
" देश भन्नोस चाहे राष्ट्र त्यो भूगोल हैन,त्यो माटो होइन त्यो यथार्थमा जनता हो, जुन कुराले जनताको हित हुन्छ,त्यही कुर देश हितको कुरा हो "। वि,पी, कोइराला
माथिको यो भनाइ मैले कहाँं बाट उद्धिरित गरे त्यो मेरो सम्झनामा छैन यसकारण यो उद्धरण यहाँ उद्धिर्त भएर कसैलाई हानी नोक्सनी भएमा क्षमाप्राथी छु ।मैले यो लेख्नको कारण अहिले हाम्रो मुलुकमा जुन किसिमको राजनैतीक बातावरण छ ,राजनैतीक दलहरुले राष्ट्र प्रति गर्नु पर्ने जुन दायित्व छ ,जुन माटो प्रति उनिहरुको पनि ऋण छ , त्यो बाट अलि प्रिथक भएर आ-आफ्नो पार्टीगत स्वार्थमा अभिप्रेरित भएे जस्तो देखिन्छ । किनकी देशमा जब प्रजातन्त्र आउछ नेताहरु सही बाटो हिडनको लागि खुट्टा कमाएको देखिन्छ । अनि एकापसमा मेल्-मिलाप गरी अगाडी बढेको देखिदैन । ईतिहास बाट पनि यही कुरा पढन पाईन्छ । देशमा जब २००७ सालमा प्रजातन्त्र आयो यही खिचातानिको कारण २०१७ सालमा राजा महेन्द्रले निर्दलिय पञ्चायति व्यवस्थाको सुरुवात गरे दलहरु माथि प्रर्तिबन्ध पनि लगाइयो । अनि २०४६ सालमा जन्-आन्दोलन द्वारा प्रजातन्त्रको पुनबहाली भयो । कांग्रेसको एकामना सरकार बन्यो ,यही खिचातानी अनी पद्लोलुप्ताको कारण २०५१ सालमा मध्यावधि निर्वाचन घोषणा भयो ।यहां बाट दुर्गातिका दिनहरु सुरु हुन लागे । २०५२ माओवादीले स-शास्त्र आन्दोलनको घोषणा गरे । देशमा खासगरी यही समय देखी अस्थिरताको बिजारोपण भयो । यही क्रममा २०५९ सालमा आएर कांग्रेस पनि बिभाजित भयो राजाले सबै सत्ताको बागडोर पनि आफ्नो हातमा लिये । यो समयमा मुलुकमा साह्रैनै संकट थियो ।
जब राजाले शासन आफ्नो हातमा लिये फेरी दलहरु सडकमा ओर्लिये र जनता सँग आफना प्रतिबद्धता जाहेर गरे । हामी पुरानो गल्ती दोर्हाउदैनौ ।हामीलाई साथ दिनुस् भनेर । नेताहरुको आव्हनमा जनताहरुको भेल उर्लियो देशका भिन्न भिन्न गाउँ गाउँ , शहर ,सहर निषेधग्याको पनि वास्ता नगरि १९ दिनको आन्दोलन बाट हरण भएको प्रजातन्त्र फेरी दलहरुको हातमा बुझाईदिएे ।त्यो जनान्दोलन २ नेतालाई मोज्मस्ती गर्नलाई नभै देशमा लोक्तान्त्रिक गणतन्त्र अनि संविधान सभाको निर्वाचनको लागि थियो । जब राजाले शासन आफ्नो हातमा लिय देशमा झन जटिल स्थिती सिर्जना भयो किन भने त्यंहा त्रिकोणात्मक भिडन्त थियो । एक पक्ष सात दल , दोस्रा राजा अनी तेस्रो माओवादी ।
यहाँ के उल्लेख गर्न सकिन्छ भने जब सत्ता आफ्नो हात बाट जान्छ नेताहरु आन्दोलन गर्न कम्मर कस्ने अनि जब सत्ता हातमा आयो छेपारोले पेट पल्टाएर घाम तापेर सुत्ने । सत्ता लिनाको लागि मात्र आन्दोलन गर्नु भएन जब सत्त हातमा आउछ त्यो बेला राजनैतीक दलहरुले गरीब, पीडित ,अशिक्षित ,बेरोजगारी जनतालाई निर्देशित हुने किसिमको कार्यक्रमलाई अगडी बढाउनु पर्यो । जति गन्थन लेखेपनि मुल आसय भनेको संसारमा धेरै सक्त्ती हरु उदाउंछन अनि समयको वहावसंगै परिवर्तन हुँदै जान्छन ,जो समय अनुसार चल्दैनन तिनिहरुको अवसान हुन्छ । यसकारण राजनीतिज्ञानले सधैं देश र जनताको लगी राजनीति गर।
देशमा आहिले यस्तो एतिहासिक समय आएको थियो जुन समय सधैं भरी दशै जस्तो फर्की फर्की आउँदैन ।त्यो थियो मंसिर छ मा निर्धारण गरिएको संविधान सभाको चुनाव । निर्वाचन आयोगले संम्पूर्ण तयारी पुरा गरी सकेको अवस्थामा माओवादीले संविधान सभाको निर्वाचन विथोल्ने गरी सरकार बाट राजि नामा दिएर आँफैले रोपेको विउ फुल्ननै नदिकन निमोठ्यो । यो भन्दा दुर्भाग्यपूर्ण अवस्था के हुन सक्छ देश र जनताको लागि । के सबै तयारी पुरा भईसके पछि चुनाव स्थगन गर्नु बुद्दिमत्ता हो त ?
यही नै नेपाली र नेपालको लागि हितको कुरा हो त ? भाषाण गर्दा कान नै दुख्ने गरी चर्को चर्को आवाजमा जनता अब देशका मालिक भएे जनता नै देशका प्रतिक हुन भन्ने तर कुनै पनि निर्णय गर्ने अधिकार जनतामा नभै राजनैतीक दलमा मात्र हुनु यो बिडम्बना जस्तो देखिन्छ ।
साँच्चै नै दलहरु जनताका मागहरु प्रति उत्तरदायी छन त ?यदि छन भने हाम्रो मुलुक र मुलुकवासिको सबभन्दा ठुलो चाहना शान्ति सँग बस्न पाउनु हो खै त यो चाहना पुरा भयको ? अहिले जनता सोच्न वाध्य भाईरहेका छन साच्चै उनिहरु सार्वभौमसत्तासमपन्न छन त ? जन-आन्दोलनको पसीना र सहिदको रगतले बगेका खोलालाई टेकेर मात्र नेताहरु संसद भित्र छिरेको कुरा बिर्सनु हुँदैन ।यही सहिदको बलिदान्ले गर्दा संसद भित्र गएर चिच्याउने मौका पाउनु भाको छ। यसकारण यो बलिदानको मुल्य नेताहरुले पार्टीगत स्वार्थ भन्दा माथि उठेर चुकाउनु पर्ने देखिन्छ ।
संविधान सभाको निर्वाचन माओवादीको कारण अनिशिचितकालको लागि सारीसकेको छ । अब यो मिती कहिले निर्धारणा हुने हो स्वयं राजनैतीक खेलाडीलाई पनि थाहा छैन । अब त जनतामा पनि राजनैतीक दलहरुप्रतिको अविश्वास बढदै छ। किनभने आजसम्म दलहरुले जनतालाई दिएका कुनै आश्वासनहरु पुरा गराउन सकेका छैनन असारमा सविधान सभाको चुनाव गराउने भने समय अभाव देखाएर मंसिरमा सारे । अनि मंसिरमा हुने भनेको चुनाव पनि माओवादिको आत्मा कमजोरिको कारण र अरु दलहरुप्रतिको अविश्वासको कारणले सर्न पुगेको देखिन्छ । तत्कालिन अवस्थामा जुन सम्झौता भयो मिस्रित निर्वाचन प्रणाली र संविधान सभा पछीको पहिलो बैठक बाट राजसंस्था बारे टुंगो लगाउने भनेर त्यो अवस्थामा नेकपा (एमाले) ले नोट अफ दिसेन्ट लेख्यो निर्वाचन प्रणाली समानुपातिक हुनुपर्दछ भनेर तर नेकपा माओवादी त्यही निर्णयमा मन्जुर भयो । तर पछि आएर समानुपातिक निर्वाचन र संसदबाट नै गणतन्त्र घोषणा हुनु पर्दछ भनेर बिभिन्न मागहरु राखी सरकार बाट नै अलग्गिन खोज्नु माओवादी नेत्रित्वको अपरिपक्वताको छनक मिल्दछ । यहाँ नेर अर्को कुरा के पनि प्रस्ट पार्नु देखिन्छ भने नेकपा माओवादी भन्छ नेपाली कांग्रेसको संघिय लोकतान्त्रिक गणतन्त्र विहारी सैलीको हो आदी आदी । यदि माओवादीनेत्रित्व वर्गले नेपाली कांग्रेसको लोकतान्त्रिक गणतन्त्रलाई विश्वाश गर्दैन भने,महासमिती बाट एकमतले पारीत भाको कुरालाई विश्वाश हुँदैन भने अनि यतिका ६० बर्षा सम्मको इैतिहासिक राजनैतीक पृष्ठभूमी भएको पार्टीले आफ्नो संवैधानिक राजतन्त्रको मान्यतालाई नै छोडेर लोकतान्त्रिक गणतन्त्रमा आएको फैसललाई माओवादीहरुले स्विकार गर्न नसक्नु भनेको उनिहरुको राजनैतीक अपरिपक्वता हो । माओवादीलाई थाहा पनि होला कपाल फुल्दैमा परिपक्व हुँदैन कहिले कांही घामले पनि फुल्दछ ।
अहिले राजनीतिक बातावरण मेघ बर्षन लागेको कालो बादल जस्तो भयको छ । के बर्षा हुने हो थाहा छैन मुसल्धारे पानी अथवा आसिना । एकातिर संबैधानिक संकट अर्को तिर सुरक्षा स्थिती दिनदहाडै पत्रकार अपहरण , बालक अपहरण अनि हत्या , फिरौती , कांहा कुनबेला के हुने हो केही थाहा छैन । अहिले सरकार अथवा राज्य छ वा छैन जनतालाई कुनै प्रत्याभूति छैन । संत्ता संचालन गरेर जनतालाई सुख ,संऋदी, शान्ती , अमनछयन दिनको लागि घुम्ने कुर्चिमा आरमसाथ बसेर देश चलाऊने ठेक्का लिएका राजनीतिज्ञले गर्दा भएको हो । अनि अर्को तर्फ एक गाविस सचिव अनि शिक्षकको हत्या हुन्छ चन्दा नदिएको भरमा के यही हो त ? सरकारले जनतालाई दिएको शान्तिको प्रत्याभूती अनि माओवादिको समावेशी निर्वाचन अनी संघिय गणतन्त्ररामक शासन प्रणाली ।के माओवादी अझै माओत्त्तेसुन्कै युगमा छ। अहिले २१सौं शताब्दिमा अल्पमतको पनि कदर गर्दै अगाडी बढने बेलामा जहाँं आफ्नो बिरुद्धमा आवाज उठछन त्यहां बन्दुकको आवाज बढाउनु अवस्य पनि राम्रो होइन।
खासगरी यो हिन्दूहरुको चाडहरुको समय हो । तर मानिसहरुमा कुनै खुशी उत्साह देखिदैन किनकी कुनै ठाउँको यात्रा गर्न परे पुगिन्छ पुगिदैन कुनै निश्चित छैन , मट्टितेल , पेटरोल , डिजेल ,ग्यास लिन गयो घण्टा लाम बस्नु पर्ने त्यो पनि पाईन्छ भन्ने कुनै ग्यारेणटी छैन ।अहिले त जनता आँफैमा सोध्न वाध्य भएका छन , लोकतन्त्र भनेको यही बन्द, हडताल्,जुलुस नारा, हत्या ,अपहरण हो त ? के राज्यमा अहिले सरकार छ ? कती दिन सम्म आफ्नो स्वार्थ र सत्तामा लिप्त हुनुहुन्छ ।तपांइहरु सत्तामा हुनुहुन्छ , तपाइको राम्रो कर्मले देशले युगान्तकारी फड्को मार्नेछ तपाईंका फोटोहरु श्रद्दाका साथ भित्तामा झुडाउन पाइयोस, सबै नेपाली जनताको भित्ताको कोठा कोठामा होस् ,चोक चोकमा सालीक होउन । त्यस्ता फोटाहरु बनुन जो भित्तामा कुंदेर राख्न मिलोस त्यस्ता सालीक बनुन जो कुनै आनदोलनले पनि भात्काउन नसकोस ।
मनोज के ,सी , बेल्जियम , ब्रुसेल्स