e hënë, 14 maj 2007

गैरआवासीय नेपाली संघ साइप्रस पुनर्गठन

प्रवासी नेपालीहरुको विश्वव्यापी सञ्जाल गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद साइप्रस पुनर्गठन गरिएको छ। यही मे १३ का दिन साइप्रसको साइप्रस इन्टरनेशनल सम्मेलन निकोसियामा सम्पन्न कार्यक्रममा सो पुनःगठन भएको हो ।

एनआरएन-आइसीसी सदस्य (साइप्रस)का निरज श्रेष्ठको सभापतित्वमा सम्पनन्न भएको सो कार्यक्रमको प्रमुख अतिथि एनआरएन-आइसीसी यूरोपका उपाध्यक्ष राम थापा, एनआरएन-आइसीसी रसियाका कार्यकारी सदस्य जीवा लामिछाने, एनआरएन-एनसीसी रसियाका संयोजक डा. मणिराज पोखरेल, एनआरएन-एनसीसी जर्मनीका महासचिव केदार श्रेष्ठ, नेपालिज फ्रेन्डशीप सोसाइटी साइप्रसका सभापति महेश लामा, राम श्रेष्ठ, रामजीवन पंजियार लगायको उपस्थिति रहेको थियो ।
छलफल तथा क्रिया प्रतिक्रियाका समयमा अन्य देशबाट आउनु भएका एनआरएन प्रतिनिधिहरुले सम्पूर्ण उपस्थित साइप्रसवासी नेपालीहरुमा एनआरएनको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।



अन्तरक्रियापछि एनआरएन-आइसीसी साइप्रस कार्यकारिणी समितिको लागि मनोनयन तथा निर्वाचन प्रणालीद्वारा प्रतिनिधि चयन गरिएको थियो ।

नयाँ पुनर्गठित कार्यसमितिमा अध्यक्ष मणिराज थेवे, उपाध्यक्षद्वय मानबहादुर गुरुङ, खगेन्द्र भेटवाल, राष्ट्रिय संयोजकमा गणेश उप्रेती, संयुक्त राष्ट्रिय संयोजकमा मनिका घिसिङ, कोषाध्यक्षमा रञ्जित महतो, महिला प्रतितिनिधमा प्रगिता श्रेष्ठ, युवा प्रतिनिधिमा विकास श्रेष्ठ र सदस्यहरुमा अमर सुब्बा, सविन अवाले, सन्देश कार्की, सन्तोष गुरुङ र रामबाबु शर्मा रहनु भएको छ।

उक्त कार्यक्रममा अध्यक्ष मणिराज थेवेले नेपाल र नेपालीको विकास तथा हकहितका लागि उहाँ र उहाँको सम्पूर्ण प्रतिनिधि साथीहरु लागिपर्ने विश्वास दिलाउनुभयो ।


गणेश उप्रेती साइप्रस

Nuk ka komente: