e diel, 20 maj 2007

वेल्जियममा दोहरीको रौनक , प्रतियोगिता शुरु

एन डि एफ वेल्जियमको आयोजनामा आज वेल्जियमको लुभेनमा दोहरी प्रतियोगीता शुरु भएको छ । तोकिएको समय भन्दा करिव ३ घन्टा पछि शुरु भएको सो कार्यक्रमको नेपाली दुतावासका का वा राजदुत श्रीमती अम्वीका लुइटेलले पानसमा वत्ती वालेर उदघाटन गर्नु भएको थियो ।
वीनिता रिमाल र इन्द्र वली द्धारा संचालित सो कार्यक्रमका मिन गुरुगं वलराम पुन र नारायण घिताल निर्ण्र्ााक रहनु भएको छ । कार्यक्रममा तमु समाज, मगर समाज, हिमालयन सोसाइटी, म्याग्देली समाज चितवन सहायता कोष लगायतका विभिन्न समुहले भााग लिएको छ । यदापी समाचार तयार गर्दा सम्म तमु समाज र मगर समाज अगाडी रहेको थियो ।
कार्य क्रमको रोचक पक्ष हिमायलन सोसाइटी वाट शिव वरुवाल र म्याग्देली समाज वाट ज्ञानु वरुवालले आपनो समुहको अगुवाइ गर्दै हुनु हुन्छ । उहाहरु श्रीमान श्रीमति हुनुहुन्छ ।



















 
 


 


 


 


 


 














 


 
 


सहभागि मध्य बिजेताहरु प्रथम द्वितिय  त्रितिय हुने समुह लाइ प्रमाण पत्र सहित नगद क्रमश  ५०० , ३००, २०० युरो पुरष्कार को ब्यबस्था गरिएको र पुरुष्कारको राशि मध्य प्रथम पुरुष्कारको प्रायोजन श्री सहदेब  गौतम लुभेनल, द्वितियको हिमालयन रेस्टुरेन्टको तर्फ बाट श्री पुष्प राज अधिकारी(शर्मा) ले र त्रितिय पुरुष्कार को बुद्धिसशप को तर्फबाट श्री राजन बस्नेतले गर्नु भयेको छ प्रथम, द्वितिय , त्रितिय हुने समुह लाइ  कपको  प्रायोजन श्री  भरत लामाले  गर्नु भएको छ

त्यस्तै केटा तर्फ १ र केटि तर्फ १ गरि २ जना लाइ उत्क्रिष्ठ पुरुष्कार स्वरुप  प्रमाण पत्र सहित  एक ,एक सय युरो  दीइने  र उक्त पुरुष्कारको  राशिको   प्रायोजन एन डि एफ बेल्जियमका गेन्ट कमिटीका अदक्ष्य श्री थानेश्वार् थापा र कोषादक्ष्य मिराज मिया ले गर्नु भएको छ श्रीसुर्यनारायन श्रेष्ठल उत्क्रिष्ठ २ टिम लाइ नेपाली सल ओढाएर सम्मान गर्नु हुने भएको छ  ।
कार्यक्रमका उल्लेख्य दर्शकको उपस्थिती रहेको थियो ।

Nuk ka komente: