
भर्खरै मात्र सन्पन्न एन आर एन वेल्जियमको अधिवेशनमा पुर्ब अध्यक्ष युवराज गुरुगले कार्यसमिती को विधठन गरेको र निर्वाचित नया कार्य समितीले सम्पर्ुण्ा अधिकार आफनो जिम्मा लिएको समाचार प्राप्त भएको थियो । नया कार्य समितीका सम्पर्ुण्ा सदस्य हरुलाई नमस्ते युरोप परिवार हार्दिक वधाई दिन चाहन्छौ । साथै उहा हरुको कार्यकालमा एन आर एन वेल्जियमले विसुद्ध प्रवासमा रहने नेपालीको हक हितमा आवाज उठाउन सफल रहोस ।
यदापी एन आर एन वेल्जियमको विधानमा धेरै त्रुटी देखिएको छ । हामीले यहा विघठनको परिपे्रक्षमा प्रस्न उठाएका छौ यस सर्न्धर्भमा विधान संसोधन कमितीले ध्यान पुयाउने छ भन्ने हामीले आसा राखेका छौ । एन आर एन वेल्जियमको आधिकारिक वेव मा राखिएको विधान लाई सरर्सर्ती हर्ेदा कार्य समितीकेा विघठन को अधिकार दिईएको छैन । जवकी धारा २४ लाई हर्ेर्ने हो भने संस्था विघठन गर्न सकिने छ । संस्थाको परिभाषा नदिएता पनि संस्था भन्नाले एन आर एन वेल्जियम लाई जनाउदछ । संस्थाको विघठन भएमा एन आर एन वेल्जियम नै रहदैन । वाषिर्क र सधारण अधिवेशनमा दुइ तिहाईको र्समर्थन वाट सस्थाको नै विघठन गर्न सक्ने स्थिती रहेको छ ।
यो विधानमा कार्य समितीको पद कसरी रिक्त हुन्छ भन्ने विषयमा मौन छ । साथै कार्यसमिती प्रति साधारण सदस्यको अधिकारको वारेमा पनि विधान मौन रहेको छ । धारा २१ हर्ेर्ने हो भने निस्कासन गर्ने भनिएता पनि त्यो अधिकार कसमा निहित रहने त्यो वारेमा प्रस्ट छैन विधान । एक चोटी निर्वाचित पदाधिकारीले आफनो कार्यकालमा संस्थाको हित विपरित कार्य गरे पनि उसलाई हटाउन सक्ने अवस्थाको कमि छ ।
यस्ता त्रुटी पूर्ण विधानलाई छिटै संसोधन गरिन आवस्यक छ । यस सर्न्धर्भमा एन आर एन वेल्जियमले विधान अध्ययनको लागि एक उच्च कार्य समितीको निमाण गर्नु आवस्यक रहेको छ ।