

पाकिस्तानका प्रधानन्यायाधीश इफ्तिकार चौधरीलाई निलम्बन गरिएकोमा त्यसको विरोध गरी नेपाल बारले नेपालस्थित पाकिस्तानी राजदुतावासमा सोमबार ज्ञापनपत्र बुझाएको छ । त्यहाँका कानुन व्यवसायीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै बारले केहीदिन अघि लाहोरमा कानुन व्यवसायीले गरेको पर््रदर्शनमाथि त्यहाँको सरकारले गरेको दमनप्रति विरोधसमेत जनाएको छ ।
ज्ञापनपत्रमा पाकिस्तानका केही सञ्चारमाध्यमलाई नियन्त्रणमा लिइएको प्रति आपत्ति जनाइएको छ । स्वतन्त्र न्यायपालिकाको मान्यताविपरीत अदालतहरूमा हस्तक्षेप नगर्न नेपाल बारले पाकिस्तानी सरकारसँग अनुरोधसमेत गरेको छ ।
Nuk ka komente:
Posto një koment