



नारायण आचार्यको अद्यक्षतामा २७ सदस्यिय कार्यसमितिको गठन गर्दै नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको ब्रिहत भेला आज भब्य रुपमा सम्पन्न भयो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी युरोप काँग्रेस सँयोजक दिल गुरुङ्ले नेपाल अहिले खतरनाक ध्रुबीकरण तर्फ उन्मुख भएकोमा चिन्ता ब्यक्त गर्नु भयो । जातीय क्षेत्रीय र बिखण्डनबादी शक्तिहरुको चलखेलले नेपाललाई युद्द सरदारहरुको भूमी अफ्गानिस्तान को हालतमा पुर्याउन सक्ने भएकोले प्रमुख शक्तिहरु समयमै सचेत हुनु पर्नेमा उहाँले जोड दिनु भयो ।
होल्याण्डका लागि युरोपीयन प्रतिनीधि ईन्द्र क्षेत्रीले नेपाली जनसम्पर्क समितिहरु को बिगत र वर्तमान कोट्याउँदै जनसम्पर्क समितिहरुले सैद्दान्तिक रुपमा मात्र नभै ब्यवहारीक तथा पद्दतिगत रुपमा पनि नेपाली काँग्रेसको अनुशरण गर्नु पर्ने कुरामा जोड दिनु भयो । कर्यक्रमका अर्का वक्ता नेपाली जनसम्पर्क समिति बेल्जियमका भु पु अद्यक्ष गोपाल सापकोटाले नेपाली जनसम्पर्क समिति, काँग्रेसको भार्त्री सँस्था नभै बिदेश ईकाई भएको तथ्यमाथी प्रकाश पार्दै काँग्रेसको ईतिहाँस सँस्क्रिति र परम्परानै जनसम्पर्क समितिको मार्ग निर्देशन हो भन्नु भयो । त्यसै गरि नेपाली जनसम्पर्क समिति(प्रजातान्त्रीक) बेल्जियमका तात्कालीन अद्यक्ष मनोज के सि ले बिकार र बिक्रितिहरु समुल नष्ट गरेर अगादी बढ्नु पर्छ भन्नु भयो ।
नेदरल्याण्ड बाट NRN ICC सदस्य रामबाबु नेपालले आफुले बिगत तीन दशकदेखी राष्ट्रासेवक कर्मचारीको रुपमा कार्यरत रहँदा नेपाली काँग्रेसलाई निकटबाट अनुभव गरेको र काँग्रेस लगायत सबै दलका कार्यकर्ताहरुमा समाजसेवा र मानव उत्थानको भावना भएमा मात्र मुलुकले मुहार फेर्ने कुरा बताउनु भयो । कार्यक्रममा हरी पौडेल, सीता सापकोटा, श्रीराम कँडेल आदिले बिभिन्न विषयमा प्रकाश पार्नु भएको थियो ।
शशी पौडेलको अद्यक्षता र नारायण आचार्यको सञ्चालनमा सम्पन्न सो भेलाले नारायण आचार्यको अद्यक्षतामा, क्रिष्ण अधिकारी,थानेश्वर गौतम,पदम बहादुर क्षेत्री,ठाकुर प्रसाद शर्मा,श्रीराम कँडेल,जीवन बराल,हीरा बहादुर भण्डारी,दिपक रेग्मी,बसन्त पौडेल,सँघर्ष के सि , नारायण आचार्य"पर्वत",कर्मा गुरुङ,ओम कार्की,फणिन्द्र पन्त,प्रवीण श्रेष्ठ,सन्तोष के सि र अजय ढकाल गरि १८ सदस्य रहेको कार्य समिति गठन गर्यो । बाँकी ९ सदस्य को मनोयन र पदाधिकारीहरुको नियुक्ति अद्यक्षबाट हुने गरि भेलाले श्री हरी पौडेल र सारदा वराईलीलाई सल्लाहकार छनौट गरेको छ ।
कर्यक्रमको अन्त्यमा नवनिर्वाचित अद्यक्ष श्री आचार्यले नेपालमा दुई काँग्रेस एक नभए सम्मको लागि नेदरल्याण्डमा जनसम्पर्क समिति गठन नगर्न आफु लगायत होल्याण्डका साथीहरुको अनुरोधलाई स्विकार गरिदिएकोमा होल्याण्ड प्रतिनीधि र युरोप काँग्रेस सँयोजकलाई हार्दिक आभार ब्यक्त गर्दै भेलाको म्याण्डेटलाई पुर्णत: पालन गर्ने प्रतिबद्दता जनाउनु भयो । स्मरणीय छ नेपालमा दुई काँग्रेसको एकिकरण पछी बिदेशमा जनसम्पर्क समिति गठन हुने नेदरल्याण्ड पहिलो देश हो ।
Nuk ka komente:
Posto një koment