




-इन्द्र क्षेत्री
बेल्जियम.
19/10/2008
2033 सालमा महामानव बिशेश्वरप्रसाद कोईराला मेलमिलापको नीति लीई स्वदेश फर्केपछी उहाँद्वारा कोजाग्रत पुर्णिमाको दिन मुलुकको राष्ट्रीयताको रक्षाको लागि सबै शक्तिहरु बीच सद्भाव,,मेलमिलाप र सहकार्य अभिबृद्धि गर्ने हेतुले आयोजना हुँदै आएको चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम स्वदेश तथा विदेशमा आयोजना गर्ने परम्परा रहे अनुसार बेल्जियममा पनि नेपाली जनसम्पर्क समितिको स्थापनाकालदेखिनै सँस्थापक अद्यक्ष ध्रुब पौडेलको तत्वावधान र जनसम्पर्क समितिको आयोजनामा यो कार्यक्रम सम्पन्न हुँदै आएको छ . यसै क्रममा यस वर्षको चियापान कार्यक्रम आज मिति 19 अक्टोबरका दिन आण्ट्वेर्पेन शहरमा मित्रवत तथा सादगिपुर्ण वातावरणमा सम्पन्न भयो . सो कार्यक्रममा उपस्थित सबैको स्वागत समितिका उपाद्यक्ष प्रेम गुरुंगले गर्नु भएको थियो भने कार्यक्रमको बारेमा सँस्थापक अद्यक्ष ध्रुब पौडेलले प्रकाश पार्नु भएको थियो . अत्यन्तै छोटो औपचारिक कार्यक्रमको सँचालन अर्का उपाद्यक्ष माधव सपकोटाले गर्नु भयो . त्यसै गरि जनसम्पर्क समितिका अद्यक्ष एवँ समारोहका सभापति गँगाधर गौतमले जनसम्पर्क समितिले आफ्नो वार्षिक क्यालेण्डर प्रकाशित गर्न लागेको र त्यसै अनुसार कार्यक्रमहरु आयोजना गरिने जानाकारी दिँदै आगामी चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम कोजाग्रत पुर्णिमाकै दिन आयोजना गरिने र त्यसमा बेल्जियममा कार्यरत सम्पुर्ण नेपाली सँघ-सँस्था,गैर आवासीय नेपाली सँघ नेपाली राजदुतावास र बेल्जियमवासी नेपालीहरुलाई समयमै औपचारिक निमन्त्रणा गरि यस दिवसको मर्म अनुसार सबैको ब्यापक सहभागितामा मनाईने आफ्नो योजना रहेको सुनाउँदै सो कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिनु भयो . त्यसपछी शुरु भएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम अपरान्ह 16.00 बजे सम्म जारी रह्यो जसमा जनसम्पर्क समितिका पदाधिकारीहरु,सदस्यहरु तथा बिभिन्न सँघ-सँस्थाका प्रतिनीधिहरुको उल्लेख्य उपस्थिति रह्यो .
Nuk ka komente:
Posto një koment