नेपाली दूतावासका कूटनीतिज्ञ, नेपाली समाज यूएई लगायत विभिन्न जातीय, वर्गीय तथा क्षेत्रीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, गैर आवाशीय नेपाली संघका प्रतिनिधि, बुद्धिजिवी, पत्रकार तथा यूएईको भ्रमणमा रहनु भएका गण्डकी ओभरसिजका प्रमुख रामचन्द्र कोइरालाको उक्त कार्यक्रममा उपस्थिती थियो ।
त्यस अबसरमा राजदूत श्रेष्ठले यूएईमा रहेका करिब सवा लाख नेपालीहरुका समस्या र ती समस्याहरुको निराकरण विषयक कार्यक्रम प्रस्तुत गर्दै दूतावासले हालसम्म गरेका कार्यहरुको विवरण, दूतावासको समस्या, दूतावासको भावी कार्ययोजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
दूतावासद्धारा प्रस्तुत कार्यपत्रमा नेपाल तथा यूएई बीचको सम्बन्ध, दूतावासको स्थापना, उद्देश्य, नियमित काम, राहदानी वितरणको व्यवस्था, वाषिर्क वजेट, राजस्व, समस्या समाधानका कार्य, उद्धारका कार्य, मृतकहरुको क्षतिपूर्ति असुली, प्रवासी नेपालीहरुको हकहित संरक्षण तथा प्रवर्द्धन गर्ने कार्य, रोजगारीका अवसरको खोजि, श्रम सम्झौतामा हस्ताक्षरको लागि पहल, प्रगतिका मार्ग एवं दायराहरु, नेपाली समाज तथा अन्य संघ संस्थाहरुका बीच सहकार्य, कूटनीतिक कार्य, नेपाली कला, संस्कृति तथा महत्वपूर्ण दिवसहरुको आयोजना, नेपाल तथा यूएई बीचका विभिन्न सेवा र सम्झौताहरु लगायत दूतावासका कठिनाईहरुका बारेमा बुँदागत रुपमा बिवरण प्रस्तुत गरिएको थियो ।
कार्यपत्रमा उल्लेख विभिन्न शीर्षकमा आवद्द रहेर उपस्थित सम्पूर्ण संघ संस्था तथा अन्य प्रतिनिधिहरुले आ आफ्नो लिखित तथा मौखिक धारणा राख्दै दूतावासलाई सुझाव तथा सल्लाह दिनु भएको थियो ।
कार्यक्रममा नेपाली समाजका अध्यक्ष रामेश्वर शाह, गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष सिपी सापकोटा, नेपाली समाज मुसफाहाका अर्जुन शाह, तमु समाजका यम तमु, मगर समाजका तेज कुमार आले, तामाङ समाजका छत्र लामा, राई समाजका कटक राई, नेपाली ख्रिष्टियन समाजका यूवराज राई, सुदूर पश्चिमेली समाजका गोपी सिंह ऐर, पथरी समाजका मोहन नेपाल, खोटांग समाजका दिपक ढुंगाना, नेपाली मुस्लिम मञ्चका मो. तनवीर आलम, लुम्विनी समाजका सुरेश वस्याल, नेवा पुचः का रामचन्द्र डंगोल, जुमेरा नेपाली समाजका काशिराम ढुंगाना, गण्डकी ओभरसिज काठमाडौंका रामचन्द्र कोइराला, हरि खड्का, जैकी मोजाहु, लक्ष्मण सापकोटा लगायत नेपाल पत्रकार महासंघ यूएई सम्पर्क समितिका संयोजक दामोदर नेपालले आफ्नो संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै यूएईमा रहेका सम्पूर्ण नेपालीहरुले भोग्दै आएका समस्या तथा तिनका निराकरण वा न्यूनिकरणका सम्बन्धमा दूतावासबाट हुन सक्ने सहयोग तथा आफूहरुले गर्ने पहलका विषयमा प्रकाश पार्दै दूतावासबाट यस्तो राम्रो कार्यको थालनी भएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनु भएको थियो ।
शनिवारको कार्यक्रम सौहाद्रपूर्ण तबरले सम्पन्न भएको र आफूलाई अबका दिनमा काम गर्न अझ सहज वातावरण सिर्जना हुने आशा व्यक्त गर्नु भएको थियो । साथै त्यस कार्यक्रमको बिस्तृत प्रतिवेदन तयार गरी सम्पूर्ण संघ संस्थालाई दिने र नेपालस्थित सम्बन्धित निकायमा समेत पठाइने कुरा का.वा. राजदूतले व्यक्त गरेको छ ।
Nuk ka komente:
Posto një koment