गोली लागी प्रहरी इन्स्पेक्टर वेद विष्ट घाइते भएका छन्। उनलाई पेटमा गोली लागेको छ। उनी खतरामुक्त बताइए पनि हेलिकोप्टरबाट अहिले राजधानी ल्याइएको छ।
घटनामा संलग्न अपराधी खोज्न जाँदा बाराको त्रिवेणी गाविस नकटुवामा सुरक्षाकर्मीमाथि आक्रमण भएको थियो।
प्रहरीलाई आक्रमण गर्नेमाथि लक्षित गरी गरेको प्रहरी कारबाहीमा स्थानीय गोराव मुखिया र उनकी श्रीमती घाइते भएका छन्। उनीहरूको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
गएराति डाँकाको समूहले चलाएको गोली लागी प्रस्टोटाका भागिरथ साह र गोड शर्मा साहको घटनास्थलमै मृत्यु भएको थियो। अपराधी समूह आएको चाल पाई गाउँलेले प्रतिकार गर्दा १७ घाइते भएका थिए।
घाइतेमध्ये नगेन्द्रप्रसाद सोनार, पूजन साह, मदई साह, जग साह, मदन साह र रामकुमार साहलाई हिजै राति शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको छ।

Nuk ka komente:
Posto një koment