e hënë, 5 nëntor 2007

पत्रकार साहको अपहरण गरेको एक घन्टापछि हत्या: माओवादी


नेकपा माओवादीले पत्रकार वीरेन्द्र साहको हत्या आफना कार्यकर्ताबाट भएको स्वीकारेको छ । साहको अपहरण गरेको एक घन्टापछि गोली हानी हत्या गरेको सार्वजनिक गरेको छ। माओवादीद्वारा गठित छानबिन समितिका संयोजक प्रतीकले आज राजधानीमा पत्रकारसम्मेलनको आयोजना गरी यस्तो जानकारी दिनुभएको हो।

माओवादीका तफ'बाट घटनाको छानविन गर्न गठित समितिका संयोजक प्रतिकले हत्यामा संलग्न कार्यकर्ता सर्म्पर्कबाहिर रहेको बताउनुभयो ।

'अपरणपछि हत्या गर्ने हाम्रा तीन कार्यकर्ता हुन्,' प्रतिकले भन्नुभयो,'उनीहरुले जिम्मेवारी लिएपनि हाम्रो सर्म्पर्कबाहिर छन् ।' घटनाका अभियुक्तलाई पक्राउ गरी कारबाही गर्न सरकारलाई सहयोग गर्न तयार रहेको उहांको भनाई थियो । उहांले पाटीको नीतिअनुरुप अपहरण र हत्या नभएको दाबी गर्नुभयो । उहांले प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता जाहेर गर्दै केही व्यक्तिको अपराधलाई सिंगो पाटी'संग गांसेर नहेन' आग्रह गर्नुभयो । उहांले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।

रा'ष्ट्रिय अन्तरा'ष्ट्रिय क्षेत्रमा साहको अवस्था र्सार्वजनिक गर्न दबाब बढ्दै जादा माओवादीले त्यसबारे औपचारिक भनाई र्सार्वजनिक गरेको हो । १७ कात्तिकमा अपहरणकारीले हत्या गरेको खुलासा गरिसकेका छन् । बाराको उम्जन गाविसबाट १८ असोजमा माओवादीबाट अपहरणमा परेका साहको अपहरणकै दिन हत्या भएको थियो ।

अपहणमा संलग्न चार माओवादी कार्यकर्ताहरुले संचारकमीलाई हत्याबारे जानकारी गराएका थिए । भारतको अज्ञात स्थलमा लालबहादुर चौधरी घटनाका आरोपी कुन्दन फौज्दार, हरेराम पटेल र राम एकबाल सहनीले बारा सपही निवासी एक व्यापारीले अह्राएअनुसार अपहरण गरेकै दिन बाराको रतनपुरी जंगलमा कुटपिट गरी खाल्डो खनेर गाडीदिएको स्वीकारेका थिए ।

Nuk ka komente: