e diel, 9 dhjetor 2007

नेपालमा ३६ हजार अभियुक्त फरार


नेपालमा ३६ हजार अभियुक्त फरार छन्, तर तिनको खोजतलास गर्ने प्रहरीको संख्या ५६ हजार मात्र छ । प्रहरीको नजरमा 'मोस्ट वान्टेड' अभियुक्तहरूलाई पक्रने जनशक्ति प्रहरीस“ग छैन, 'त्यसैले' विदेशमा जस्तै नेपालमा प्रहरीले अहिलेसम्म उनीहरूको सूचीसमेत र्सार्वजनिक गरेको छैन ।

नेपाल प्रहरीले १६ भदौको राजधानी बमकाण्डका दोषीका नाममा 'रेर्डकर्नर नोटिस' जारी गर्न खोजेको थियो, तर अन्तर्रर्ााट्रय प्रहरी सञ्जाल इन्टरपोलको 'असहयोग'ले त्यो सम्भव भएन । इन्टरपोलले अदालतबाट अपराध ठहर नभएसम्म कुनै पनि व्यक्तिउपर 'रेर्डकर्नर नोटिस' जारी गर्न नमिल्ने बताएको छ ।

नेपालमा अपराध गरेर फरार भएका कुनै पनि अभियुक्तहरूलाई नेपाल प्रहरीले 'मोस्ट वान्टेड' भन्न सकेको छैन । माओवादी जनयुद्धका बेला राज्यले सो पार्टर्ीीई आतंककारी घोषित गरेपछि नेता तथा कार्यकर्ताका नाममा रेर्डकर्नर नोटिस जारी भएको थियो । तर, भयानक अपराध गरेर भागेका कुनै पनि अपराधीको नाम अहिलेसम्म रेर्डकर्नर नोटिसमा आएको छैन ।

प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागका डिआइजी केबी राना पर्याप्त कानुनको अभावमा प्रहरीले 'मोस्ट वान्टेड' सूची प्रकाशित गर्न नसकेको बताउ“छन् । विदेशमा कुनै अपराधी फरार भएमा अदालतमा अभियोग दायर हुन्छ र अदालतले पक्राउ पर्ुर्जी काटेपछि व्यक्तिको खोजी सुरु हुन्छ । तर, नेपालमा प्रहरी आफैंले व्यक्तिको खोजीका लागि पक्राउ पुर्जी काट्न पाउ“छ र नभेटिए र्सार्वजनिक रूपमा 'मोस्ट वान्टेड' भन्न सक्दैन ।

नेपाल प्रहरीले कसैलाई पनि पक्राउ गरेको २४ घन्टाभित्र अदालतमा पेस गर्छ, अनि पक्राउ परेको व्यक्ति खास अपराधी हो कि होइन भनेर परीक्षण सुरु गर्छ । 'हामीले अपराधी ठानेको मान्छे अपराधी हो कि होइन भन्ने कुरा ऊ समातिएपछि मात्रै थाहा हुन्छ,' डिआइजी राना भन्छन्, 'ऊ समातिनुअघि नै हामीले उसको नाम मोस्ट वान्टेड भनेर र्सार्वजनिक गर्न मिल्दैन ।' पहिले अपराधी भनेर खोजिएको मान्छे निर्दोष सावित भए उसले मानहानिको मुद्दा हाल्न सक्ने भएकोले शंस्कास्पद मान्छेको नाम र्सार्वजनिक गर्न नसकिने उनी बताउ“छन् । तर, यस्तो अवस्थाले प्रहरीलाई कमजोर बनाएको पनि उनको अनुभव छ । 'संदिग्ध अपराधीको नाम हामीले र्सार्वजनिक गर्न पाउनुपर्छ । हामी त्यो प्रक्रियामा जुटेका छौं,' रानाले भने ।

विभिन्न जिल्लामा हुने अपराध र त्यसबारे अदालतले गरेका फैसलाका प्रतिलिपि जिल्ला प्रहरी कार्यालयले पाउ“छन् । तर, यस्ता प्रतिलिपिहरू जिल्ला-जिल्लाबाट संकलन भएर प्रहरी हेडक्वार्टर आउन धेरै समय लाग्ने गरेको प्रहरी भनाइ छ ।

तर्राईका हतियारधारी समूहका नेता तथा कार्यकर्ता नेपाल प्रहरीको अघोषित 'मोस्ट वान्टेड' सूचीमा छन् । त्यसबाहेक १६ भदौको राजधानी बमकाण्ड र पत्रकार वीरेन्द्र साह हत्याका अभियुक्तहरूलाई पनि प्रहरीले खोजिरहेको छ । उनीहरूलाई खोज्न सशस्त्र प्रहरीका ३० डिएसपी र नेपाल प्रहरीका २० इन्स्पेक्टरको कमान्डमा टोली परिचालित छन् । तर, टोलीले तर्राई आन्दोलनमा क्रियाशील कुनै पनि हतियारधारी समूहका नेता र कार्यकर्ता भेट्टाउन सकेको छैन ।

आफैंले बोकेको बम रौतहटमा विस्फोट भएपछि गम्भीर घाइते भएर उपचारका लागि काठमाडौं आएका तर्राई कोब्राका अध्यक्ष रामेश्वरप्रसाद सिंह -नागराज) पनि प्रहरीको पञ्जाबाट छुटिसकेका छन् । जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराएका नागराजका अपराधहरू नभेट्टएिका कारण छाडिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी योगबहादुर पालले बताएका छन् ।

नेपाल प्रहरीका 'मोस्ट वान्टेड'
१. जयकृष्ण गोइतसहित तर्राई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहका हतियारधारी नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह

२. नागेन्द्रकुमार पासवान (ज्वाला सिंह) सहित तर्राई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) समूहका हतियारधारी नेता तथा कार्यकर्ता अभियोग- हतियारधारी समूह

३. विस्फोट सिंहसहित तर्राई जनतान्त्रिक मुक्ति मोर्चा -विस्फोट सिंह) समूहका हतियारधारी नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह

४. जितनारायण थेरवार (संकेत) सहित जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह

५. फनिराज पोखरेल (आजाद) सहित नेपाल डिफेन्स आर्मीका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह

६. मिस्टर जोनसहित तर्राई आर्मीका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह

७. विश्वनाथ पण्डित (चट्टान सिंह) सहित मधेसी मुक्ति टार्इगर्सका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह

८. नाम खुल्न नसकेको तर्राई बागी कोब्राबाट फुटेको समूहका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह

९. मनोजनाथ पण्डित (कृतिका) सहित मधेसी टाइगरका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह

१०. करेवियन डग -शाहीमन्त्री श्रीषशमशेर र कमल थापाको घरमा बम विस्फोट गराउने समूह, तर नाम नखुलेको)
अभियोग- हतियारधारी समूह

१२. रसवान मधेसीसहित तर्राई उत्थान संघका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह

१३. डाइनोसर -सिराहा, सप्तरी र उदयपुरतिरको सशस्त्र समूह)
अभियोग- हतियारधारी समूह

१४. लक्ष्मण थारूसहित नेकपा माओवादी संयुक्त व्रि्रोही मोर्चाका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह

१५. क्रोधसहित नेसनल टेरोरिस्ट इन काउन्टर समूहका नेता तथा कार्यकर्ता
अभियोग- हतियारधारी समूह

१६. लालबहादुर चौधरीसहित चारजना
अभियोग- पत्रकार वीरेन्द्र साहको हत्या

१७. राजु गोर्खाली
अभियोग- राकेश लिम्बूको कर्तव्य गरी ज्यान लिएको
१८. कौशलकुमार सहनी 'लल्का' अभियोग- राजधानीमा बमकाण्ड
१९. अजय सहनी
अभियोग- राजधानीमा बमकाण्ड

२०. बब्बन सिंह
अभियोग- राजधानीमा बमकाण्ड

२१. रमाकान्त ठाकुर
अभियोग- राजधानीमा बमकाण्ड

२२. राजनारायण ठाकुर -शर्मा) अभियोग- राजधानीमा बमकाण्ड
२३. जगतनारायण साह
अभियोग- राजधानीमा बमकाण्ड

२४. रामप्रिय सहनी उर्फरामभगत सहनी
अभियोग- राजधानीमा बमकाण्ड

२५. घुरन ठाकुर,

अभियोग- राजधानीमा बमकाण्ड

२६. पसिन्दरकुमार बैठा
अभियोग- राजधानीमा बमकाण्ड
२७. सुनिल शर्मा, डा. ज्ञानेन्द्र गिरी अपहरणको नाइके

विश्वमणि सुवेदी/नया पत्रिका

Nuk ka komente: