e diel, 25 janar 2009

एन आर एन आल्गार्भ क्षेत्रीय समितीको आयोजनामा बनभोज सम्पन्न




गोपाल पोखरेल-एन आर एन आल्गार्भ क्षेत्रीय समितीको आयोजनामा यही जनवरी २८ तारिकबुधवारका दिन आल्गार्भकै मनोरम स्थल आल्ट( फुन्तो गार्न्दे आल्ट )मा बनभोज तथा जनवरी २० मा सम्पन्न एन आर एन आर सि सि कप फूटबल लिगको बिजयीटिम तथा खेलाडीहरुलाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न हुन गैरहेकोहुँदा सम्पूर्ण पोर्तुगलबासी नेपाली दाजु भाई दिदी बहिनीहरु एबमपत्रकारबंधूहरुलाई उपस्थितीका लागी यस समिती हार्दिक अनुरोध गर्दछ । सोकार्यक्रममा जुनता दि फर्गेसिया आल्टका अध्यक्ष प्रमुख अथितीका रुपमासहभागी हुनु हुने छ । जनवरी २० तरिकमा आल्बुफेराको बेलाभिस्ता स्पोर्टक्लबमा सम्पन्न फूटबलप्रतियोगितामा ३ समुहको प्रतिसपर्दामा यफ सि फिश्टेल , यफ सि अन्नपूर्ण रयफ सि भिलामोरा सहभागी भएका थिए भने सो खेलमा यफ सि फिश्टेल प्रथम यफ सिअन्न्पूर्ण दोस्रो र भिलामोरा तिर्तिय भएका थिए । एन आर एन आल्गार्भकाअध्यक्ष श्री पूर्ण प्रसाद तिमील्सिनाले उद्घघानटन गर्नुभएको फूटबलतुर्नामेन्टको NRN RCC अल्गार्व का सचिव प्रेम परियार ले संचालनगर्नुभएको थियो, रेफ्रीमा सुबास पोखरेल र टिका पाण्डे, लाइन्समेनमाबुद्धी खड्का र बेलकजी गुरुङ हुनुहुन्थ्यो। एन आर एन केन्द्रिय समितीकाउपाध्यक्ष श्री ओम शर्मा सहित सयौ नेपाली तथा विदेसी दर्सकहरुकोउत्सहाजनक उपस्थिती रहेको सो प्रतियोगिताको पहिलो खेलमा आल्बुफेराका दुईटिम यफ सि फिशटेल र यफ सि अन्नपूर्ण क्लबका बिचमा भिडन्त हुँदा यफ सिफिश्टेलले अन्नपूर्णलाई १ का बिरुद्ध ८ गोलले पराजित गरेको थियो भनेदोस्रो खेल यफ सि फिश्टेल र यफ सि भिल्लमोराका बिचमा भयको थियो सो खेलमायफ सि भिलामोरालाई यफ सि फिश्टेलले १ का बिरुद्ध १० गोलको अन्तरलेपराजित गरी प्रथम स्थान हासिल गरेको थियो । तेस्रो खेलमा यफ सि अण्णपूर्णआल्बुफेराले यफ सि भिलामोरालाई ४ का बिरुद् ६ गोलले पराजित गरी दोस्रोस्थान हसिल गरेको थियो भने भिलामोरा तिर्तिय भएको थियो । प्रतियोगीतामाफिश्टेल क्लबका कप्तान नारायण सिंह थापा शहित बिष्णु बास्तोला , शिव थापा,सरोज पुन , तनेन्द्र कुमार थापा , योगेन्द्रे थापा , कृष्ण पुन , झमनचिद्दी , चोला कान्त अर्याल , शिव पाठक। यफ सि अन्न्पूर्णबाट कप्तान खेमगुरुङ शहीत जित तिलिजा , चित्र पुर्जा , प्रल्हाद थापा , सुबर्ण भट्टराइ,दीपक गुरुङ , कुमार गुरुङ , भुवन श्रेष्ठ , थमन काउचा र योगेश शर्मा थिएभने यफ सि भिलामोरा मा कप्तान राम कुमार चौधरी सहित भीस्म चौधरी, राम शरणमहतो, भजन राज गुरुङ, रोशन श्रेष्ठ, बिष्णु बराल, झलक सुबेदी, बिनयगुरुङ, प्रबीन उदास र कर्मा गुरुङ ले खेल्नुभएको थियो । यस् प्रतियोगिता का संयोजक श्री रोशन श्रेष्ठ हुनुहुन्थ्यो साथै उक्तटूर्नामेंट मा शिव थापा ले सबै भन्दा बड़ी ९ गोल गर्नुभएको थियो ।

Nuk ka komente: