e martë, 20 janar 2009

नेवा:जागरण मन्च जापानद्वारा नागरिक समाजका बरीस्ठ ब्यक्तित्व श्री तुलाधरज्यु को अभिनन्दन‏







नेवा:जागरण मन्च जापानद्वारा नागरिक समाजका बरीस्ठ ब्यक्तित्व श्री तुलाधरज्यु को अभिनन्दन‏

कुमार बज्र , टोक्यो /
२००९ जनवरी १७ तारेख शनिवारको दिन ,नेपाल आदिबासी जनजाती महासंघ जापानको प्रथम अधिवेशनको लागि पाल्नु भएका मानब अधिकार आन्दोलन ,भाषा आन्दोलन ,आदिबाशी जनजाती आन्दोलन ,नागरिक समाजका एक अगुवा एवँम एक टोक्यो ब्यक्तित्व श्री पद्म रत्न तुलाधरज्युको सम्मानमा नेवा:जागरणमंच जपानले ओकुबो ,तोक्योको के ।बी ।कीचेनको सभा हलमा उहाँको सम्मानमा अभिनन्दन गरिएको छ /

चर्चित ब्यक्तित्व श्री तुलाधरज्युको अभिनन्दन गर्न सकेकोमा आफु र नेवाः जागरण मञ्च जपानका सम्पूर्ण साथिहरु अत्यन्त खुशी भएको कुरा ब्यक्त गर्नुहुँदै, मञ्चका अध्यक्ष सुनिल कुमार शाक्यले, श्री तुलाधरज्यु जस्तै सम्पूर्ण नेपालका नेताहरुले त्याग र तपस्या गर्न सकेमा राष्ट्रको बिकास द्रुत गतीले हुन सक्ने कुरा बताउनु भयो /
त्यस्तै मन्तब्य दिनेक्रममा मञ्चका सल्लाहकार, बहुजाति बिशेषज्ञ एवं मानव अधिकारकर्मि सुवन् वज्राचार्यले लसकुस गर्नु हुँदै, नागरिक समाजका एक अगुवा एवँम एक वरीस्थ ब्यक्तित्व श्री पद्म रत्न तुलाधरज्युको त्याग र तपस्यालाई कहिल्यै बिर्सन नहुने र नेपालका नेताहरुले समस्या परेको बेलामा मात्र उहाँलाई सम्झिने र पछी बिर्सने गरेको कुरा बताउनु भयो /त्यसतै नेपालको भाबी राष्ट्रपतिमा नेपालको शान्ती प्रकृयामा प्रमुख भूमिका खेल्ने श्री तुलाधरज्युलाई बनाउनु पर्ने कुरामा जोड दिनु भयो /

भाषा आन्दोलनमा र मानव अधिकारको लागि ससस्क्त आन्दोलन गर्ने श्री तुलाधर ज्यु को योगदानलाई कहिल्यै बिर्सन नहुने र नेपालमा अब देखि जनमनसको चाड पर्वमा प्रचलित रहेको तिथी को आधारमा चल्ने नेपाल सन्बतलाई व्यबहारमा लागु गर्नु पर्ने कुरा हिरोशिमा विश्वाबिध्यालयका प्राध्यापक डा केशब लाल महर्जनले बताउनु भयो /

नेवा: अन्तरराष्ट्रिय फोरुम जापानका महासचिब एवंम भर्खर मात्र सम्पन्न नेपाल जानजाती महासंघ जापानको महासचिबमा निर्बिरोध नियुक्त हुने डा दिनेश मानन्धरले आफ्नो मन्तब्य दिने क्रममा श्री तुलाधरज्यु लाई जापानमा अभिनन्दन गर्न पाएकोमा ठुलो सौभाग्य महसुस गरेको कुरा बताउनु भयो /

अन्तमा श्री तुलाधर ज्युले आफ्नो दुई शब्द राख्ने क्रममा आफुलाई यस सभामा बोलाएकोमा मन्च लाई धन्यवाद दिनु हुँदै अव बनाउने सन्बिधानमा स्वायत्त राज्य बनाउनै पर्ने र सम्पूर्ण जनजातिहरुलाई आ -आफ्नो आदिभुमिमा अग्राधिकार दिनै पर्ने भन्ने माग राखी नेपाल सरकारलाई सुझाब एवंम दबाब दिन आग्रह गर्नु भयो / स्वायत्त राज्य हुँदैमा राष्ट्र नतुक्रने र सम्पूर्ण राष्ट्रको हितको कार्य केन्द्र सरकारले गर्ने कुरा पनि बताउनु भयो /

उक्त कार्यक्रमको सन्चालन एवंम सभापति मन्चका सल्लहकार सुवर्न बज्रचार्यज्युले गर्नु भएको थियो भने मन्चका कोशाध्यक्ष जनक राज शाक्यले आफ्नो मन्तब्य राख्दै मञ्चका अर्को सल्लहकार केशब लाल श्रेष्ठ द्वारा टोस्ट् गरी नेवा: स्वादिस्त रात्रीभोजको सुभारम्भ गरिएको थियो /

Nuk ka komente: