


जगदीश सापकोटा (बार्सिलोना, स्पेन)
आमीक्स देल नेपाल को (Amics Del Nepal) आयोजनामा स्पेनको बार्सीलोनामा नेपाली रक ब्यान्डले नेपाली गीतहरु गाएर नेपालीहरु भन्दा धेरै संख्यामा उपस्थित स्पेनिसहरुलाई छम-छम नचाएका थिए। १७ अक्टोबरको दिन बार्सीलोनाको काइए, मुन्तानेर २४६ (C/Muntaner 246) मा संम्पन्न उक्त कार्येक्रम नेपाली रक ब्यान्डका मास्टर मानिने मुक्ति शाक्यका गीतहरुले जुरुक-जुरुक बनाएको थियो भने वान्स मोर-वान्स मोर भनि तालीका साथ अनुरोध गरेको पनि देखिन्थ्यो। नेपाल र नेपाली प्रति माया र चासो राख्न्ने स्पेनिसहरुले छुट्टै आनन्द लिएर रमाएका देखिन्थे। रक ब्यान्ड मास्टर मुक्तिलाई साथ दिएका थिए स्पेनवाशी अर्का नेपाली कलाकार तथा गाएक राजुले।
बेलुका ९:३० बाट शुरूभएको कार्येक्रम राती झंन्डै १२ बजे सकिएको थियो। आमीक्स देल नेपालका संस्थापक रामोन भिलादोमातले नेपाल र नेपालीको चिनारी गराउंदै संकलित रकम नेपालमा पिछडिएका टुहुरा बालबच्चाहरुको शिक्षाको लागि खर्च गरिने जानकारी गराउनुभएको थियो।
Nuk ka komente:
Posto një koment