
गैह्र आवासीय नेपाली संघ, अल्गार्वको बनभोज कार्यक्रम सम्पन्न
गोपाल पोखरेल
गैह्र आवासीय नेपाली संघ क्षेत्रीय सम्बन्वय परिषद् अल्गार्व, पोर्तुगलले जनवरी २८ का दिन यहाको रमणीय पर्यटकीय स्थल Alte मा बनभोज तथा पुरस्कार बितरण कार्यक्रमको सफलताका साथ सम्पन्न गर्यो | जनवरी २० मा Albufeira मा भएको NRN RCC कप फुटबाल प्रतियोगितामा सहभागी एबं बिजयी खेलाडीहरुलाई प्रमाण पत्र, पदक र कप बितरण गरिएको सो कार्यक्रमको प्रमुख अथिति Junta de freguesia de Alte का president Eugénio Manuael Coelho Guerreiro हुनु हुन्थ्यो भने अन्य बिशिष्ठ अथिति NRN Portugal का अध्यक्ष श्री लक्ष्मी प्रसाद सापकोटा एवं अथिति हरुमा NRN Portugal का उपाध्यक्ष द्वय श्री ओम शर्मा एवं भीम के सी (कमल) हुनुहुन्थियो | NRN Portugal का अध्यक्ष श्री लक्ष्मी प्रसाद सापकोटाले दीप प्रज्वलन गरि उदघाटनगर्नु भएको सो कार्यक्रम मा नेपाली सास्कृतिक, नृत्य, गायन एवं घैटो फुटाउने कार्यक्रम बडो उत्साहपूर्बक सम्पन्न भएको थियो | बिभिन्न स्वादिष्ठ नेपाली एवं पोर्तुगीज परिकारकाहरु रमणीय वातावरणमा सबैले रमाइलो संग भोजन गरेर एक आपसमा आनन्द लिएका थिए | प्रमुख अतिथि श्री Eugénio Manuel Coelho Guerreiro ले चिनो स्वरुप Alte को झंडा, पोस्टर र गाइड बुक तथा NRN RCC अध्यक्ष पूर्ण तिमिल्सिना ले नेपालको चिनो स्वरुप सांस्कृतिक झ्याल आदान प्रदान गर्नु भएको थियो | सो बनभोज कार्यक्रमलाई संबोधन गर्दै President श्री Eugénio Manuel Coelho Guerreiro ले नेपाली समुदायले दिएको आत्मीय सम्मान ले आफूसार्है आभारी भएको र आफूलेनेपाली समुदाय लाई हर सम्भब सहयोग गर्ने बचन बद्धता प्रकट गर्नु भयो | भविष्यमा पनि पुर्तगल र नेपालको सम्बन्ध बिस्तार हुने कार्यक्रम हरु गर्दै जाने र यसबाट एक अर्काको सांस्कृतिक रीतिरिवाज थाहा हुने भएकोले सबैलाई यस्ता कार्यक्रमबाट सकारात्मक प्रभाव पर्ने बिचार व्यक्त गर्नु भयो |
NRN Portugal का अध्यक्ष श्री लक्ष्मी प्रसाद सापकोटा ले पनि पुर्तगलमा रहेका प्रत्येक नेपालीको प्रगतिको लागी NRN ले सामूहिक कार्यक्रम ल्याउने र त्यस्ता कार्यक्रम ले संपूर्ण पुर्तागलवासी नेपालीहरुलाई सहभागी गराउन हर संभव प्रयास गर्ने विचार व्यक्त गर्नु भयो | NRN पुर्तगलका उपाध्यक्ष द्वय ओम शर्माले हामी सबै नेपाली, नेपालका अवैधानिक दूत भएकोले हामी ले गर्ने क्रियाकलापले नेपालको वारेमा प्रत्यक्ष प्रभाव पर्ने भएको हुदा हामी जहां बस्छौ त्यहा सकारात्मक व्यवहार गरे त्यसले नेपाल र नेपालीलाई फाईदा हुने कुरा बताउनु भयो | अर्का उपाध्यक्ष भीम केसीजी ले नेपाल र नेपाली को हितका निमित्त सदैव NRN सक्रय रहने प्रतिबदता जाहेर गर्नुभयो | औपचारिक कार्यक्रमको समापन समारोहलाई संवोधन गर्दै NRN RCC का अध्यक्ष श्री पूर्ण तिमिल्सिना ले पोर्तुगल हाम्रो दोस्रो घर भएको यस देश र यहाका जनता संग भावनात्मक सम्वन्ध विस्तार गरि आर्थिक सामजिक एवं सांस्कृतिक क्षेत्र को विकास गर्न सकिने कुराको प्रकाश पार्दै पोर्तुगल मा नेपाली को संख्या , अवस्था र कार्यक्षेत्र को अवस्थाको वारेमा अवगत गराउदै अध्यागमन को प्रक्रियामा नेपालीलाई सहयोग गर्न Alte का President 0लाई आग्रह गर्दै सबै क्षेत्रमा सक्रिय सहयोग गर्ने साथी भाई हरुलाई विशेष धन्यवाद् का साथ कार्यक्रम बिसर्जन गर्नु भएको थियो | उक्त कार्यकरम सचिव प्रेम परियार ले गर्नु भएको थियो | सो कार्यक्रम को प्रबिधिक ब्यवस्थापन मोहन नेपाल, गोपाल पोखरेल र बिष्णु बास्तोला ले गर्नु भएको थियो | जित तिलिजा ले कलात्मक सलाद सजावट, चित्र पुर्जा, राम पुन, युबा चिदीले स्वादिष्ठ किम्ची, बिजय गुरुंग र नरभूपाल राई ले पुलाऊ र मटन करी , जुमकाजी गुरुंग , लीला कान्वांग सुब्बा, भूम प्रसाद गैर्हे, अशोक श्रेष्ठ,बिष्णु बराल, बिनय गुरुंग, गंगा बहादुर थापा BBQ र कल्पना तुलाधारले आचार तयार एवं योगेश खनाल, चोलाकान्त अर्याल, सुवाष पोखरेल र बुद्धि खडका ले Bar व्यवस्था गर्नु भएको थियो | सो कार्यक्रममा १० थान नेपाली झंडा र ब्यानर मोहन बस्यालले प्रदान गर्नु भएको थियो | कार्यक्रम सफलपार्न लक्ष्मी प्रसाई, सुबर्न भट्टाराई, केदार गजुरेल, बिष्णु प्रसाई र रमा अर्याल ले विशेष भूमिका निर्वाह गरेको कार्यक्रममा ट्रेसी अर्याल, मधु गुरुंग, डोल्मा गुरुंग ले गुन्योचोलिमा नृत्य र रोशनी धौवान्जार, मोहन नेपाल ले सुमधुर गीत गाउनु भएको थियो |
Nuk ka komente:
Posto një koment