e hënë, 12 janar 2009

एन आर एन बेल्जियम र कार्यालय उदघाटन समारोह




एन आर एन बेल्जियम र कार्यालय उदघाटन समारोह

purushottam subedi

गत आईतबार ११ जनवरिका दिन बेल्जियमको ब्रसेल्स सहर स्थित एक घरमा गैर आबासिय नेपाली संघ को कार्यालयको उदघाटन प्रकृयागत सम्पन्न भयको छ । प्रमुख अतिथी राजदुत महामहिम प्रवेस हमाल ज्यु बाट बिधिवत रिवन काटेर र इन्टर्नेटमा एन आर एन वेब पेज क्लिक गर्नु भयो र भन्नु भयो एन आर एन बेल्जियमले नेपलमा उत्पादित बस्तुहरु एस संस्था मार्फत बेल्जियममा सप्लायर्स गर्न सकिने कुरा प्रस्ट्याउदै एन आर एन बेल्जियम ले युरोपियन युनियन सग मिलेर नेपालमा ठुला ठुला प्रोजेक्ट भित्र्याउन सकिने कुरा प्रस्ट्याउनु भयो ।

सो उदघाटन समारोहमा एन आर एन बेल्जियमका सदस्यहरु लगायत सयौको संख्यामा अन्य संघ संस्थाका बुद्धिजिवी हरुको उपस्थिती रहेको थियो । कार्यक्रमको पहिलो चरणमा कार्यालय को उदघाटन र मन्तब्य दिने क्रम रह्यो भने दोस्रो चरणमा चिया पान कार्यक्रम संपन्न भयको थियो ।

Nuk ka komente: