

राजधानीको बालाजुमा एक माइक्रोबसमा शक्तिशाली बम विष्फोटमा दुई जनाको मृत्यु भएको छ। विष्फोटमा परी एक दर्जन घाइते भएका छन्। आइतबार अपराह्न सहिदगेटबाट नयाँ बसपार्कतर्फ गइरहेको बा २ ख ४८८ नम्बरको माइक्रोबसमा विष्फोट हुदा बसमा सवार १२ जना घाइते भएका छन्।
घाइतेहरू सबैको खुट्टा नभएको जनाइएको छ। आइतबार अपराह्न सवा चार बजे राजधानीका बालाजु, त्रिपुरेश्वर, सहिदगेटलगायतका स्थानमा बम विष्फोट भएको थियो।
विष्फोटपछि राजधानीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। विष्फोटको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन। प्रहरीले अहिलेसम्म कसैलाई पनि नपक्रिएको जनाएको छ ।
विवरणः
सुन्धराको बेबीलोन डिस्को छेउमा बम बिष्फोटन हुँदा र्घाईतेहरुः
१) चतुरे नेपाली नेपाली सेनाको सिपाही
बालाजुको औद्योगिक क्षेत्र अगाडी नं. नखुलेको माईक्रोमा बम बिफोटन हुदा घाईतेहरु :
-१) रामकृष्ण सुनुवार बर्ष२७ नुवाकोट
-२) लक्ष्मण ठकुरी चितवन
-३) बालकृष्ण थापा नयाँबानेश्वर
-४) राज कुमार आचार्य माछापोखरी
-५) सुशिला कार्की बालाजु
-६) प्रदिप के.सी. नुवाकोट चिसापानी
-७) नाम नखुलेको बच्ची
-८) रामजी पन्त
-९) भगवती भण्डारी
-१०) सिता आचार्य बर्ष३५ चावहिल
-११) ज्ञानेन्द्र वाईवा बर्ष३० धादिङ्ग
-१२) सुष्मा थापा बर्ष४० धादिङ्ग
-१३) नाम थर नखुलको बर्ष४० की महिलाको मृत्यु
त्रिपुरेश्वरको बस स्टेण्डमा बा १ ख ५९८३ नं. को बसमा बम बिष्फोटन हुँदा भएका र्घाईतेहरु ः
-१) सबि शाह बर्ष३० थानकोट
-२) चन्द्र प्रसाद गुरुङ्ग बर्ष१२ कुलेश्वर
-३) सविक खत्री बर्ष१२ टेकु
-४) नाम नखुलको बर्ष२० को महिला मृत्यु
-५) रुद्र ढ′ंङ्गेल बर्ष१२ सोल्टीमोड
-६) सन्ध्या खड्का बर्ष२५ थानकोट
-७) बसन्त चौधरी बर्ष१६ ठमेल
-८) मिु बि.क. बर्ष५० कालिमाटी
फोटो अनलाइनखबर