




काठमाण्डौमा सम्पन्न हुन गैरहेका 3rd NRN Global Conference को पर्ूव सन्ध्या तथा एन.आर.एन. दिवशको उपलक्षमा एन.आर.एन बेल्जियमको आयोजना गरिएको एन.आर.एन.रनिङ्ग शिल्ड भलिवल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बेल्जियमका ८ टिमको सहभागीता रहेको थियो। जस अनुसार तमु समाज बेल्जियम , विश्व मगर संघ बेल्जियम , फ्रिटु चिकेन अवे , नव जागरण युबा परिवार , द हिमालयन सोसाइटी बेल्जियम, म्याग्देली समाज , थकाली सेवा समाज ,हिमालअयन रेस्टुरेन्टले भाग लिएको थियो ।
प्रतियोगितामा प्रथम थकाली सेवा समाज भएर रनिग सिल्ड हात परेको छ भने दोस्रा विश्व मगर संघ बेल्जियम भएको छ ।
कार्यक्रममा बेल्जियम स्थित संघ संस्थाका प्रतिनिधि तथा नेपालीहरुको उपस्थिती रहेको थियो ।
यस् सम्बन्धी भिडियो हामी छिट्टै अपलोड गर्ने छौ।
Nuk ka komente:
Posto një koment