e shtunë, 31 janar 2009

धुप बनाउने तालिम सम्पन्न‏




धुप बनाउने तालिम सम्पन्न‏


सुरेश श्रेष्ठ

नेवा: जागरण सीप मुलक प्रशिक्षण समिती र एशियाली युवा केन्द्र नेपाल (Ayc Nepal) को संयुक्त आयोजनामा पाटनको लेलेमा धुप बनाउने तालिम सन्पन्न भएको छ /
आफ्नो मन्तब्य दिने क्रममा नेवा: जागरण मन्चका संयोजक सुजिब बज्रचार्यले नेपालको गाउँ गाउँ र बस्ती बस्तिमा यस्तै सीप मुलक तालिमको कार्यक्रम गर्दै जाने मन्चको उद्वेस्य रहेको कुरा बताउनु भएको छ /

मन्चले बिशेष रुपमा हाउस वायरिङ्ग तालिमको सन्चालन गरिरहेको हुनाले त्यसमा पनि सहभागि हुन सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनिहरुलाई अनुरोध गर्नु हुँदै मन्चको सीप मुलक तालिमको सुरुवात सानो भयपनी यसलाई निरन्तरता दिनको लागि सहयोगको पनि इनाप गर्नु भएको छ /

हाउस वायरिङ्ग तालिम प्राप्त दक्ष जनशक्ती चाहिएमा र स्वदेसमै उत्पादित अर्थात लेलेबाट उत्पादन भएको धुप प्रयोग गरी नेपालको घरेलु उध्योगलाई प्रोत्साहन दिन बिस्त्रित जानकारीको लागि saroj_shakya@mail2world.com सरोज शाक्य (9841-451574) सँग संपर्क गर्न हार्दिक अनुरोध गरिएको छ /

e premte, 30 janar 2009

गैह्र आवासीय नेपाली संघ, अल्गार्वको बनभोज कार्यक्रम सम्पन्न


गैह्र आवासीय नेपाली संघ, अल्गार्वको बनभोज कार्यक्रम सम्पन्न

गोपाल पोखरेल

गैह्र आवासीय नेपाली संघ क्षेत्रीय सम्बन्वय परिषद् अल्गार्व, पोर्तुगलले जनवरी २८ का दिन यहाको रमणीय पर्यटकीय स्थल Alte मा बनभोज तथा पुरस्कार बितरण कार्यक्रमको सफलताका साथ सम्पन्न गर्यो | जनवरी २० मा Albufeira मा भएको NRN RCC कप फुटबाल प्रतियोगितामा सहभागी एबं बिजयी खेलाडीहरुलाई प्रमाण पत्र, पदक र कप बितरण गरिएको सो कार्यक्रमको प्रमुख अथिति Junta de freguesia de Alte का president Eugénio Manuael Coelho Guerreiro हुनु हुन्थ्यो भने अन्य बिशिष्ठ अथिति NRN Portugal का अध्यक्ष श्री लक्ष्मी प्रसाद सापकोटा एवं अथिति हरुमा NRN Portugal का उपाध्यक्ष द्वय श्री ओम शर्मा एवं भीम के सी (कमल) हुनुहुन्थियो | NRN Portugal का अध्यक्ष श्री लक्ष्मी प्रसाद सापकोटाले दीप प्रज्वलन गरि उदघाटनगर्नु भएको सो कार्यक्रम मा नेपाली सास्कृतिक, नृत्य, गायन एवं घैटो फुटाउने कार्यक्रम बडो उत्साहपूर्बक सम्पन्न भएको थियो | बिभिन्न स्वादिष्ठ नेपाली एवं पोर्तुगीज परिकारकाहरु रमणीय वातावरणमा सबैले रमाइलो संग भोजन गरेर एक आपसमा आनन्द लिएका थिए | प्रमुख अतिथि श्री Eugénio Manuel Coelho Guerreiro ले चिनो स्वरुप Alte को झंडा, पोस्टर र गाइड बुक तथा NRN RCC अध्यक्ष पूर्ण तिमिल्सिना ले नेपालको चिनो स्वरुप सांस्कृतिक झ्याल आदान प्रदान गर्नु भएको थियो | सो बनभोज कार्यक्रमलाई संबोधन गर्दै President श्री Eugénio Manuel Coelho Guerreiro ले नेपाली समुदायले दिएको आत्मीय सम्मान ले आफूसार्है आभारी भएको र आफूलेनेपाली समुदाय लाई हर सम्भब सहयोग गर्ने बचन बद्धता प्रकट गर्नु भयो | भविष्यमा पनि पुर्तगल र नेपालको सम्बन्ध बिस्तार हुने कार्यक्रम हरु गर्दै जाने र यसबाट एक अर्काको सांस्कृतिक रीतिरिवाज थाहा हुने भएकोले सबैलाई यस्ता कार्यक्रमबाट सकारात्मक प्रभाव पर्ने बिचार व्यक्त गर्नु भयो |




NRN Portugal का अध्यक्ष श्री लक्ष्मी प्रसाद सापकोटा ले पनि पुर्तगलमा रहेका प्रत्येक नेपालीको प्रगतिको लागी NRN ले सामूहिक कार्यक्रम ल्याउने र त्यस्ता कार्यक्रम ले संपूर्ण पुर्तागलवासी नेपालीहरुलाई सहभागी गराउन हर संभव प्रयास गर्ने विचार व्यक्त गर्नु भयो | NRN पुर्तगलका उपाध्यक्ष द्वय ओम शर्माले हामी सबै नेपाली, नेपालका अवैधानिक दूत भएकोले हामी ले गर्ने क्रियाकलापले नेपालको वारेमा प्रत्यक्ष प्रभाव पर्ने भएको हुदा हामी जहां बस्छौ त्यहा सकारात्मक व्यवहार गरे त्यसले नेपाल र नेपालीलाई फाईदा हुने कुरा बताउनु भयो | अर्का उपाध्यक्ष भीम केसीजी ले नेपाल र नेपाली को हितका निमित्त सदैव NRN सक्रय रहने प्रतिबदता जाहेर गर्नुभयो | औपचारिक कार्यक्रमको समापन समारोहलाई संवोधन गर्दै NRN RCC का अध्यक्ष श्री पूर्ण तिमिल्सिना ले पोर्तुगल हाम्रो दोस्रो घर भएको यस देश र यहाका जनता संग भावनात्मक सम्वन्ध विस्तार गरि आर्थिक सामजिक एवं सांस्कृतिक क्षेत्र को विकास गर्न सकिने कुराको प्रकाश पार्दै पोर्तुगल मा नेपाली को संख्या , अवस्था र कार्यक्षेत्र को अवस्थाको वारेमा अवगत गराउदै अध्यागमन को प्रक्रियामा नेपालीलाई सहयोग गर्न Alte का President 0लाई आग्रह गर्दै सबै क्षेत्रमा सक्रिय सहयोग गर्ने साथी भाई हरुलाई विशेष धन्यवाद् का साथ कार्यक्रम बिसर्जन गर्नु भएको थियो | उक्त कार्यकरम सचिव प्रेम परियार ले गर्नु भएको थियो | सो कार्यक्रम को प्रबिधिक ब्यवस्थापन मोहन नेपाल, गोपाल पोखरेल र बिष्णु बास्तोला ले गर्नु भएको थियो | जित तिलिजा ले कलात्मक सलाद सजावट, चित्र पुर्जा, राम पुन, युबा चिदीले स्वादिष्ठ किम्ची, बिजय गुरुंग र नरभूपाल राई ले पुलाऊ र मटन करी , जुमकाजी गुरुंग , लीला कान्वांग सुब्बा, भूम प्रसाद गैर्हे, अशोक श्रेष्ठ,बिष्णु बराल, बिनय गुरुंग, गंगा बहादुर थापा BBQ र कल्पना तुलाधारले आचार तयार एवं योगेश खनाल, चोलाकान्त अर्याल, सुवाष पोखरेल र बुद्धि खडका ले Bar व्यवस्था गर्नु भएको थियो | सो कार्यक्रममा १० थान नेपाली झंडा र ब्यानर मोहन बस्यालले प्रदान गर्नु भएको थियो | कार्यक्रम सफलपार्न लक्ष्मी प्रसाई, सुबर्न भट्टाराई, केदार गजुरेल, बिष्णु प्रसाई र रमा अर्याल ले विशेष भूमिका निर्वाह गरेको कार्यक्रममा ट्रेसी अर्याल, मधु गुरुंग, डोल्मा गुरुंग ले गुन्योचोलिमा नृत्य र रोशनी धौवान्जार, मोहन नेपाल ले सुमधुर गीत गाउनु भएको थियो |

e diel, 25 janar 2009

एन आर एन आल्गार्भ क्षेत्रीय समितीको आयोजनामा बनभोज सम्पन्न




गोपाल पोखरेल-एन आर एन आल्गार्भ क्षेत्रीय समितीको आयोजनामा यही जनवरी २८ तारिकबुधवारका दिन आल्गार्भकै मनोरम स्थल आल्ट( फुन्तो गार्न्दे आल्ट )मा बनभोज तथा जनवरी २० मा सम्पन्न एन आर एन आर सि सि कप फूटबल लिगको बिजयीटिम तथा खेलाडीहरुलाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न हुन गैरहेकोहुँदा सम्पूर्ण पोर्तुगलबासी नेपाली दाजु भाई दिदी बहिनीहरु एबमपत्रकारबंधूहरुलाई उपस्थितीका लागी यस समिती हार्दिक अनुरोध गर्दछ । सोकार्यक्रममा जुनता दि फर्गेसिया आल्टका अध्यक्ष प्रमुख अथितीका रुपमासहभागी हुनु हुने छ । जनवरी २० तरिकमा आल्बुफेराको बेलाभिस्ता स्पोर्टक्लबमा सम्पन्न फूटबलप्रतियोगितामा ३ समुहको प्रतिसपर्दामा यफ सि फिश्टेल , यफ सि अन्नपूर्ण रयफ सि भिलामोरा सहभागी भएका थिए भने सो खेलमा यफ सि फिश्टेल प्रथम यफ सिअन्न्पूर्ण दोस्रो र भिलामोरा तिर्तिय भएका थिए । एन आर एन आल्गार्भकाअध्यक्ष श्री पूर्ण प्रसाद तिमील्सिनाले उद्घघानटन गर्नुभएको फूटबलतुर्नामेन्टको NRN RCC अल्गार्व का सचिव प्रेम परियार ले संचालनगर्नुभएको थियो, रेफ्रीमा सुबास पोखरेल र टिका पाण्डे, लाइन्समेनमाबुद्धी खड्का र बेलकजी गुरुङ हुनुहुन्थ्यो। एन आर एन केन्द्रिय समितीकाउपाध्यक्ष श्री ओम शर्मा सहित सयौ नेपाली तथा विदेसी दर्सकहरुकोउत्सहाजनक उपस्थिती रहेको सो प्रतियोगिताको पहिलो खेलमा आल्बुफेराका दुईटिम यफ सि फिशटेल र यफ सि अन्नपूर्ण क्लबका बिचमा भिडन्त हुँदा यफ सिफिश्टेलले अन्नपूर्णलाई १ का बिरुद्ध ८ गोलले पराजित गरेको थियो भनेदोस्रो खेल यफ सि फिश्टेल र यफ सि भिल्लमोराका बिचमा भयको थियो सो खेलमायफ सि भिलामोरालाई यफ सि फिश्टेलले १ का बिरुद्ध १० गोलको अन्तरलेपराजित गरी प्रथम स्थान हासिल गरेको थियो । तेस्रो खेलमा यफ सि अण्णपूर्णआल्बुफेराले यफ सि भिलामोरालाई ४ का बिरुद् ६ गोलले पराजित गरी दोस्रोस्थान हसिल गरेको थियो भने भिलामोरा तिर्तिय भएको थियो । प्रतियोगीतामाफिश्टेल क्लबका कप्तान नारायण सिंह थापा शहित बिष्णु बास्तोला , शिव थापा,सरोज पुन , तनेन्द्र कुमार थापा , योगेन्द्रे थापा , कृष्ण पुन , झमनचिद्दी , चोला कान्त अर्याल , शिव पाठक। यफ सि अन्न्पूर्णबाट कप्तान खेमगुरुङ शहीत जित तिलिजा , चित्र पुर्जा , प्रल्हाद थापा , सुबर्ण भट्टराइ,दीपक गुरुङ , कुमार गुरुङ , भुवन श्रेष्ठ , थमन काउचा र योगेश शर्मा थिएभने यफ सि भिलामोरा मा कप्तान राम कुमार चौधरी सहित भीस्म चौधरी, राम शरणमहतो, भजन राज गुरुङ, रोशन श्रेष्ठ, बिष्णु बराल, झलक सुबेदी, बिनयगुरुङ, प्रबीन उदास र कर्मा गुरुङ ले खेल्नुभएको थियो । यस् प्रतियोगिता का संयोजक श्री रोशन श्रेष्ठ हुनुहुन्थ्यो साथै उक्तटूर्नामेंट मा शिव थापा ले सबै भन्दा बड़ी ९ गोल गर्नुभएको थियो ।

e premte, 23 janar 2009

नेवा: जागरण मन्च जापानद्वारा हाउस वायरिङ्ग तालिमका लागि एक लाख यान सहयोग‏









नेवा: जागरण मन्च जापानद्वारा हाउस वायरिङ्ग तालिमका लागि एक लाख यान सहयोग‏
कुमार बज्र , तोक्यो /
नेपाल सम्बत ११२९ जनवरी २२ तारेख बिहीवारको दिन ,नेपाल आदिबासी जनजाती महासंघ जापानको प्रथम अधिवेशनको लागि पाल्नु भएका नागरिक समाजका एक अगुवा एवँम एक वरीस्थ ब्यक्तित्व श्री पद्म रत्न तुलाधरज्युको नेवा: जागरण मन्च जापान द्वारा गरिएको बिदाइ समारोहमा
हाउस वायरिङ्ग तालिमको लागि सहयोग स्वरुप मन्चका अध्यक्ष सुनिल कुमार शाक्यले तुलाधरज्युलाई एक लाख जापानी यान (ने. रु .८५,०००) हस्तान्तरन गर्नु भयो /

तुलाधरज्युको जापान बसाइको क्रममा जनजाती भनेको के हो ? नेवा:हरु राजनीति बाट टाढा भाग्न वा भगाउन शाहबंसिय राजा र शासककहरु भुमिका , २४० वर्श अगाडि किर्तिपुर बाशीको नाक काती थानकोतमा नाकको पहाड (न्हाय द्वँ ) थुप्राएको र किर्तिपुर राजाको राजादरबार
भत्काएको ,किर्तिपुरको इतिहाँस अझसम्म पनि नलेखेको घटना , राम्री नेवा: केटी देख्यो भने शासक बर्गले तुरुन्तै उठाएर लाने घटना जसले गर्दा आफ्नो चेलीहरु बचाउन नेवा:कलाकारले आँखी झ्याल बनायो जुन हेर्दामा राम्रो तर बाहिरबाट भित्र नदेखिने र भित्र बाट बाहिर सबै देखिने ,शासक वर्गको यातना सहन नसकी धेरै नेवा:हरु काठमन्दौबाट भागेको कुरा ,शासक वर्गको यातनाले गर्दा नेवा:हरुको जनमानसमा पुलिस भन्योकी धेरै दरलाग्दो राक्षस जस्तो लागेका कारण इत्यदी इत्यादी कुराको जानकारी पाउँदा जापानमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरु लाभन्वित भाएको कुरा शाक्यले बताउनु भयो /
त्यसतै हाउस वायरिङ्ग तालिम लिएको खन्डमा नेपालमै केही मात्रामा रोजगार पाउन सकिने र नेपालमा रोजागार मुलक तालिमको लागि मन्चले जापानमा रोजगार गर्ने नेपालीहरुबाट केही रकम सन्कलन गरी सहयोग स्वरुप नेपाल पठाउने भएको हुनाले उक्त रकम जापानमा काम गर्ने राष्ट्रभक्त मजदुरहरुको रगत पसिना थानी, सकेसम्म सदुपयोग गरी, कम खर्चमा धेरै नेपालीहरुले हाउस वायरिङ्ग तालिम लिन सकोस भन्ने धारणा पनि राख्नु भयो /
आफ्नो मन्तब्य राख्ने क्रममा तुलाधरज्युले ,नेपालको सिप मुलक तालिमको लागि सहयोग जुताउने प्रयत्नमा रहेको मन्चको रचनात्मक कार्यको उत्तरोउत्तर प्रगतिको कामनागर्दै नेपालमा नै सिप भएको खन्डमा कम पारिश्रमको लागि नेपालीहरु बिदेसिनु नेपर्ने कुरा बताउनु भयो /त्यस्तै उहाँको जापान भ्रमणको क्रममा सहयोग गर्नु हुने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनिहरुलाई धन्यवाद दिनु हुँदै यसपाली को जापान भ्रमण पाँचौ पटक भएको र यसपाली जापान मा बस्ने नेपाली हरु सँग सबभन्दा बढी घुलमिल हुनपाएकोले धेरै आनन्दित भएको कुरा बताउनु भयो /

श्री तुलाधरज्युबाट धेरै कुराको ज्ञान लिन पाएको कुरा बताउँदै फेरी फेरी पनि जापान भ्रमण गर्न आउन अनुरोध गर्दै मन्चका कोशाध्यक्ष जनक राज शाक्यले मन्चले गरेको आर्थिक सहयोगको विवरण प्रस्तुत गर्नु भयो /
नेवा:जागरण मन्च जापान , नेपाल सम्बत ११२८ सेप्टेम्बर १३ मा जापान शाखा गठन भई सेप्टेम्बरमा हाउस वायरिङ्ग तालिमको लागि ने। रु ।२५,००० सँयोजक सुजिब बज्रचार्य लाई हस्तान्तरण ,दिसेम्बरमा कोशी बाढि पीडित सहयोगार्थ जापानी यान एक लाख महामहिम राजदुत डा गणेश योन्जन तमाङ ज्युलाई हस्तान्तरण ,जनवरी २२ तारेख आज जापानी यान एकलाख हाउस वायरिङ्ग तालिमको लागि श्री तुलाधरज्युलाई हस्तन्तरण र तुलाधरज्यु जापान भ्रमणको क्रममा मन्चबाट जापानी यान १५०,००० सहयोग गरेको कुराको जानकारी दिनुभयो / साथै मन्चलाई आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनिहरुलाई धन्यवाद दिनु नेपाल हुँदै सरकारको मात्र आशा नराखी आफुले गर्न सक्ने आर्थिक सहयोग गर्न आग्रह पनि गर्नुभयो /

उक्त बिदाइ कार्यक्रममा मन्चका सदस्यहरु ,प्रदिप र सुनिता तम्राकार पाहुनाहरु ,सात वर्शका बालक केन शाक्य र तुलाधरज्युले पनि रोमान्चक गीतहरु गाएर बिदाइ समारोह रोमान्चक बनाइ दिएको थियो /

e martë, 20 janar 2009

नेवा:जागरण मन्च जापानद्वारा नागरिक समाजका बरीस्ठ ब्यक्तित्व श्री तुलाधरज्यु को अभिनन्दन‏







नेवा:जागरण मन्च जापानद्वारा नागरिक समाजका बरीस्ठ ब्यक्तित्व श्री तुलाधरज्यु को अभिनन्दन‏

कुमार बज्र , टोक्यो /
२००९ जनवरी १७ तारेख शनिवारको दिन ,नेपाल आदिबासी जनजाती महासंघ जापानको प्रथम अधिवेशनको लागि पाल्नु भएका मानब अधिकार आन्दोलन ,भाषा आन्दोलन ,आदिबाशी जनजाती आन्दोलन ,नागरिक समाजका एक अगुवा एवँम एक टोक्यो ब्यक्तित्व श्री पद्म रत्न तुलाधरज्युको सम्मानमा नेवा:जागरणमंच जपानले ओकुबो ,तोक्योको के ।बी ।कीचेनको सभा हलमा उहाँको सम्मानमा अभिनन्दन गरिएको छ /

चर्चित ब्यक्तित्व श्री तुलाधरज्युको अभिनन्दन गर्न सकेकोमा आफु र नेवाः जागरण मञ्च जपानका सम्पूर्ण साथिहरु अत्यन्त खुशी भएको कुरा ब्यक्त गर्नुहुँदै, मञ्चका अध्यक्ष सुनिल कुमार शाक्यले, श्री तुलाधरज्यु जस्तै सम्पूर्ण नेपालका नेताहरुले त्याग र तपस्या गर्न सकेमा राष्ट्रको बिकास द्रुत गतीले हुन सक्ने कुरा बताउनु भयो /
त्यस्तै मन्तब्य दिनेक्रममा मञ्चका सल्लाहकार, बहुजाति बिशेषज्ञ एवं मानव अधिकारकर्मि सुवन् वज्राचार्यले लसकुस गर्नु हुँदै, नागरिक समाजका एक अगुवा एवँम एक वरीस्थ ब्यक्तित्व श्री पद्म रत्न तुलाधरज्युको त्याग र तपस्यालाई कहिल्यै बिर्सन नहुने र नेपालका नेताहरुले समस्या परेको बेलामा मात्र उहाँलाई सम्झिने र पछी बिर्सने गरेको कुरा बताउनु भयो /त्यसतै नेपालको भाबी राष्ट्रपतिमा नेपालको शान्ती प्रकृयामा प्रमुख भूमिका खेल्ने श्री तुलाधरज्युलाई बनाउनु पर्ने कुरामा जोड दिनु भयो /

भाषा आन्दोलनमा र मानव अधिकारको लागि ससस्क्त आन्दोलन गर्ने श्री तुलाधर ज्यु को योगदानलाई कहिल्यै बिर्सन नहुने र नेपालमा अब देखि जनमनसको चाड पर्वमा प्रचलित रहेको तिथी को आधारमा चल्ने नेपाल सन्बतलाई व्यबहारमा लागु गर्नु पर्ने कुरा हिरोशिमा विश्वाबिध्यालयका प्राध्यापक डा केशब लाल महर्जनले बताउनु भयो /

नेवा: अन्तरराष्ट्रिय फोरुम जापानका महासचिब एवंम भर्खर मात्र सम्पन्न नेपाल जानजाती महासंघ जापानको महासचिबमा निर्बिरोध नियुक्त हुने डा दिनेश मानन्धरले आफ्नो मन्तब्य दिने क्रममा श्री तुलाधरज्यु लाई जापानमा अभिनन्दन गर्न पाएकोमा ठुलो सौभाग्य महसुस गरेको कुरा बताउनु भयो /

अन्तमा श्री तुलाधर ज्युले आफ्नो दुई शब्द राख्ने क्रममा आफुलाई यस सभामा बोलाएकोमा मन्च लाई धन्यवाद दिनु हुँदै अव बनाउने सन्बिधानमा स्वायत्त राज्य बनाउनै पर्ने र सम्पूर्ण जनजातिहरुलाई आ -आफ्नो आदिभुमिमा अग्राधिकार दिनै पर्ने भन्ने माग राखी नेपाल सरकारलाई सुझाब एवंम दबाब दिन आग्रह गर्नु भयो / स्वायत्त राज्य हुँदैमा राष्ट्र नतुक्रने र सम्पूर्ण राष्ट्रको हितको कार्य केन्द्र सरकारले गर्ने कुरा पनि बताउनु भयो /

उक्त कार्यक्रमको सन्चालन एवंम सभापति मन्चका सल्लहकार सुवर्न बज्रचार्यज्युले गर्नु भएको थियो भने मन्चका कोशाध्यक्ष जनक राज शाक्यले आफ्नो मन्तब्य राख्दै मञ्चका अर्को सल्लहकार केशब लाल श्रेष्ठ द्वारा टोस्ट् गरी नेवा: स्वादिस्त रात्रीभोजको सुभारम्भ गरिएको थियो /

e hënë, 19 janar 2009

e hënë, 12 janar 2009

बेल्जियम ल्होसार पर्व संपन्न










एन आर एन बेल्जियम र कार्यालय उदघाटन समारोह




एन आर एन बेल्जियम र कार्यालय उदघाटन समारोह

purushottam subedi

गत आईतबार ११ जनवरिका दिन बेल्जियमको ब्रसेल्स सहर स्थित एक घरमा गैर आबासिय नेपाली संघ को कार्यालयको उदघाटन प्रकृयागत सम्पन्न भयको छ । प्रमुख अतिथी राजदुत महामहिम प्रवेस हमाल ज्यु बाट बिधिवत रिवन काटेर र इन्टर्नेटमा एन आर एन वेब पेज क्लिक गर्नु भयो र भन्नु भयो एन आर एन बेल्जियमले नेपलमा उत्पादित बस्तुहरु एस संस्था मार्फत बेल्जियममा सप्लायर्स गर्न सकिने कुरा प्रस्ट्याउदै एन आर एन बेल्जियम ले युरोपियन युनियन सग मिलेर नेपालमा ठुला ठुला प्रोजेक्ट भित्र्याउन सकिने कुरा प्रस्ट्याउनु भयो ।

सो उदघाटन समारोहमा एन आर एन बेल्जियमका सदस्यहरु लगायत सयौको संख्यामा अन्य संघ संस्थाका बुद्धिजिवी हरुको उपस्थिती रहेको थियो । कार्यक्रमको पहिलो चरणमा कार्यालय को उदघाटन र मन्तब्य दिने क्रम रह्यो भने दोस्रो चरणमा चिया पान कार्यक्रम संपन्न भयको थियो ।

e martë, 6 janar 2009

बेल्जियममा मन्दिर र स्तुप निर्माणको लागी आम भेलाको तयारी




बेल्जियममा मन्दिर र स्तुप निर्माणको लागी आम भेलाको तयारी
purushottam subedi

बिगत दुई दसक देखी हाल सम्म नेपाल बाट बाहिरियका थुप्रै नेपालीहरुको बेल्जियममा बसोबास रहदै आयता पनि स्थाइ रुपमा बसोबास गर्ने हरुको संख्या भने सन २००४ देखी क्रमिक रुपले बढ्दै गयको छ । झन्डै चार हजार संख्याको हाराहारिमा रहेका नेपालीहरु बेल्जियममा सबैले स्थाइ प्रमाणपत्र प्राप्त गर्न सकिरहेका भने छैनन । तर क्रमस सबै नेपालीहरुले बेल्जियममा स्थाइत्व प्राप्त गर्ने निस्चित जस्तै देखिन्छ । किनकी बेल्जियममा नेपालीहरु स्थाइत्वको लागी नियम संगत निर्धारित क्षेत्र भित्र रहेका छन । सन २००५ पछीका दिनहरुमा परिवारका एकल सदस्यले बेल्जियममा बैधानिकता पाय पस्चात नेपालमा रहेका आफ्ना श्रीमती र छोरा छोरीहरु लाई बेल्जियममा स्थापित गर्न सफल भै सकेका छन । एसका साथ साथै बेल्जियममा नेपाली नवजात शिशुहरुको पनि तिब्र गतिमा ब्रिद्धी भयको छ । ठ्याक्कै एतिनै भनेर भन्न नसके पनि बेल्जियममा हाल सम्म २०० देखी अन्दाजी २५० सम्म नेपाली नवजात सिशुहरुले जन्म लीइ सकेको अनुमान गर्न सकिन्छ । मानिस सामाजिक प्राणी हो र यो आफ्नो समुह भन्दा अलग रहनै सक्दैन ।
मानिस आखिर विश्वको जुन कुनै समाजमा पुगोस तर उसले क्रमस आफ्नो समुह संस्कार र संस्क्रितीको खोजिमा जुट्छ यो स्वभाविक पनि हो । कुनै पनि मानिसको पहिचान भाषा र भेसले गराउदछ । आखिर हामी जहाँ रहे पनि जुन देशको नागरिकता लिय पनि हामी हाम्रो भाषा र संस्क्रिती लाई बिर्सन सक्दैनौ । आफ्नो भाषा र संस्क्रिती छोड्नु आफ्नो पहिचान गुमाउनु हो । हामी एतिका नेपालीहरुको जमात हुँदा हुँदै पनि हामी हाम्रो संस्कार लाई ब्यवस्थित गराउन सकिरहेका छैनौ । बेल्जियममा बिभिन्न जात जाती र भाषा भासीका नेपालीहरु रहेपनी आफ्नो संस्कार र संस्क्रिती बिहिन रहेका छौ । जब एक नेपाली जन्मन्छ उसको बिधिवत बैज्ञानीक तवर बाट न्वारान र नामाकरण गरिन्छ । जुन नामको पहिलो अक्षर बाट ग्रह गोचर हेर्न पनि सजिलो पर्छ । तर बेल्जियमका नेपालीहरुमा नत बिधिवत न्वारान नत ब्रतवन्ध नत विवाह यि तिनै कुराका साथै बिभिन्न चाड बाड मनाउने सबालमा पनि हामी बिचलित अवस्थामै रहेका छौ । किनकी हामिहरुले बेल्जियममा नेपाली संस्कार र यसलाई ब्यवस्थित गर्न निस्चित स्थान प्राप्त गरिसकेका छैनौ । त्यसैले यि यावत कुरा लाई मध्य नजर गर्दै गत बर्ष देखी नै बेल्जियममा नेपालीहरुको समाज र संस्कार लाई निस्चित दिशा दिन एउटा निस्चित स्थानमा बेल्जियममा रहेका सबै नेपाली हरुको पहलमा एकै स्थानमा मन्दिर र स्तुपको स्थापना गर्न अत्यन्त जरुरी देखियकोले एक्काइसौ सताब्दिमा अती सभ्य तरिकाले बिधिवत आफ्नो संस्कार भित्र रहेर रमाउन सकिने भयकोले र सबै नेपालीहरुको मिलिमतोमा सबैको भलाई हुने हुंदा मन्दिर र स्तुप निर्माणका लागि सहमति जुटाउन थुप्रै नेपालीहरुको हस्ताक्षर संकलन समेत भयको अबगत गराउन चाहन्छौ ।
बिभिन्न कारणका बावजुद एस महान कार्य लाई प्रकृयागत अगाडि बढाउन नसकिय पनि हाल आयर रबिन्द्र मान श्रेस्ठको संयोजकत्वमा जनवरी ६ मा लुभेन सहरको भाट स्टाट ८५ मा बसेको एक बैठकले बेल्जियममा हिन्दू मन्दिर तथा बुद्ध स्तुप स्थापनाको लागि आगामी फेब्रुवरि २२ तारिख महाशिवरात्रीको पवन अबसर पारेर लुभेन शहर स्थित ओन्ज हाउसमा एक ब्रिहत भेलाको आयोजना गरेको सहस्र जानकारी गराउदछौ । उक्त अबसरमा बेल्जियमका तमाम नेपालीहरुले खुल्ला हृदयका साथ एस महत्वपूर्ण भेलामा सरीक भै मन्दिर र स्तुप निर्माण समिती गठन गर्न आबस्यक सल्लाह सुझाब र सहयोग पुर्याउन हुन अनुरोध गरिन्छ । भेलाको सुरुआत संख घण्ट साथ भजन गायर उपस्थित सत्जन जनसमुदाय लाई प्रशाद बितरण गरी सभालाई अगाडि बढाइने समेत जानकारी गराउदछौ । साथै बेल्जियमका बिभिन्न संघ संस्थाका सबै पदाधिकारीहरु लगायत तमाम नेपालीहरुलाई आफ्नो अमुल्य समय खर्चेर सुझाब र सयोगको लागि उक्त सनसनी पूर्ण भेलामा उपस्थित भै दिनु हुन बिनम्र अनुरोध गरिन्छ । साथै पुन एक चोटि बेल्जियममा रहेका नेपाली जात जाती भाषा भासीहरुका सबै समुह लाई सो समारोहमा उपस्थिती भै आफ्नो सुझाब र सल्लाह दिनु हुन अनुरोध गरिन्छ ।

नेवा: जागरण मन्च जापानको सहयोगमा काठमाडौंमा हाउसु वायरिङ्ग तालिम सन्चालन






नेवा: जागरण मन्च जापानको सहयोगमा काठमाडौंमा हाउसु वायरिङ्ग तालिम सन्चालन


नेवा: जागरण मन्च सिपमुलक तालिम समितिको आयोजनामा २००८ दिसेम्बर ३० तारेखका दिन जगत सुन्दर ब्वनेकूथीको सभाहलमा निशुल्क हाउसु वायरिङ्ग तालिम सन्चालन गरिएको छ । उक्त कार्यक्रमको उदघातन गर्नु हुँदै मन्चका केन्द्रिय संयोजक सुजिब बज्राचार्यले नेपालीहरुलाई केही मात्रामा भएपनी सिपवान बनाउन एउटा सानो उद्वेस्य लिइ यो कार्यक्रम सन्चालन गरेको कुरा बताउनु भयो । यस कार्यक्रमलाई सन्चालन गर्न बिदेशी भुमिमा बसेपनी नेपालको लागि केही गरौ भन्ने भाबना लिइ अर्थिक सहयोग गर्नु हुने नेवा: जागरण मन्च जापानलाई धन्यवाद दिनु हुँदै यस कार्यक्रमलाई टोल टोल गाउँ गाउँ मा सन्चालन गर्ने उद्वेस्य रहेको हुनाले हाउसु वायरिङ्ग तालिम दिन इछ्हुक स्कुल, ईन्स्टिच्युट, संगठन वा ब्यक्तिहरुले नेवा:जागरण मन्च काठमाडौंमा 9841-451574 संपर्क राख्न अनुरोध गरिएको छ।
त्यस्तै मन्चका सचिब बिजय कृष्ण श्रेष्ठले राज्य बाट युवा वर्गलाई सीपमुलक तालिम दिइ दक्ष जनशक्ती उत्पादन गरी नेपालमै रोजगारको अवस्था स्रीजना गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
मन्तब्य दिने क्रममा प्रशिक्षक राजु महर्जन ,रिशी मास्के र मन्चका केन्द्रिय कोशाध्यक्ष अमृत ताम्राकारले यस्तै सिपमुलक तलिमलाई निरन्तरता दिन सकेमा नेपालमै केही मात्रामा भएपनी रोजगार पाउने कुरा बताउनु भयो ।

उक्त कार्यक्रमको सन्चालन समितिका सदस्य सुर्य बहादुर श्रेष्ठले गर्नु भएको थियो भने सभापतिमा जगत सुन्दर ब्वोनेकुथीका प्रिसिपल माया मानन्धर रहनु भएको थियो ।

सरोज रत्न शाक्य ,काठमाडौं