e enjte, 31 maj 2007

विश्व धूमपानरहित दिवस : धूमपान मुक्त गर्न सरकार दृढ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेलले धूमपानमुक्त स्वच्छ हावामा श्वास फेर्न पाउने जनअधिकारको रक्षाका लागि नेपाल सरकार दृढ रहेको बताउनुभएको छ ।

पर्ूण्ारूपमा धूमपानमुक्त वातावरण सिर्जना गरौँ र आनन्दित बनौँ भन्ने नाराका साथ बिहीबार मनाइँदै गरेको विश्व धूमपानरहित दिवसका अवसरमा दिनुभएको सन्देशमा मन्त्री पोखरेलले यस्तो दृढता व्यक्त गर्नुभएको हो । सन्देशमा पोखरेलले आजैदेखि प्रण गरेर धूमपानमुक्त वातावरण बनाई स्वच्छ हावामा श्वास फर्ेन पाउने जनताको नैर्सर्गिक अधिकारलाई क्रियान्वयन गर्नुपरेको बताउनुभएको छ ।

धूमपानमुक्त वातावरण बनाउन खर्च गरेर होइन अठोट र सक्रिय व्यवहार पर्याप्त हुने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । सरकारले सर्ूर्तीजन्य वस्तु नियन्त्रणका लागि अन्तर्रर्ााट्रय अनुबन्धनमा हस्ताक्षर गरी त्यसलाई संसद्बाट समेत अनुमोदन गरिसकेको स्मरण गराउँदै मन्त्री पोखरेलले कानुनीरूपमा धूमपान निषेध तथा नियन्त्रण गर्नका लागि विधेयकको मस्यौदा भइसकेको जानकारी गराउनुभएको छ ।

यसैबीच, नेपाल अर्बुद रोग निवारण संस्थाले आज एक विज्ञप्ति जारी गरी सर्ूर्तीजन्य पदार्थको नियन्त्रणका लागि प्रस्तावित महासन्धि अनुरूप विधेयक बनाई कानुनी कार्यान्वयनमा ल्याउन सबैसँग आग्रह गरेको छ ।

संस्थाले १८ वर्षुनिका बालबालिकालाई सर्ूर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउन, र्सार्वजनिकस्थलमा धूमपानलाई पर्ूण्ा निषेध गर्न, र्सार्वजनिक यातायात, रेस्टुरेन्ट, बार आदिमा धूमपान निषेध गर्न, सर्ूर्तीजन्य पदार्थको विज्ञापन तथा होर्डिङ बोर्डमा पर्ूण्ा रोक लगाउन माग गरेको छ ।

e diel, 20 maj 2007

वेल्जियममा दोहरीको रौनक , प्रतियोगिता शुरु

एन डि एफ वेल्जियमको आयोजनामा आज वेल्जियमको लुभेनमा दोहरी प्रतियोगीता शुरु भएको छ । तोकिएको समय भन्दा करिव ३ घन्टा पछि शुरु भएको सो कार्यक्रमको नेपाली दुतावासका का वा राजदुत श्रीमती अम्वीका लुइटेलले पानसमा वत्ती वालेर उदघाटन गर्नु भएको थियो ।
वीनिता रिमाल र इन्द्र वली द्धारा संचालित सो कार्यक्रमका मिन गुरुगं वलराम पुन र नारायण घिताल निर्ण्र्ााक रहनु भएको छ । कार्यक्रममा तमु समाज, मगर समाज, हिमालयन सोसाइटी, म्याग्देली समाज चितवन सहायता कोष लगायतका विभिन्न समुहले भााग लिएको छ । यदापी समाचार तयार गर्दा सम्म तमु समाज र मगर समाज अगाडी रहेको थियो ।
कार्य क्रमको रोचक पक्ष हिमायलन सोसाइटी वाट शिव वरुवाल र म्याग्देली समाज वाट ज्ञानु वरुवालले आपनो समुहको अगुवाइ गर्दै हुनु हुन्छ । उहाहरु श्रीमान श्रीमति हुनुहुन्छ ।



















 
 


 


 


 


 


 














 


 
 


सहभागि मध्य बिजेताहरु प्रथम द्वितिय  त्रितिय हुने समुह लाइ प्रमाण पत्र सहित नगद क्रमश  ५०० , ३००, २०० युरो पुरष्कार को ब्यबस्था गरिएको र पुरुष्कारको राशि मध्य प्रथम पुरुष्कारको प्रायोजन श्री सहदेब  गौतम लुभेनल, द्वितियको हिमालयन रेस्टुरेन्टको तर्फ बाट श्री पुष्प राज अधिकारी(शर्मा) ले र त्रितिय पुरुष्कार को बुद्धिसशप को तर्फबाट श्री राजन बस्नेतले गर्नु भयेको छ प्रथम, द्वितिय , त्रितिय हुने समुह लाइ  कपको  प्रायोजन श्री  भरत लामाले  गर्नु भएको छ

त्यस्तै केटा तर्फ १ र केटि तर्फ १ गरि २ जना लाइ उत्क्रिष्ठ पुरुष्कार स्वरुप  प्रमाण पत्र सहित  एक ,एक सय युरो  दीइने  र उक्त पुरुष्कारको  राशिको   प्रायोजन एन डि एफ बेल्जियमका गेन्ट कमिटीका अदक्ष्य श्री थानेश्वार् थापा र कोषादक्ष्य मिराज मिया ले गर्नु भएको छ श्रीसुर्यनारायन श्रेष्ठल उत्क्रिष्ठ २ टिम लाइ नेपाली सल ओढाएर सम्मान गर्नु हुने भएको छ  ।
कार्यक्रमका उल्लेख्य दर्शकको उपस्थिती रहेको थियो ।

दोलखा भिमेश्वरमा पसिना, ठूलो अनिष्टको संकेत

दोखलाको प्रसिद्ध भिमेश्वरको मुर्तिबाट गएराति पुनः पसिना आएको छ। ढुंगाले बनेको सो मुर्तिमा साँझ ७ र राति ९ बजेदेखि १/१ घण्टा गरी दुई पटक पसिना आएको हो ।

भिमेश्वरको मुर्तिमा पसिना आए त्यसलाई अनिष्टको संकेतका रुपमा लिइने गरिन्छ । यसअघि दरबार हत्यकाण्ड, १९९० सालको महाभूकम्पलगायत अनिष्टअघि सो मुर्तिबाट पसिना आएको पाकाहरु बताउछन् ।



मुर्तिमा पसिना आएपछि स्थानीयवासी निकै भयभित भएको बताइएको छ। मुर्तिको रङ्ग खैरोबाट एक्कासी कालो भई पसिनाका थोपाहरु र्झन थालेपछि स्थनीयवासी र पुजारीले त्यहाँ पुजापाठ गरेका थिए ।

e mërkurë, 16 maj 2007

स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल वेल्जियम आउने

नेपालका स्वास्थ्यमन्त्री श्री गिरिराजमणी पोखरेल वर्ल्ड हेल्थ एसेम्ब्लीमा सहभागि हुन स्वीट्जरल्याण्ड आउनु भएको सीलसिलामा नेपाली जनप्रगतिशील मंच, बेल्जियमको अनुरोधमा बेल्जियम भ्रमणमा आउदै हुनु हुन्छ ।
वहाको प्रमुख आतिथ्यमा नेपाली जन प्रगतिशिल मंच, बेल्जियमको आयोजनामा नेपाली समुदाय बिच " नेपालमा तत्काल लोकतान्त्रिक गणतन्त्र स्थापना आजको प्रमुख आबस्यकता "  बिषयक अन्तरकृया कार्यक्रम र अन्तरिम बिधायीकाबाटै तत्काल गणतन्त्रको घोषणा गर्नु पर्ने माग सहितको ज्ञापन पत्र सम्माननिय प्रधानमन्त्री समक्ष प्रदान गर्न वहा मार्फ हस्तान्तरण गर्ने कार्यक्रम भएकोले तल उल्लेखित स्थान, मिति र समयमा  सम्पर्ूण्ा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ उक्त कार्यक्रममा सहभागि हुनका लागि हार्दिक अनुरोध गरिन्छ ।
 
स्थान ः    STUINVENBERGEPLEIN - 38
मिति ः    शुक्रबार, १८ मे २००७
समय ः   दिनको १२ बजे

e hënë, 14 maj 2007

पाकिस्तानी कानुन व्यवसायीको आन्दोलनप्रति ऐक्यबद्धता

पाकिस्तानका प्रधानन्यायाधीशलाई निलम्बन गरिएको विरुद्धमा त्यहाँका कानुन व्यवसायीले गरेको आन्दोलनप्रति नेपाल बार एसोसियसनले ऐक्यबद्धता जनाएको छ ।



पाकिस्तानका प्रधानन्यायाधीश इफ्तिकार चौधरीलाई निलम्बन गरिएकोमा त्यसको विरोध गरी नेपाल बारले नेपालस्थित पाकिस्तानी राजदुतावासमा सोमबार ज्ञापनपत्र बुझाएको छ । त्यहाँका कानुन व्यवसायीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै बारले केहीदिन अघि लाहोरमा कानुन व्यवसायीले गरेको पर््रदर्शनमाथि त्यहाँको सरकारले गरेको दमनप्रति विरोधसमेत जनाएको छ ।

ज्ञापनपत्रमा पाकिस्तानका केही सञ्चारमाध्यमलाई नियन्त्रणमा लिइएको प्रति आपत्ति जनाइएको छ । स्वतन्त्र न्यायपालिकाको मान्यताविपरीत अदालतहरूमा हस्तक्षेप नगर्न नेपाल बारले पाकिस्तानी सरकारसँग अनुरोधसमेत गरेको छ ।

गैरआवासीय नेपाली संघ साइप्रस पुनर्गठन

प्रवासी नेपालीहरुको विश्वव्यापी सञ्जाल गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद साइप्रस पुनर्गठन गरिएको छ। यही मे १३ का दिन साइप्रसको साइप्रस इन्टरनेशनल सम्मेलन निकोसियामा सम्पन्न कार्यक्रममा सो पुनःगठन भएको हो ।

एनआरएन-आइसीसी सदस्य (साइप्रस)का निरज श्रेष्ठको सभापतित्वमा सम्पनन्न भएको सो कार्यक्रमको प्रमुख अतिथि एनआरएन-आइसीसी यूरोपका उपाध्यक्ष राम थापा, एनआरएन-आइसीसी रसियाका कार्यकारी सदस्य जीवा लामिछाने, एनआरएन-एनसीसी रसियाका संयोजक डा. मणिराज पोखरेल, एनआरएन-एनसीसी जर्मनीका महासचिव केदार श्रेष्ठ, नेपालिज फ्रेन्डशीप सोसाइटी साइप्रसका सभापति महेश लामा, राम श्रेष्ठ, रामजीवन पंजियार लगायको उपस्थिति रहेको थियो ।
छलफल तथा क्रिया प्रतिक्रियाका समयमा अन्य देशबाट आउनु भएका एनआरएन प्रतिनिधिहरुले सम्पूर्ण उपस्थित साइप्रसवासी नेपालीहरुमा एनआरएनको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।



अन्तरक्रियापछि एनआरएन-आइसीसी साइप्रस कार्यकारिणी समितिको लागि मनोनयन तथा निर्वाचन प्रणालीद्वारा प्रतिनिधि चयन गरिएको थियो ।

नयाँ पुनर्गठित कार्यसमितिमा अध्यक्ष मणिराज थेवे, उपाध्यक्षद्वय मानबहादुर गुरुङ, खगेन्द्र भेटवाल, राष्ट्रिय संयोजकमा गणेश उप्रेती, संयुक्त राष्ट्रिय संयोजकमा मनिका घिसिङ, कोषाध्यक्षमा रञ्जित महतो, महिला प्रतितिनिधमा प्रगिता श्रेष्ठ, युवा प्रतिनिधिमा विकास श्रेष्ठ र सदस्यहरुमा अमर सुब्बा, सविन अवाले, सन्देश कार्की, सन्तोष गुरुङ र रामबाबु शर्मा रहनु भएको छ।

उक्त कार्यक्रममा अध्यक्ष मणिराज थेवेले नेपाल र नेपालीको विकास तथा हकहितका लागि उहाँ र उहाँको सम्पूर्ण प्रतिनिधि साथीहरु लागिपर्ने विश्वास दिलाउनुभयो ।


गणेश उप्रेती साइप्रस

e shtunë, 12 maj 2007

पेट्रोलियम पदार्थको अभाव, निजी पेट्रोलपम्प बन्द

राजधानीमा पेट्रोलियम पदार्थको अभावसँगै सबैजसो निजी पेट्रोलपम्पहरू बन्द भएका छन् । साझा तथा सेना र प्रहरीका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थ किन्नेहरूको निकै लामो लाइन लागेको छ ।

निजी पेट्रोलपम्पहरूमा पेट्रोल नभएको सूचना टाँसिएपछि साझा तथा सेना र प्रहरीको पेट्रोल पम्पहरूमा गाडीको लाइन लागेको छ ।

राजधानीमा एक सयभन्दा बढी पेट्रोलपम्प रहेकामा विभिन्न ठाउँमा रहेका सेना तथा प्रहरीका गरी दर्जन जति पम्पहरूबाट मात्रै पेट्रोलियम पदार्थ वितरण भइरहेको नेपाल आयल निगमले जनाएको छ ।


निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तिर्नुपर्ने रकम नतिर्दा आइओसीले इन्धन आपूर्तिमा कटौती गरेपछि इन्धनको समस्या देखिएको हो ।

आयल निगमले आइओसीलाई ५ अर्ब ९५ करोड रुपैयाँ तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

सरकारले हिजो नै इन्डियन आयल कर्पोरेसनलाई तेल सूचारू गराइदिन पत्राचार गरिसकेको बताए पनि भारतले अहिलेसम्म कुनै जवाफ नपठाएको नेपाल आायल निगमले जनाएको छ ।

नेपाली दूतावास यूएईमा बृहत् अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नेपाली दूतावासको आयोजनामा संयुक्त अरब ईमिरेट्सको राजधानी अबुधावी स्थित का.वा. राजदूत मोहनकृष्ण श्रेष्ठको निवासमा शुक्रबार एक बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली दूतावासका कूटनीतिज्ञ, नेपाली समाज यूएई लगायत विभिन्न जातीय, वर्गीय तथा क्षेत्रीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, गैर आवाशीय नेपाली संघका प्रतिनिधि, बुद्धिजिवी, पत्रकार तथा यूएईको भ्रमणमा रहनु भएका गण्डकी ओभरसिजका प्रमुख रामचन्द्र कोइरालाको उक्त कार्यक्रममा उपस्थिती थियो ।

त्यस अबसरमा राजदूत श्रेष्ठले यूएईमा रहेका करिब सवा लाख नेपालीहरुका समस्या र ती समस्याहरुको निराकरण विषयक कार्यक्रम प्रस्तुत गर्दै दूतावासले हालसम्म गरेका कार्यहरुको विवरण, दूतावासको समस्या, दूतावासको भावी कार्ययोजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।


दूतावासद्धारा प्रस्तुत कार्यपत्रमा नेपाल तथा यूएई बीचको सम्बन्ध, दूतावासको स्थापना, उद्देश्य, नियमित काम, राहदानी वितरणको व्यवस्था, वाषिर्क वजेट, राजस्व, समस्या समाधानका कार्य, उद्धारका कार्य, मृतकहरुको क्षतिपूर्ति असुली, प्रवासी नेपालीहरुको हकहित संरक्षण तथा प्रवर्द्धन गर्ने कार्य, रोजगारीका अवसरको खोजि, श्रम सम्झौतामा हस्ताक्षरको लागि पहल, प्रगतिका मार्ग एवं दायराहरु, नेपाली समाज तथा अन्य संघ संस्थाहरुका बीच सहकार्य, कूटनीतिक कार्य, नेपाली कला, संस्कृति तथा महत्वपूर्ण दिवसहरुको आयोजना, नेपाल तथा यूएई बीचका विभिन्न सेवा र सम्झौताहरु लगायत दूतावासका कठिनाईहरुका बारेमा बुँदागत रुपमा बिवरण प्रस्तुत गरिएको थियो ।

कार्यपत्रमा उल्लेख विभिन्न शीर्षकमा आवद्द रहेर उपस्थित सम्पूर्ण संघ संस्था तथा अन्य प्रतिनिधिहरुले आ आफ्नो लिखित तथा मौखिक धारणा राख्दै दूतावासलाई सुझाव तथा सल्लाह दिनु भएको थियो ।

कार्यक्रममा नेपाली समाजका अध्यक्ष रामेश्वर शाह, गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष सिपी सापकोटा, नेपाली समाज मुसफाहाका अर्जुन शाह, तमु समाजका यम तमु, मगर समाजका तेज कुमार आले, तामाङ समाजका छत्र लामा, राई समाजका कटक राई, नेपाली ख्रिष्टियन समाजका यूवराज राई, सुदूर पश्चिमेली समाजका गोपी सिंह ऐर, पथरी समाजका मोहन नेपाल, खोटांग समाजका दिपक ढुंगाना, नेपाली मुस्लिम मञ्चका मो. तनवीर आलम, लुम्विनी समाजका सुरेश वस्याल, नेवा पुचः का रामचन्द्र डंगोल, जुमेरा नेपाली समाजका काशिराम ढुंगाना, गण्डकी ओभरसिज काठमाडौंका रामचन्द्र कोइराला, हरि खड्का, जैकी मोजाहु, लक्ष्मण सापकोटा लगायत नेपाल पत्रकार महासंघ यूएई सम्पर्क समितिका संयोजक दामोदर नेपालले आफ्नो संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै यूएईमा रहेका सम्पूर्ण नेपालीहरुले भोग्दै आएका समस्या तथा तिनका निराकरण वा न्यूनिकरणका सम्बन्धमा दूतावासबाट हुन सक्ने सहयोग तथा आफूहरुले गर्ने पहलका विषयमा प्रकाश पार्दै दूतावासबाट यस्तो राम्रो कार्यको थालनी भएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनु भएको थियो ।

शनिवारको कार्यक्रम सौहाद्रपूर्ण तबरले सम्पन्न भएको र आफूलाई अबका दिनमा काम गर्न अझ सहज वातावरण सिर्जना हुने आशा व्यक्त गर्नु भएको थियो । साथै त्यस कार्यक्रमको बिस्तृत प्रतिवेदन तयार गरी सम्पूर्ण संघ संस्थालाई दिने र नेपालस्थित सम्बन्धित निकायमा समेत पठाइने कुरा का.वा. राजदूतले व्यक्त गरेको छ ।

e enjte, 10 maj 2007

बेल्जियममा स्तूपा प्रोजेक्टको अन्तक्रिर्या कार्यक्रम सम्पन्न

नेपालका बिकट क्षेत्रहरुमा स्वास्थ्य, शिक्षा तथा रोजगारमुलक तालिम संचालन गर्ने तथा युरोपमा नेपाली उत्पादनहरुको बजार खोज्ने र नेपालमा पर्यटन बिकाशका लागि युरोपका शहरहरुमा अभियान संचालन गर्ने उद्धश्यले स्थापना भएको स्तूपा प्रोजेक्ट वर्ल्डले ८ मई २००७ का दिन आयोजना गरेको अन्तक्रिर्या कार्यक्रम भब्यरुपले सम्पन्न भएको छ । बेल्जियमको ठूलो राजनीतिक पार्टर्ीीक्रश्चियन डेमोत्रयाटको राष्ट्रिय अध्यक्ष Mrs. Joëlle Milquet -श्रीमति जोले मिल्के), बर्तमान Trade Minister Mr. Benoit Cerexhe -श्री बेनाव सेरेक्स) प्रमुख अतिथि रहेको तथा सांसद एबं राजनीतिक पार्टर्ीी नेताहरुको बिशेष उपस्थितिमा भएको उक्त कार्यक्रममा सबै अतिथिहरुले स्तूपा प्रोजेक्टको उद्धेश्यको प्रशंसा गर्दै यथाशक्य सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
बेल्जियमका भूतपर्ुब प्रधानमन्त्रिको छोरी तथा स्तूपा प्रोजेक्टको संरक्षक श्रीमति काथरिन भान जीलाण्ड (Mrs. Catherine Van Zeeland) र स्तूपा प्रोजेक्ट वर्ल्डका सचिव श्री कृष्ण खतिवडाको संयुक्त संचालनमा भएको उक्त छलफल कार्यक्रममा नेपाली कम्युनिटिको तर्फाट श्री बालेन्द्र गुरुङ्ग, श्रर्ीर् इन्द्र प्रसाद ओली र श्री योगेन्द्र कामीले संयुक्तरुपमा कार्यक्रमका प्रमुख अतिथि द्वय क्रिश्चियन डेमोत्रयाटको राष्ट्रिय अध्यक्ष Mrs. Joëlle Milquet -श्रीमति जोले मिल्के) र बर्तमान Trade Minister Mr. Benoit Cerexhe -श्री बेनाव सेरेक्स) लाई बेल्जियममा बस्ने कानूनि आधार गुमाएका नेपालीहरुलाई बस्नसक्ने बातावरण श्रृजना गर्न माग गरिएको अनुरोधपत्र बुझाउनु भएको थियो भने दलित समुदायको मागपत्र श्री तेज बिश्वकर्माले बुझाएका थिए । नेपालको राजनीतिक अबस्था र बेल्जियममा अस्थायी रुपमा बसेका नेपालीहरुको बिषयमा श्री राजकुमार पुडासैनीले बोल्नु भएको थियो भने बेल्जियममा बस्ने श्रीलंका तथा तिबतियन समुदायका प्रतिनिधिहरुले स्तूपा प्रोजेक्टलाई यथासक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

स्तूपा प्रोजेक्टकी उपाध्यक्ष सुश्री फातिमा युसुफीले स्तुपाको उद्धेश्यको बारेमा उपस्थिति समुदायलाई जानकारी गराएकी थिइन भने स्तूपा प्रोजेक्टका अध्यक्ष श्री रोलाण्ड मोद्रीले स्तूपाको भावी कार्यक्रमको बारेमा जानकारी दिंदै दर्ूइ महिना भित्र दशजना डाक्टरहरुको टिम नेपालमा स्वास्थ्य स्थीतिको अध्ययन गर्न जाने र त्यसको अध्ययन पछि निरन्तररुपमा स्तूपाका दशजना डाक्टरहरुले नेपालमा स्वास्थ्य क्षेत्रमा काम गर्ने बताउनु भयो । अतिथि सांसदहरुलाई अध्यक्ष्ँ श्री रोलाण्ड मोद्री, सचिव श्री कृष्ण खतिवडा र सहसचिव श्री दर्ुगा प्र० घिमिरेले खाता ओढाएर स्तूपा प्रोजेक्टको मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए ।

बर्तमान सांसद तथा "मदर चिल्ड्रेन" नामक गैर सरकारी संस्थाकी अध्यक्ष सुश्री फातिमा मोसावीले स्तूपा प्रोजेक्टसंग मिलेर उक्त क्षेत्रमा काम गर्ने बताइन । क्रिश्चियन डेमोत्रयाटको राष्ट्रिय अध्यक्ष Mrs. Joëlle Milquet र बर्तमान Trade Minister Mr. Benoit Cerexhe तथा क्रिश्चियन डेमोत्रयाटकी बरिष्ठ नेतृ श्रीमति काथरिन भान जीलाण्डको तर्फाट बेल्जियममा रहेका नेपाली समुदायसंग मिलेर काम गर्न अति उत्सुक रहेको जानकारी गराइएको थियो ।

नेपाल महिला संघको दोस्रो राष्ट्रिय महाधिवेशन शुरु

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सबै वर्गको अधिकार सुनिश्चित गर्न संविधानसभाको निर्वाचन आवश्यक रहेको बताउनुभएको छ।

आज राजधानीमा कांग्रेस भातृ संगठन नेपाल महिला संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभाले नै महिला, आदिवासी जनजाति, दलित, मधेशी तथा पिछडिएकाहरुको हक सुनिश्चित गर्ने बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले निर्वाचनपछि महिलाहरुले पुरुषसरह अधिकार पाउने दावीसमेत गर्नुभयो । उहाँले यतिबेला सबै पक्ष संविधानसभा रुपी जरो बलियो बनाउन लाग्नुपर्नेमा टुप्पो समाउन लागेको टिप्पणी गर्नुभयो ।


राजधानीको राष्ट्रिय सभागृहका जारी महाधिवेशनको उद्घाटन सत्रका बोल्दै शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेलले लोकतन्त्र प्राप्तिपछि महिला हक अधिकारका लागि महत्वपूर्ण नीति नियम बने पछि मुलुक संक्रमणकालमा रहेकाले कार्यन्वयनमा कठिनाई भएको बताउनुभयो ।

त्यसैगरी कांग्रेस उपसभापति सुशिल कोइरालाले सरकारमा सामेल भएर पनि माओवादीले आतंक फैलाउने काम गरेको भन्दै आफ्नो व्यवहार सच्याउन माओवादीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा महिला संघकी अध्यक्ष मिना पाण्डेले महिला हकहितका लागि गरिएका घोषणा व्यवहारमा लागू गर्न माग गर्नुभयो ।

देशभरका ६ सय बढी प्रतिनिधि सहभागी रहेको महिला संघको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । तीन दिनसम्म चल्ने महाधिवेशनमा संविधानसभा निर्वाचन, राज्यका विभिन्न निकायमा महिलाको सहभागिता, महिला हकहित, लैंगिक समानतालगायतका विषयमा छलफल हुने संघले जनाएको छ।

वाइसिएलको सुराकिमा १० टन रक्तचन्दन वरामद

रक्तचन्दन तस्करीका श्रृखलावद्ध घटना वाहिर आइरहेका वेला माओवादी निकट लडाकु संगठन योङ कम्युनिष्ट लिगको सुराकीका आधारमा काठमाण्डौंको इमाडोलवाट ठुलोमात्रामा रक्तचन्दन वरामद गरिएको छ । वनमन्त्री मातृका यादवको रोहवरमा प्रहरीले छापा मार्दा त्यहाँ करिव १० टन अवैध रक्तचन्दन फेला परेको थियो । रक्तचन्दन तस्करीमा संलग्नका विषयमा ठोस सुचना उपलब्ध नभएपनि प्रहरीले त्यसमा संलग्न एकलाइ गिरफ्तार गरेको छ । इमाडोलका पृथ्वीवहादुर कमालको घरमा भाडामा लिइ रक्तचन्दन लुकाइएको प्रहरीले जानकारी दिएको छ ।

वनमन्त्री मातृका यादवले तस्करहरुलाइ समात्नेक्रम जारी रहेको वताउनुभएको छु । नेपाल तस्करीको अखडाको रुपमा स्थापित हुने खतरा रहेको भन्दै उहाँले तस्करी नियन्त्रणका लागि मन्त्रायले पहल गरिरहेको जानकारी दिनुभयो । आफ्ना कार्यकर्ताको सुराकीका आधारमा सो स्थानमा छापा मारिएको वताउँदै यादवले यो क्रम जारी रहने जानकारी दिनुभयो ।

पत्रकारमाथि भइरहेको आक्रमणप्रति आइएफजेको चासो

अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेले नेपालमा समाचार प्रकाशन तथा प्रसारण गरेकै कारण पत्रकारमाथि आक्रमण जारी रहेको भन्दै चिन्ता व्यक्त गरेको छ।


आइएफजेका अध्यक्ष क्रिस्टोफर वारेनले आज एक विज्ञप्ति जारी गरी त्यस्ता घटनाले नेपालमा जारी प्रजातान्त्रिक प्रक्रियालाई प्रभावित तुल्याउन सक्ने भन्दै सजग गराउनुभएको छ।

e mërkurë, 9 maj 2007

कानुन दिवस



कानुन दिवसका अवसरमा नेपाल वार एसोसियसनले आज एक र्‍यालीको आयोजना गर्यो । संविधानसभाको चुनावमा सवै जातजाति र समुदायको सहभागीता सहित तुरुन्त चुनाव हुनुपर्ने माग सहितका प्लेकार्ड वोकेका कानुन ब्यवसायीहरु र्‍यालीमा सहभागी भएका थिए । स्वतन्त्र न्यायालय स्थापना भएको आजको दिनलाइ कानुनदिवसको रुपमा मनाइन्छ । यसैबिच अदालत र कानुन ब्यवसायीहरुले आज देशभर कानुनदिवसका अवसरमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन ।  

तस्वीरः विजय राइ/ अनलाइनखबर

e martë, 8 maj 2007

विश्व रेडक्रस दिवस मनाइदै

आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी ४५ औं विश्व रेडक्रस दिवस मनाइदै छ । यसै अवसर पारेर नेपाल रेडक्रस सोसाइटीले र्‍याली तथा जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरेको छ । विहान भृकुटी मण्डपवाट शुरु भएको नगरका विभिन्न स्थानको परिक्रमागरी प्रदर्शनीमार्गमा आइ सभामा परिणत भएको थियो ।

डाँकाको गोलीले दुइको मृत्यु, १७ घाइते

गएराति बाराको प्रस्टोटा घटनाको फलोअप गर्न गएको प्रहरी गस्तीमाथि आक्रमण हुँदा आज बिहान एक प्रहरी अधिकृतसहित अन्य दुइ घाइते भएका छन्।

गोली लागी प्रहरी इन्स्पेक्टर वेद विष्ट घाइते भएका छन्। उनलाई पेटमा गोली लागेको छ। उनी खतरामुक्त बताइए पनि हेलिकोप्टरबाट अहिले राजधानी ल्याइएको छ।

घटनामा संलग्न अपराधी खोज्न जाँदा बाराको त्रिवेणी गाविस नकटुवामा सुरक्षाकर्मीमाथि आक्रमण भएको थियो।

प्रहरीलाई आक्रमण गर्नेमाथि लक्षित गरी गरेको प्रहरी कारबाहीमा स्थानीय गोराव मुखिया र उनकी श्रीमती घाइते भएका छन्। उनीहरूको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

गएराति डाँकाको समूहले चलाएको गोली लागी प्रस्टोटाका भागिरथ साह र गोड शर्मा साहको घटनास्थलमै मृत्यु भएको थियो। अपराधी समूह आएको चाल पाई गाउँलेले प्रतिकार गर्दा १७ घाइते भएका थिए।

घाइतेमध्ये नगेन्द्रप्रसाद सोनार, पूजन साह, मदई साह, जग साह, मदन साह र रामकुमार साहलाई हिजै राति शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको छ।

अमेरिकाद्धारा आफ्ना नागरिकलाइ नेपालभ्रण नगर्न आग्रह


शान्ति प्रक्रियामा हस्ताक्षर गरी सरकारमा सहभागी भइसक्दा पनि माओवादीको आलोचना गरेर नथाक्ने अमेरिकाले माओवादीको हिंशात्मक गतिविधी जारी रहेको भन्दै नेपाल भ्रमण गर्नु अघी सतर्कता अपनाउन आफ्ना नागरिकलाइ सचेत तुल्याएको छ । अमेरिकी विदेश मन्त्रालयले एक सुचना जारी गरी नेपाल भ्रमण गर्नु अघि सुरक्षा अवस्थावारे प्रयाप्त जानकारी लिन र अत्यावस्यक काम नपरी नेपाल भ्रमण नगर्न आफ्ना नागरिक लाइ अनुरोध गरिएको छ ।
उत्त सुचनामा नेपालमा रहेका अमेरिकी नागरिकलाइ सतर्क तुल्याउदै जुलुश र विरोध प्रदर्शन भएको स्थानमा नजान र आवस्यक सुरक्षा सतर्कता अपनाउन भनिएको छ । माओवादीले हिंशा पूर्ण रुपमा त्याग गरी नसकेकाले उसका गतिविधीप्रति विश्वस्त हुन नसकिने वताइएको छ । स्मरण रहोस अमेरिकाले हालसम्मपनि माओवादीलाइ आतंककारी सुचविाट हटाएको छैन ।
http://travel.state.gov/travel/cis_pa_tw/tw/tw_927.html

e hënë, 7 maj 2007

फ्रान्सको नयाँ राष्ट्रपतिमा सार्कोजी

कन्जरभेटिभ निकोलास सर्कोजिले फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेको प्रारम्भिक मतगणनाले देखाएको छ । यद्यपि पूर्णरुपमा मतगणना भइनसके पनि सर्कोजिकी प्रतिद्धन्द्वि सोसलिस्ट उम्मेदवार सेजोलिन रोयालले हार स्वीकार गरि सकेको बिबिसीलाई उदृत गर्दै एजेन्सीले जनाएका छन् ।


प्रारम्भिक मतगणना अनुसार सार्कोजिले ५३ प्रतिसत तथा रोयालले ४७ प्रतिसत मत पाउने पक्का भएको छ ।
हंगेरीबाट बसाइँ सरेका बावुका छोरा सार्कोजिले विगत १२ वर्षदेखि सत्तामा रहेका ७४ वर्षिय ज्याक सिराकको स्थानमा प्रुान्सको नेतृत्व गर्नेछन् ।

प्रुान्सेली राष्ट्रपतिको निर्वाचनको दोस्रो चरणमा प्रवेस गर्ने पहिलो महिला रोयालले पराजयले आपुू र समर्थकहरुलाई दुखी बनाएपनि १ करोड ७० लाख जनतालाई मतदानका लागि धन्यवाद दिइन् ।

e premte, 4 maj 2007

पूर्व प्रधानसेनापति सच्वितसमशेर जवराको निधन

शाही सत्ताका प्रमुख योजनाकार मानिएका नेपाली सेनाका पूर्व प्रधानसेनापति सच्वितसमशेर जवराको आज विहान निधन भएको छ ।

e enjte, 3 maj 2007

फिनल्याड वासी नेपालीले नया वर्ष मनाए

नया वर्ष २०६४ को उपलक्ष्यमा विभिन्न कार्यक्रम को आयोजना गरी फिनल्याण्डवासी नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरेर नया वर्ष मनाए । यसैको अवसर पारेर सास्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो।



e martë, 1 maj 2007

गणतन्त्र घोषणा नभए सडक आन्दोलनः प्रचण्ड



नेकपा माओवादीका अध्यक्ष प्रचण्डले माओवादीले सडक, सरकार, संसद र सेनाको क्याम्पबाट एकै पटक आन्दोलन थाल्न सक्ने चेतावनी दिनुभएको छ । उहाँले तत्काल संसदबाट गणतन्त्र घोषणा नभए माओवादी आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो । माओवादी अध्यक्ष प्रचण्डले माओवादीको लचकतालाई कमजोरी ठानेमा देशका लागि नै दुर्भाग्य हुने दावी गुर्नभयो । कसैले माओवादीलाई संसद र सरकारमा ल्याएर फसेको ठानेका छन् भने त्यो उनीहरको भ्रम मात्र हो माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो ।