संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने क्रममा बेल्जियम आइ पुग्नु भएको परराष्ट्मन्त्री सहना प्रधान भेटघाट कार्यक्रममा ब्यस्त रहनु भयो ।
परराष्ट्मन्त्री प्रधानले बेल्जियमका बिदेश मन्त्री क्यरोल गुष्ट र इयु का बह्य सम्बन्धी आयुक्त बेनिटा सँग छुट्टाछुट्टै भेटबार्ता गर्नु भएको थियो । छलफलमा नेपालको बर्तमान राजनैतिक अबस्थाको बारेमा कुरा भएको श्रोतले बतायो।
यसै गरी मन्त्री प्रधानले फ्रेन्डस् अफ नेपाल को एक कार्यकमका बिच शुभारम्भ गर्नु भयो ।निला गिलको पहलमा स्थापना भएको फ्रेन्डस् अफ नेपालले नेपाल र नेपालीको लागी बिभिन्न क्षेत्रमा सहयोग गर्ने बताएको छ ।
२० तारिख बिहिबार ी ने क पा ए मा ले बेल्जियम कमिटी द्वारा आयोजित कार्यक्रममा सहभागी हुनुहुने जानकारी प्राप्त भएको छ। युरोप भ्रमणकै क्रममा मन्त्री प्रधानले नेदरल्याण्डस्थित कन्सुलेट अफिसद्वारा आयोजित विभिन्न कार्यक्रममा समेत सहभागी हुनुहुने छ।
परराष्ट्मन्त्री प्रधानको सम्मानमा बेल्जियम स्थित नेपाली दुताबासले एक कार्यक्रमको आयोजना गरेको थियो ।सो कार्यक्रममा नेपाली दुताबास बेल्जियमको तर्फबाट का बा राजदुत अम्बिका लुइटेलले मन्त्री प्रधान लगायतको टोलीलाइ स्वागत गर्नु भएको थियो । कार्यक्रममा नेपाली दुतावास बेल्जियमका प्रथम सचिव दुर्गा भण्डारी ,दुताबासका अन्य सदश्यहरु , बेल्जियम स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत बेल्जियम बसोबस गर्ने नेपालीहरुको उपस्थिती रहेको थियो ।
बेल्जियम भमण सकी उहा न्यूयोर्क प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ।
Nuk ka komente:
Posto një koment