




नेवा: जागरण मन्च जापानको सहयोगमा काठमाडौंमा हाउसु वायरिङ्ग तालिम सन्चालन
नेवा: जागरण मन्च सिपमुलक तालिम समितिको आयोजनामा २००८ दिसेम्बर ३० तारेखका दिन जगत सुन्दर ब्वनेकूथीको सभाहलमा निशुल्क हाउसु वायरिङ्ग तालिम सन्चालन गरिएको छ । उक्त कार्यक्रमको उदघातन गर्नु हुँदै मन्चका केन्द्रिय संयोजक सुजिब बज्राचार्यले नेपालीहरुलाई केही मात्रामा भएपनी सिपवान बनाउन एउटा सानो उद्वेस्य लिइ यो कार्यक्रम सन्चालन गरेको कुरा बताउनु भयो । यस कार्यक्रमलाई सन्चालन गर्न बिदेशी भुमिमा बसेपनी नेपालको लागि केही गरौ भन्ने भाबना लिइ अर्थिक सहयोग गर्नु हुने नेवा: जागरण मन्च जापानलाई धन्यवाद दिनु हुँदै यस कार्यक्रमलाई टोल टोल गाउँ गाउँ मा सन्चालन गर्ने उद्वेस्य रहेको हुनाले हाउसु वायरिङ्ग तालिम दिन इछ्हुक स्कुल, ईन्स्टिच्युट, संगठन वा ब्यक्तिहरुले नेवा:जागरण मन्च काठमाडौंमा 9841-451574 संपर्क राख्न अनुरोध गरिएको छ।
त्यस्तै मन्चका सचिब बिजय कृष्ण श्रेष्ठले राज्य बाट युवा वर्गलाई सीपमुलक तालिम दिइ दक्ष जनशक्ती उत्पादन गरी नेपालमै रोजगारको अवस्था स्रीजना गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
मन्तब्य दिने क्रममा प्रशिक्षक राजु महर्जन ,रिशी मास्के र मन्चका केन्द्रिय कोशाध्यक्ष अमृत ताम्राकारले यस्तै सिपमुलक तलिमलाई निरन्तरता दिन सकेमा नेपालमै केही मात्रामा भएपनी रोजगार पाउने कुरा बताउनु भयो ।
उक्त कार्यक्रमको सन्चालन समितिका सदस्य सुर्य बहादुर श्रेष्ठले गर्नु भएको थियो भने सभापतिमा जगत सुन्दर ब्वोनेकुथीका प्रिसिपल माया मानन्धर रहनु भएको थियो ।
सरोज रत्न शाक्य ,काठमाडौं
Nuk ka komente:
Posto një koment