e mërkurë, 24 tetor 2007

नेपाल समाज नेदरल्याण्डको आयोजनामा दशै भव्य रुपमा मनाइयो




नेपाल समाज नेदरल्याण्डको आयोजनामा २०६४ सालको दशै तिहार र नेपाल सम्वत ११२८ सम्युक्त रुपमा नेदरल्याण्डको अम्ष्र्टडममा भव्यता पर्ुवक मनाएको समाचार छ । कार्यक्रममा दर्ुगा पुजा पछि सहभागीहरुलाई टिका लगाइएको थियो ।
कार्यक्रमको प्रमुख अथिती नेपाली दुतावास नेदरल्याण्डको कावा राजदुत अम्वीका लुइटेलले दशै र तिहारको शुभकामना व्यक्त गर्नु को साथै नेपाल सम्वतको महत्वको वारेमा चर्चा गर्नु भएको थियो । तेसै गरी सेवा नेर्टवर्क नेदरल्याण्डका निर्देशक Drs. Radj Bhondoe ले शुभकामना व्यक्त गर्दै उक्त सस्थाको कार्य र भविष्यमा नेपालमा गर्ने योजनाको वारेमा वताउनु भएको थियो ।

कार्यक्रमको शुभारम्भ नेपाल समाज नेदरल्याण्डका अध्यक्ष डा . वाल गोपाल श्रेष्ठले स्वागत एव शुभकामना व्यक्त गर्नु भएको थियो भने नेपाल समाज नेदरल्याण्डको उपाध्यक्ष Henk Hooghuis ले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा उल्लेख्य नेपालीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाली खानको साथमा विधाथीहरुद्धारा गठित हिमचुली सागीतिक समुहले आफनो कला प्रदशन गरेको थियो ।

Nuk ka komente: