






यही सेप्टेम्बर २० तारिक बेलुका बेल्जियमको एण्टवर्ेपेन शहरमा नेपाली क्रान्तिकै गौरबमय प्रेरणाकी प्रतीक बरिष्ठ नेतृ, नेकपा-एमाले) स्थायी कमिटि सदस्य तथा बर्तमान नेपाल सरकारको परराष्ट मन्त्रि कमरेड साहना प्रधानको प्रमुख आतिथ्यमा नेकपा-एमाले), बेल्जियम कमिटिले कार्यकर्ता भेला आयोजना गरेको थियो ।
नेकपा-एमाले), बेल्जियम कमिटिका सचिब क० सरस्वति चापागाईको सभापतित्वमा र क० तुलशी नाथ सुबेदीले संचालन गर्नु भएको उक्त कार्यक्रममा बरिष्ट नेतृ साहना प्रधानले नेपालको बर्तमान अबस्था र नेकपा-एमाले)ले खेल्दै आएको भूूमिकाको बारेमा सारगर्भित सम्बोधन गर्नुभएको थियो । नेपाली जनताको क्रान्तिकारी महान जनआन्दोलन दोश्रोको जनादेश र युगले दिएकोे संबिधान सभा मार्फ लोकतान्त्रिक गणतन्त्र स्थापनाको महान जिम्मेवारीबाट माओबादी जस्तो पाटी पन्छिन नसक्ने र साथै जब नेपाली धर्तिबाट सदाको लागि बिदा गर्ने समयमा आएर राजतन्त्र बचाउनका लागि संबिधान सभाको निर्बाचन बिथोल्ने जस्तो गम्भिर आत्माघाति तथा जघन्य अपराध नगर्ने बताउदै माओबादीले आङ्खनो बचकना ब्यवहारलाई सुधारेर तत्काल सरकारमा र्फकने बिश्वास ब्यक्त गर्नु भयो र साथै संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि मंसिर ६ मा हुने संविधान सभाको निर्बाचनमा सबै लोकतान्त्रिक शक्तिहरु एकढिक्का भएर जाने सबालमा कुनै शंका नभएको बेल्जियमबासी नेकपा-एमाले) कर्यकर्ताहरुलाई आश्वस्त पार्नु भयो ।
बेल्जियमको पहिलो नवनिर्बाचित नेकपा-एमाले)महिला पार्टर्ीीकृयदललाई शुभकामना दिंदै आङ्खनो मातृभूमिबाट यति टाढा रहेर पनि संगठितढंगले नेपाल राष्ट र नेपाली क्रान्तिको प्रतिको लगाव र सक्रृयताप्रति खुशि ब्यक्त गर्नु भयो । नेकपा-एमाले) बेल्जियम कमिटिकी सचिब क० सरस्वति चापागाईले हस्तान्तरण गर्नुभएको "नेपाली भएको प्रमाण बिना नै बेल्जियम सरकारले गैरकानूनि तवरले गरिरहेको नेपाल सपर्ुदगि तत्काल रोक्न र बेल्जियममा बस्ने नेपालीहरुको जन्म, बिवाहा तथा मृत्यु दर्ता लगाएत आबश्यक कानूनि कार्यहरु बेल्जियम स्थीत नेपाली दूताबास मार्फ गर्न सकिने ब्यवस्था मिलाउन" गरिएको अनुरोध सहितको ध्यानाकर्षा पत्रको जवाफमा उहांले आङ्खनो मन्त्रालयबाट हुन सक्ने र आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
उक्त सभामा अतिथि नेकपा-एमाले) काठमाण्डौ जिल्ला कमिटि सदस्य तथा परराष्ट मन्त्रिको स्वकीय सचिब क० सागर नेपालले नेकपा-एमाले) बेल्जियम कमिटिले राखेको कार्यकर्ता भेलाको प्रसंशा गर्दै नेपाली जनताको एकमात्र क्रान्तिकारी पार्टर्ीीेकपा-एमाले) एउटा आन्दोलन भएकोले युरोपबाट अझ सशक्तढंगले आन्दोलनमय हुने अपेक्षा राख्दै हार्दिक धन्यबाद ज्ञापन गर्नु भयो ।
नेकपा-एमाले) बेल्जियम कमिटिकी सचिब क० सरस्वति चापागाईले नेकपा-एमाले)ले सिलिगुडी, दिल्ली देखि १२ बंुंदे हंुदै शान्तिमार्गमा ब्रि्रोही माओबादीलाई ल्याउन खेलेको प्रशंसनीय ऐतिहासिक भूमिकाको चर्चा गर्दै नेपाली जनताको बोझको रुपमा रहेको सामन्ति सिनो राजतन्त्रको समुल नष्टको छिनोफानो गर्ने अन्तिम संघारमा आएको बेलामा नेकपा-माओबादी) सरकारबाट बाहिरिनाले संबिधान सभा जस्तो नेपाली जनतालाई युगले दिएको स्वणिर्म अबसर गुम्ने र राजतन्त्रलाई जोगाउने गम्भिर खतराबाट राष्टलाई मुक्त गर्न बर्तमान आठ दल र आठ दलीय गठबन्धनको सरकारलाई एकढिक्का बनाएर मंसिर ६ को संविधान सभाको निर्बाचनलाई ग्यारेण्टी गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली जनताको एकमात्र भरोसाको पार्टर्ीीेकपा-एमाले)ले जुनसुकै मुल्य पनि चुकाउन पछि पर्ने छैन भन्नेमा बेल्जियम बासी नेकप-एमाले)का कार्यकर्ताहरु बिस्वश्त रहेको बताउनु भयो ।
नेकपा-एमाले),बेल्जियम कमिटिका संस्थापक सचिब तथा नेपाली लोकतान्त्रिक मञ्च -एन०डि०एफ०), बेल्जियमका संस्थापक अध्यक्ष क० कृष्ण खतिवडाले नेपाली क्रान्तिकै गौरवमय जिंउदोर् इतिहास, नेपाली कम्युनिष्ट आन्दोलनको बरिष्ठ नेतृ, नेकपा-एमाले) स्थायी कमिटि सदस्य तथा बर्तमान लोकतान्त्रिक नेपाल सरकारको परराष्ट मन्त्रि क० साहाना प्रधानले आङ्खनो अत्ति ब्यस्तताको बाबजुद पनि समय दिएर गर्नुभएको शम्बोधनले नेकपा-एमाले)का कार्यकर्ताहरुलाई नेपाली क्रान्तिको पक्षमा बेल्जियमबाट अझ सशक्त ढंगले लाग्न प्रेरणा र प्रोत्साहन मिलेको बताउदैं उहांप्रति हार्दिक आभार तथा धन्यबाद प्रकट गर्नुभयो र साथै नव निर्बाचित नेकपा-एमाले) महिला पार्टर्ीीकृय दल, बेल्जियमका नवनिर्बाचित समितिलाई हार्दिक बधाई दिंदै कार्यकाल पर्ुण्ा सफलताको कामना गर्नु भयो ।
Nuk ka komente:
Posto një koment