




नेदरल्याण्ड नेपाल एसोसियसन को ४० वर्षपुरा भएको अवसरमा एक कार्यक्रमको आयोजना गरियो । नेदरल्याण्डको हेगमा आयोजित कार्यक्रममा नेपालको हिमालय क्ष्ेात्रका विभिन्न समसामयिक विषय सम्वन्धी फिल्म र संग्रहित महत्वपर्ुण्ा सामाग्री समेतको पर््रदशन गरिएको थियो । जस्को संग्रहकर्ता नेदरल्याण्डका हिमाल आरोही स्की च्याम्पेन र फिल्म मेकर यान वोनले गर्नु भएको थियो ।
कार्यक्रमको सुरुवात एसोसियसनका अध्यक्ष विलियम भान हाटमले स्वातग मन्तव्यवाट गर्नु भएको थियो । दुइ देशको मैत्री सम्वन्धको दिर्ध कामना सहित मैन वत्ती वालेर शुरुवात गरिएको सो कार्यक्रमकमा नेपाल समाज नेदरल्याण्डमा अध्यक्ष डा वाल गोपाल श्रेष्ठले दुइ देशको सम्वन्धको चर्चा गर्नु भयो । कार्यक्रममा नेपालका लागि कान्सुलेट जनरल कास द स्टोपलार ले नेदरल्याण्ड नेपाल एसोसियसनको आगामी कार्यक्रमको वारेमा वताउनु भयो । सो समाहरोमा चन्दा दाता लगायत नेपाल समाज नेदरल्याण्डमा अध्यक्ष डा वाल गोपाल श्रेष्ठलाई नेपालीको तर्फाट विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा फन्ड राइजिन प्रोग्राम अन्तरगत नेपालका विभिन्न सम्रागीहरुको व्रि्री को लागी राखिएको थियो । उठेको रकम नेपालको विभिन्न क्षेत्रको स्वास्थ्य शिक्षा खानेपानी र भौतिक संरचना ममर्त कार्यमा खर्चिने एसोसियसनले जनाएको छ ।
कार्यक्रममा उत्साहीत नेपाली एक अन्य देशका महानुभावहरुको उपस्थिती रहेको थियो ।
Nuk ka komente:
Posto një koment