e diel, 20 maj 2007

दोलखा भिमेश्वरमा पसिना, ठूलो अनिष्टको संकेत

दोखलाको प्रसिद्ध भिमेश्वरको मुर्तिबाट गएराति पुनः पसिना आएको छ। ढुंगाले बनेको सो मुर्तिमा साँझ ७ र राति ९ बजेदेखि १/१ घण्टा गरी दुई पटक पसिना आएको हो ।

भिमेश्वरको मुर्तिमा पसिना आए त्यसलाई अनिष्टको संकेतका रुपमा लिइने गरिन्छ । यसअघि दरबार हत्यकाण्ड, १९९० सालको महाभूकम्पलगायत अनिष्टअघि सो मुर्तिबाट पसिना आएको पाकाहरु बताउछन् ।



मुर्तिमा पसिना आएपछि स्थानीयवासी निकै भयभित भएको बताइएको छ। मुर्तिको रङ्ग खैरोबाट एक्कासी कालो भई पसिनाका थोपाहरु र्झन थालेपछि स्थनीयवासी र पुजारीले त्यहाँ पुजापाठ गरेका थिए ।

Nuk ka komente: