e enjte, 10 maj 2007

बेल्जियममा स्तूपा प्रोजेक्टको अन्तक्रिर्या कार्यक्रम सम्पन्न

नेपालका बिकट क्षेत्रहरुमा स्वास्थ्य, शिक्षा तथा रोजगारमुलक तालिम संचालन गर्ने तथा युरोपमा नेपाली उत्पादनहरुको बजार खोज्ने र नेपालमा पर्यटन बिकाशका लागि युरोपका शहरहरुमा अभियान संचालन गर्ने उद्धश्यले स्थापना भएको स्तूपा प्रोजेक्ट वर्ल्डले ८ मई २००७ का दिन आयोजना गरेको अन्तक्रिर्या कार्यक्रम भब्यरुपले सम्पन्न भएको छ । बेल्जियमको ठूलो राजनीतिक पार्टर्ीीक्रश्चियन डेमोत्रयाटको राष्ट्रिय अध्यक्ष Mrs. Joëlle Milquet -श्रीमति जोले मिल्के), बर्तमान Trade Minister Mr. Benoit Cerexhe -श्री बेनाव सेरेक्स) प्रमुख अतिथि रहेको तथा सांसद एबं राजनीतिक पार्टर्ीी नेताहरुको बिशेष उपस्थितिमा भएको उक्त कार्यक्रममा सबै अतिथिहरुले स्तूपा प्रोजेक्टको उद्धेश्यको प्रशंसा गर्दै यथाशक्य सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
बेल्जियमका भूतपर्ुब प्रधानमन्त्रिको छोरी तथा स्तूपा प्रोजेक्टको संरक्षक श्रीमति काथरिन भान जीलाण्ड (Mrs. Catherine Van Zeeland) र स्तूपा प्रोजेक्ट वर्ल्डका सचिव श्री कृष्ण खतिवडाको संयुक्त संचालनमा भएको उक्त छलफल कार्यक्रममा नेपाली कम्युनिटिको तर्फाट श्री बालेन्द्र गुरुङ्ग, श्रर्ीर् इन्द्र प्रसाद ओली र श्री योगेन्द्र कामीले संयुक्तरुपमा कार्यक्रमका प्रमुख अतिथि द्वय क्रिश्चियन डेमोत्रयाटको राष्ट्रिय अध्यक्ष Mrs. Joëlle Milquet -श्रीमति जोले मिल्के) र बर्तमान Trade Minister Mr. Benoit Cerexhe -श्री बेनाव सेरेक्स) लाई बेल्जियममा बस्ने कानूनि आधार गुमाएका नेपालीहरुलाई बस्नसक्ने बातावरण श्रृजना गर्न माग गरिएको अनुरोधपत्र बुझाउनु भएको थियो भने दलित समुदायको मागपत्र श्री तेज बिश्वकर्माले बुझाएका थिए । नेपालको राजनीतिक अबस्था र बेल्जियममा अस्थायी रुपमा बसेका नेपालीहरुको बिषयमा श्री राजकुमार पुडासैनीले बोल्नु भएको थियो भने बेल्जियममा बस्ने श्रीलंका तथा तिबतियन समुदायका प्रतिनिधिहरुले स्तूपा प्रोजेक्टलाई यथासक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

स्तूपा प्रोजेक्टकी उपाध्यक्ष सुश्री फातिमा युसुफीले स्तुपाको उद्धेश्यको बारेमा उपस्थिति समुदायलाई जानकारी गराएकी थिइन भने स्तूपा प्रोजेक्टका अध्यक्ष श्री रोलाण्ड मोद्रीले स्तूपाको भावी कार्यक्रमको बारेमा जानकारी दिंदै दर्ूइ महिना भित्र दशजना डाक्टरहरुको टिम नेपालमा स्वास्थ्य स्थीतिको अध्ययन गर्न जाने र त्यसको अध्ययन पछि निरन्तररुपमा स्तूपाका दशजना डाक्टरहरुले नेपालमा स्वास्थ्य क्षेत्रमा काम गर्ने बताउनु भयो । अतिथि सांसदहरुलाई अध्यक्ष्ँ श्री रोलाण्ड मोद्री, सचिव श्री कृष्ण खतिवडा र सहसचिव श्री दर्ुगा प्र० घिमिरेले खाता ओढाएर स्तूपा प्रोजेक्टको मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए ।

बर्तमान सांसद तथा "मदर चिल्ड्रेन" नामक गैर सरकारी संस्थाकी अध्यक्ष सुश्री फातिमा मोसावीले स्तूपा प्रोजेक्टसंग मिलेर उक्त क्षेत्रमा काम गर्ने बताइन । क्रिश्चियन डेमोत्रयाटको राष्ट्रिय अध्यक्ष Mrs. Joëlle Milquet र बर्तमान Trade Minister Mr. Benoit Cerexhe तथा क्रिश्चियन डेमोत्रयाटकी बरिष्ठ नेतृ श्रीमति काथरिन भान जीलाण्डको तर्फाट बेल्जियममा रहेका नेपाली समुदायसंग मिलेर काम गर्न अति उत्सुक रहेको जानकारी गराइएको थियो ।

Nuk ka komente: