e enjte, 27 shtator 2007

बेल्जियममा सर्ुदर्शन बानियाको अन्त्यष्टि सम्पन्न


नेपाली परिबार बेल्जियमको पहलमा बेल्जियमबासी नेपालीहरुको ब्यापक उपस्थितिमा यही सेप्टेम्बर २५ तारिकका दिन एण्टवर्ेपेनकोर् इकरेन शिबिरमा असमायिक निधन हुनुभएका सर्ुदर्शन बानियाको बेल्जियममा अन्त्यष्टि कार्यक्रम सम्पन्न भएको छ ।

बिहान ९ः०० बजे देखि १०ः०० बजे सम्म हिन्दू परम्परा अनुसार कर्मकाण्ड गरी उपस्थित नेपालीहरुले मृतकको पार्थिब शरिरमा पुष्पार्पण सहित श्रद्धान्जली अर्पण गरेका थिए । बिहान १०ः३० बजे देखी १२ः३० बजे सम्म उहांको शबको अन्त्यष्टि गरियो ।

बेल्जिमको एण्टवर्ेपेन स्थीत नेपाल-बेल्जियम सांस्कृतिक समाजको हलमा दिउसो २ः३० बजे नेपाली परिबार, बेल्जियमले राखेको श्रद्धान्जलि कार्यक्रममा उपस्थित नेपालीहरुको भेलाले मृतकको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण सहित हार्दिक श्रद्धान्जली अर्पण गरिएको थियो भने मृतकको अस्तु नेपाल पठाउनका लागि मृतकका बेल्जियमका आफन्त श्री दर्ुगा प्रसाद घिमिरेलाई नेपाली परिबार, बेल्जियमका संयोजक श्री बालेन्द्र गुरुङ्गले हस्तान्तरण गर्नु भयो ।

नेपाली परिबार बेल्जियमले उक्त अन्त्यष्टि कार्यलाई सफल पुर्‍याउन आ-आङ्खनो क्षेत्रबाट सहयोग गर्ने नेपाली दूताबास लगायत सम्पुर्ुण्ा नेपालीहरुलाई हार्दिक धन्यबाद दिंदै आभार ब्यक्त गरेको छ ।

साथै मृतकको परिबारको सहयोगार्थ आर्थिक सहयोग संकलन गर्ने कार्यक्रम रहेको हंुदा उक्त अभियानमा यथाशक्य सहयोग गर्न सम्पर्ुण्ा नेपालीहरुलाई हार्दिक आव्हान समेत गरेको छ ।

Nuk ka komente: