रक्तचन्दन तस्करीका श्रृखलावद्ध घटना वाहिर आइरहेका वेला माओवादी निकट लडाकु संगठन योङ कम्युनिष्ट लिगको सुराकीका आधारमा काठमाण्डौंको इमाडोलवाट ठुलोमात्रामा रक्तचन्दन वरामद गरिएको छ । वनमन्त्री मातृका यादवको रोहवरमा प्रहरीले छापा मार्दा त्यहाँ करिव १० टन अवैध रक्तचन्दन फेला परेको थियो । रक्तचन्दन तस्करीमा संलग्नका विषयमा ठोस सुचना उपलब्ध नभएपनि प्रहरीले त्यसमा संलग्न एकलाइ गिरफ्तार गरेको छ । इमाडोलका पृथ्वीवहादुर कमालको घरमा भाडामा लिइ रक्तचन्दन लुकाइएको प्रहरीले जानकारी दिएको छ ।

वनमन्त्री मातृका यादवले तस्करहरुलाइ समात्नेक्रम जारी रहेको वताउनुभएको छु । नेपाल तस्करीको अखडाको रुपमा स्थापित हुने खतरा रहेको भन्दै उहाँले तस्करी नियन्त्रणका लागि मन्त्रायले पहल गरिरहेको जानकारी दिनुभयो । आफ्ना कार्यकर्ताको सुराकीका आधारमा सो स्थानमा छापा मारिएको वताउँदै यादवले यो क्रम जारी रहने जानकारी दिनुभयो ।
Nuk ka komente:
Posto një koment