e diel, 21 tetor 2007

दुतावासको पहलमा वेल्जियममा दशै मनाइयो ।






नेपाली दुतावासको आयोजनामा वेल्जियमको राजधानी वस्रल्समा नेपालीहरुले दशै मनाएका छन । कावा राजदुत अम्वीका लुइटेलले उपस्थित नेपालीहरुलाइ शुभकामना दिनु भएको थियो । कार्यक्रममा राजदुतावास परिवार र वेल्जियममा रहेको नेपाली संघसंस्थाको प्रतिनिधी लगायत नेपालीहरुको उपस्थिती रहेको थियो ।

नेपालवाट टाढा प्रवासको जिवनमा रहेका नेपालीहरुले नेपालमा शान्तीको कामना गर्दै एक आपसमा शुभकामनाको आदनप्रदान गरेका थिए ।आफनो घरवाट टाढा रहदा घरको याद आउने भएता पनि अरु नेपालहरुसंग रहेर दशै मनाउन पाउदा निकै खुशी प्राप्त भएको कार्यक्रममा सहभागी भएकाहरुले नमस्ते युरोप डटकमको प्रतिनिधीहरुलाई वताए।

Nuk ka komente: