शान्ति प्रक्रियामा हस्ताक्षर गरी सरकारमा सहभागी भइसक्दा पनि माओवादीको आलोचना गरेर नथाक्ने अमेरिकाले माओवादीको हिंशात्मक गतिविधी जारी रहेको भन्दै नेपाल भ्रमण गर्नु अघी सतर्कता अपनाउन आफ्ना नागरिकलाइ सचेत तुल्याएको छ । अमेरिकी विदेश मन्त्रालयले एक सुचना जारी गरी नेपाल भ्रमण गर्नु अघि सुरक्षा अवस्थावारे प्रयाप्त जानकारी लिन र अत्यावस्यक काम नपरी नेपाल भ्रमण नगर्न आफ्ना नागरिक लाइ अनुरोध गरिएको छ ।
उत्त सुचनामा नेपालमा रहेका अमेरिकी नागरिकलाइ सतर्क तुल्याउदै जुलुश र विरोध प्रदर्शन भएको स्थानमा नजान र आवस्यक सुरक्षा सतर्कता अपनाउन भनिएको छ । माओवादीले हिंशा पूर्ण रुपमा त्याग गरी नसकेकाले उसका गतिविधीप्रति विश्वस्त हुन नसकिने वताइएको छ । स्मरण रहोस अमेरिकाले हालसम्मपनि माओवादीलाइ आतंककारी सुचविाट हटाएको छैन ।
http://travel.state.gov/travel/cis_pa_tw/tw/tw_927.html
Nuk ka komente:
Posto një koment