e shtunë, 12 maj 2007

पेट्रोलियम पदार्थको अभाव, निजी पेट्रोलपम्प बन्द

राजधानीमा पेट्रोलियम पदार्थको अभावसँगै सबैजसो निजी पेट्रोलपम्पहरू बन्द भएका छन् । साझा तथा सेना र प्रहरीका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थ किन्नेहरूको निकै लामो लाइन लागेको छ ।

निजी पेट्रोलपम्पहरूमा पेट्रोल नभएको सूचना टाँसिएपछि साझा तथा सेना र प्रहरीको पेट्रोल पम्पहरूमा गाडीको लाइन लागेको छ ।

राजधानीमा एक सयभन्दा बढी पेट्रोलपम्प रहेकामा विभिन्न ठाउँमा रहेका सेना तथा प्रहरीका गरी दर्जन जति पम्पहरूबाट मात्रै पेट्रोलियम पदार्थ वितरण भइरहेको नेपाल आयल निगमले जनाएको छ ।


निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तिर्नुपर्ने रकम नतिर्दा आइओसीले इन्धन आपूर्तिमा कटौती गरेपछि इन्धनको समस्या देखिएको हो ।

आयल निगमले आइओसीलाई ५ अर्ब ९५ करोड रुपैयाँ तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

सरकारले हिजो नै इन्डियन आयल कर्पोरेसनलाई तेल सूचारू गराइदिन पत्राचार गरिसकेको बताए पनि भारतले अहिलेसम्म कुनै जवाफ नपठाएको नेपाल आायल निगमले जनाएको छ ।

Nuk ka komente: