e hënë, 7 maj 2007

फ्रान्सको नयाँ राष्ट्रपतिमा सार्कोजी

कन्जरभेटिभ निकोलास सर्कोजिले फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेको प्रारम्भिक मतगणनाले देखाएको छ । यद्यपि पूर्णरुपमा मतगणना भइनसके पनि सर्कोजिकी प्रतिद्धन्द्वि सोसलिस्ट उम्मेदवार सेजोलिन रोयालले हार स्वीकार गरि सकेको बिबिसीलाई उदृत गर्दै एजेन्सीले जनाएका छन् ।


प्रारम्भिक मतगणना अनुसार सार्कोजिले ५३ प्रतिसत तथा रोयालले ४७ प्रतिसत मत पाउने पक्का भएको छ ।
हंगेरीबाट बसाइँ सरेका बावुका छोरा सार्कोजिले विगत १२ वर्षदेखि सत्तामा रहेका ७४ वर्षिय ज्याक सिराकको स्थानमा प्रुान्सको नेतृत्व गर्नेछन् ।

प्रुान्सेली राष्ट्रपतिको निर्वाचनको दोस्रो चरणमा प्रवेस गर्ने पहिलो महिला रोयालले पराजयले आपुू र समर्थकहरुलाई दुखी बनाएपनि १ करोड ७० लाख जनतालाई मतदानका लागि धन्यवाद दिइन् ।

Nuk ka komente: