e martë, 6 janar 2009

बेल्जियममा मन्दिर र स्तुप निर्माणको लागी आम भेलाको तयारी




बेल्जियममा मन्दिर र स्तुप निर्माणको लागी आम भेलाको तयारी
purushottam subedi

बिगत दुई दसक देखी हाल सम्म नेपाल बाट बाहिरियका थुप्रै नेपालीहरुको बेल्जियममा बसोबास रहदै आयता पनि स्थाइ रुपमा बसोबास गर्ने हरुको संख्या भने सन २००४ देखी क्रमिक रुपले बढ्दै गयको छ । झन्डै चार हजार संख्याको हाराहारिमा रहेका नेपालीहरु बेल्जियममा सबैले स्थाइ प्रमाणपत्र प्राप्त गर्न सकिरहेका भने छैनन । तर क्रमस सबै नेपालीहरुले बेल्जियममा स्थाइत्व प्राप्त गर्ने निस्चित जस्तै देखिन्छ । किनकी बेल्जियममा नेपालीहरु स्थाइत्वको लागी नियम संगत निर्धारित क्षेत्र भित्र रहेका छन । सन २००५ पछीका दिनहरुमा परिवारका एकल सदस्यले बेल्जियममा बैधानिकता पाय पस्चात नेपालमा रहेका आफ्ना श्रीमती र छोरा छोरीहरु लाई बेल्जियममा स्थापित गर्न सफल भै सकेका छन । एसका साथ साथै बेल्जियममा नेपाली नवजात शिशुहरुको पनि तिब्र गतिमा ब्रिद्धी भयको छ । ठ्याक्कै एतिनै भनेर भन्न नसके पनि बेल्जियममा हाल सम्म २०० देखी अन्दाजी २५० सम्म नेपाली नवजात सिशुहरुले जन्म लीइ सकेको अनुमान गर्न सकिन्छ । मानिस सामाजिक प्राणी हो र यो आफ्नो समुह भन्दा अलग रहनै सक्दैन ।
मानिस आखिर विश्वको जुन कुनै समाजमा पुगोस तर उसले क्रमस आफ्नो समुह संस्कार र संस्क्रितीको खोजिमा जुट्छ यो स्वभाविक पनि हो । कुनै पनि मानिसको पहिचान भाषा र भेसले गराउदछ । आखिर हामी जहाँ रहे पनि जुन देशको नागरिकता लिय पनि हामी हाम्रो भाषा र संस्क्रिती लाई बिर्सन सक्दैनौ । आफ्नो भाषा र संस्क्रिती छोड्नु आफ्नो पहिचान गुमाउनु हो । हामी एतिका नेपालीहरुको जमात हुँदा हुँदै पनि हामी हाम्रो संस्कार लाई ब्यवस्थित गराउन सकिरहेका छैनौ । बेल्जियममा बिभिन्न जात जाती र भाषा भासीका नेपालीहरु रहेपनी आफ्नो संस्कार र संस्क्रिती बिहिन रहेका छौ । जब एक नेपाली जन्मन्छ उसको बिधिवत बैज्ञानीक तवर बाट न्वारान र नामाकरण गरिन्छ । जुन नामको पहिलो अक्षर बाट ग्रह गोचर हेर्न पनि सजिलो पर्छ । तर बेल्जियमका नेपालीहरुमा नत बिधिवत न्वारान नत ब्रतवन्ध नत विवाह यि तिनै कुराका साथै बिभिन्न चाड बाड मनाउने सबालमा पनि हामी बिचलित अवस्थामै रहेका छौ । किनकी हामिहरुले बेल्जियममा नेपाली संस्कार र यसलाई ब्यवस्थित गर्न निस्चित स्थान प्राप्त गरिसकेका छैनौ । त्यसैले यि यावत कुरा लाई मध्य नजर गर्दै गत बर्ष देखी नै बेल्जियममा नेपालीहरुको समाज र संस्कार लाई निस्चित दिशा दिन एउटा निस्चित स्थानमा बेल्जियममा रहेका सबै नेपाली हरुको पहलमा एकै स्थानमा मन्दिर र स्तुपको स्थापना गर्न अत्यन्त जरुरी देखियकोले एक्काइसौ सताब्दिमा अती सभ्य तरिकाले बिधिवत आफ्नो संस्कार भित्र रहेर रमाउन सकिने भयकोले र सबै नेपालीहरुको मिलिमतोमा सबैको भलाई हुने हुंदा मन्दिर र स्तुप निर्माणका लागि सहमति जुटाउन थुप्रै नेपालीहरुको हस्ताक्षर संकलन समेत भयको अबगत गराउन चाहन्छौ ।
बिभिन्न कारणका बावजुद एस महान कार्य लाई प्रकृयागत अगाडि बढाउन नसकिय पनि हाल आयर रबिन्द्र मान श्रेस्ठको संयोजकत्वमा जनवरी ६ मा लुभेन सहरको भाट स्टाट ८५ मा बसेको एक बैठकले बेल्जियममा हिन्दू मन्दिर तथा बुद्ध स्तुप स्थापनाको लागि आगामी फेब्रुवरि २२ तारिख महाशिवरात्रीको पवन अबसर पारेर लुभेन शहर स्थित ओन्ज हाउसमा एक ब्रिहत भेलाको आयोजना गरेको सहस्र जानकारी गराउदछौ । उक्त अबसरमा बेल्जियमका तमाम नेपालीहरुले खुल्ला हृदयका साथ एस महत्वपूर्ण भेलामा सरीक भै मन्दिर र स्तुप निर्माण समिती गठन गर्न आबस्यक सल्लाह सुझाब र सहयोग पुर्याउन हुन अनुरोध गरिन्छ । भेलाको सुरुआत संख घण्ट साथ भजन गायर उपस्थित सत्जन जनसमुदाय लाई प्रशाद बितरण गरी सभालाई अगाडि बढाइने समेत जानकारी गराउदछौ । साथै बेल्जियमका बिभिन्न संघ संस्थाका सबै पदाधिकारीहरु लगायत तमाम नेपालीहरुलाई आफ्नो अमुल्य समय खर्चेर सुझाब र सयोगको लागि उक्त सनसनी पूर्ण भेलामा उपस्थित भै दिनु हुन बिनम्र अनुरोध गरिन्छ । साथै पुन एक चोटि बेल्जियममा रहेका नेपाली जात जाती भाषा भासीहरुका सबै समुह लाई सो समारोहमा उपस्थिती भै आफ्नो सुझाब र सल्लाह दिनु हुन अनुरोध गरिन्छ ।

Nuk ka komente: