएपछि मेरी छोरी विदेशिएकी हो ।' तर पुष्कर यो कुरा मान्न तयार छैनन् ।
नगरपालिकामा मुद्दा दर्ता गराएको स्वीकार गर्दै उनले पत्नीले घर छाडेपछि सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन बाध्य भएको बताए । उनले दोस्रो विवाह नगरेको दाबी गर्दै भने, 'बाटो खुलाउन मुद्दा दिएको हुँ ।' तर, स्थानीय बासिन्दाका अनुसार पुष्कर र सीताबीच विश्व साइकलयात्रामा निस्किएदेखि नै सम्बन्ध चिसिएको थियो । त्यही भएर पुष्कर राष्ट्रिय तथा अन्तर्रर्ााट्रय मिडियामा बोल्दा घरमा आमा र एकजना भाइ मात्र रहेको बताउ“थे ।
शाह इजरायलबाट दसैंअघि नेपाल आएका हुन् । इजरायलको भिसा लागेको राहदानीबाट मुस्लिम देश सिरिया र लेवनान प्रवेश गर्न असहज भएपछि यात्रा बीचैमा रोकेर नेपाल फर्किएका शाह दुइ महिनापछि शनिबार बेलुकी पुनः यात्रामा निस्किएका छन् । उनले पुनः मुस्लिम देश ओमानबाट यात्रा सुचारु गर्नेछन् ।
साढे नौ वर्षो यात्रामा एक सय १४ राष्ट्रको भ्रमण पूरा गरेका शाहले आगामी साढे चार वर्षा बा“की ३६ राष्ट्रको भ्रमण गर्नेछन् । सन् २०१० मा विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्ने योजना छ, उनको ।
-लक्ष्मण खड्का/नया पत्रिका
Nuk ka komente:
Posto një koment