

अन्तराष्ट्रिय बिध्यार्थी युनियन - बर्गेन (ISU-Bergen)को आयोजनामा सम्पन्न अन्तराष्ट्रिय फुड फेस्टिभलमा नेपाली परिकार ले त्रितिय स्थान प्राप्त गरेको छ । अक्टोबर २५ तारिकका दिन बर्गेनमा आयोजना गरिएको कार्यक्रममा नेपाल लगायत घाना, स्पेन, फ्रान्स, जर्मनी, जापान र हंगेरीबाट अध्यनका लागी आएका बिध्यार्थीहरुले सभागीता जनाएका थिए । सो कार्यक्रममा फ्रान्स र स्पेनले क्रमश: प्रथम र द्वितिय स्थान प्राप्त गरेका थिए ।
निकै उत्साह प्रद रुपमा सहभागिता रहेको सो कार्यक्रममा नेपाली सहभागीहरुले सेलरोटी, आलुदम र मटन करी बनाएका थिए । सो मिष्ठान्न परिकार तयार गर्नमा हिरा बानियाँ, रीना अर्याल र केशव पौडेलले निकै नै मद्दत गर्नु भएको थियो भने उहाँहरुलाइ सम्पुर्ण नेपालीहरुले आबश्यक सहयोग गर्नु भएको थियो । आफुले मेहनत गरि तयार गरेको परिकार पुरस्क्रित हुदाँ निकै खुशी लागेको हिरा बनियाँ ले बताउनु भयो ।
कार्यक्रम निकै सफलरुपमा सम्पन्न भएकोमा अन्तराष्ट्रिय बिध्यार्थी युनियन - बर्गेनका अध्यक्ष्य श्री नरोत्तम अर्यालले सबैलाइ धन्यबात दिनुभएको थियो । सफल रुपमा सम्पन्न सो कार्यक्रमले आफुहरुलाइ अझ बढी हौसला मिलेको पनि उहाँले बताउनु भयो ।