e hënë, 30 korrik 2007

हार्दिक समबेदना


हाम्रा पर्वत बेल्जियम सर्म्पर्क समितिका सक्रिय सदस्य श्री अमृत प्रसाद पौडेल -कार्कीनेटा, पर्वत) ज्यूका पिता टिकाराम पौडेलको यहि १८ जुलाई २००७ का दिन असमायिक निधन भएकोले मृत आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारलाई यस दुःखद घडिमार् इश्वरले धर्ैय धारणा गर्ने शक्ति दिऊन् भनिर् इश्वरसँग पर््रार्थना गर्दछौं ।

पर्वत बेल्जियम सर्म्पर्क समिति
बेल्जियम

e martë, 24 korrik 2007

बेल्जियममा बि पि स्म्रिति दिवस सम्पन्न


नेपाली जनसम्पर्क समिति बेल्जियम र नेपाल तरुणदल बेल्जियमको सँयुक्त आयोजनामा जनसम्पर्क समितिको कार्यालय लुभेनमा महामानव बिशेश्वर प्रसाद कोइरालाको २६ औँ पुण्यतिथि मनाईयो ।

जननायक बि पि कोइरालाको स्मरणमा १ मिनट मौन धारण गर्नु का साथै बि पि को तस्विरमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा तरुण दलका युरोपीयन प्रतिनीधि उल्का घिमिरे,तरुण दल बेल्जियमका अद्यक्ष नन्द घले,उपाद्यक्ष प्रेम गुरुङ्,लगायत जनसम्पर्क समितिका बिभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।

- ईन्द्र क्षत्री"पकवान"

एनआरएन युरोपियन बैठक बेलायतमा सम्पन्न


आगामी अक्टोवरमा काठमाडौंमा सम्पन्न हुन लागेको तेश्रो बिश्ब सम्मेलन, सँघको स्थायित्व, बिधान, वर्तमान र भावी परियोजनाका सम्बन्धमा बिभिन्न महत्वपुर्ण निर्णय गर्दै एनआरएन युरोपियन बैठक बेलायतको अल्डरसर्टमा सम्पन्न भएको छ।

भेलाले दोहोरो नागकिरता र संविधान सभामा मतदानको व्यवस्थाको लागि नेपाल सरकारलाई दवाव दिन पत्राचार गर्ने निर्णय गरेको छ । नेपालमा आगामि अक्टोवरमा आयोजना गरिने तेस्रो विश्व सम्मेलनको खाकार तयार गर्न बेलायतमा आयोजित सो भेलाले संविधान सभामा ग्रैर आवासिय नेपालीको सहभागिताको सुनिश्चितताका लागि सो निर्णय गरेको हो ।

भेलाले तेस्रो विश्व सम्मेलन संस्थागत विकास र स्थायित्वमा केन्द्रित हुनुपर्ने निष्कर्ष निस्कीएको छ । युरोपमा रहेका नेपालीहरुको बारेमा सम्मेलनताका नेपाल सरकारको ध्यानाकर्ष गराउने र सम्बन्धीत मन्त्रालयका जिम्मेवार अधिकारको उपस्थितीमा अर्तकि्रया कार्यक्रमको आयोजना गर्नुपर्नेमा भेलाका सहभागि एक मत भएका छन् ।

भेलाले संस्थाको संस्थागत विकासका लागि एनसिसि र आइसिसिका विच समन्वयन राख्नका लागि प्रस्तावित विधानको परिमार्जन गर्नुपर्ने प्रस्ताव समेत पारित गरेको छ । यसको जिम्मा डा।हेमराज शर्माले पाएका छन् । भेलाले नेपालमा निर्माण गर्न प्रस्ताव गरिएको भवन र यसवाट हुने आर्जनको सम्भाव्य अध्ययन गरी तेस्रो विश्व सम्मेलनमा प्रस्तुत गर्ने जिम्मा अशोक श्रेष्ठ र शुभाष अधिकारीलाई दिएको छ ।

डा जुगल र्भुतेललाई अन्तराष्ट्रिय समन्वय समितिको केन्द्रिय समितिवाट प्रस्तावीत अक्षय कोषको खाका तयार गर्ने जिम्मा पाएका छन् । भेला सहभागिहरुले संघको प्रभावकारीता र विकासयसका भावि परियोजनाका विषयमा केन्द्रित रहेको थियो ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष डा उपेन्द्र महतोले प्रमुख आतिथ्य प्रदान गरेका थिए । भेलाको पहिलो सत्रमा विभिन्न देशका राष्ट्रिय समन्वय समितिका प्रतिनिधिहरुले आ-आफ्नो देशमा भएका गतिविधि र नेपालीले भोग्नु परेको समस्याको बारेमा प्रकाश पारेका थिए ।

अधिकांश वक्ताहरुले संघको विद्यमान संरचना र कार्यशैली परिर्वतन गरी संघको अन्तराष्ट्रिय समन्वयन समिति र राष्ट्रिय समन्वय समितिविच उचित समन्वयको विकास गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेपाली राजदुत नभयको देशमा राहदानी बनाउने लगायतका सामान्य प्रशासनिक काममा समेत नेपालीले दुख पाउने गरेको गुनासो गरेका थिए ।

अन्य युरोपियन देशहरुसँग नेपालको कुटनैतिक सम्बन्ध बिस्तार गरी नेपालको प्राकृतिक सौदर्य र सस्कृतिको परिचय दिन सक्यो भने नेपालमा पर्यटन भित्र्याउन सकिने प्रसस्त संभावना भएको पनि बक्ताहरुले औल्याएका थिए।

बक्तब्य दिनेहरुमा बेल्जियमबाट युवराज गुरुङ, नेदरल्याण्डबाट रामबाबु नेपाल, युक्रेनबाट कृष्ण कायस्थ, पोर्चिगलबाट पुर्ण हमाल, युकेबाट अशोक श्रेष्ठ, रुसबाट मणिराज पोखरेल, फ्रान्सबाट बिनोद शर्मा, साइप्रसबाट बुद्द सिह बराली हुनु हुन्थ्यो । यसै गरी युरोप बाहिरबाट कतारका बद्री पाण्डे र क्यानाडा प्रतिनिधिले पनि बोल्नु भएको थियो। बैठकमा उपस्थित हुन नसक्ने स्पेन लगायतका देशहरुले लिखित रुपमा आफ्ना भनाई राखेका थिए ।

बैठकको दोश्रो सत्रमा तेश्रो बिश्व सम्मेलनको तयारीमा भएका प्रगती, सँघको स्थायित्व, बिधान र संगठनात्मक संरचना बारे छलफल भएको थियो। सम्मेलन तयारीका सम्बन्धमा आयोजक समितीका तर्फबाट चिरनजिबी ढकालले हाल सम्म भएको प्रगतीको जानाकारी दिएका थिए ।

सँघको स्थायित्वबारे अध्यन गर्न बनेको समितिको तर्फबाट रामबाबु नेपालले प्रगती बिवरण पेश गर्नु भएको थियो। यसैगरी डा. हेम राज शर्माले 'सँघको प्रस्तावित बिधान र अन्तराष्ट्रिय समन्वय समिति र राष्ट्रिय समन्वय समिति बिच समन्वय' बिषयक एक कार्यपत्र पेश गरेका थिए । सँघको स्थायित्वको लागि आबश्यक पर्ने कोषको समब्धमा पनि यसै सत्रमा छलफल भएको थियो।

एनआरएन भवन निर्माण गरी यसबाट हुने आर्जनको संभाब्यता बारे अशोक श्रेष्ठ र शुभाष अधिकारीले बैठकमा कार्यपत्र पेश गरेका थिए भने जिवा लामिछानेले सँघ द्वारा स्थापित प्रशासनिक अक्षय कोषका बारे भएको प्रगतिका बारे जानाकारी दिएका थिए । तेस्रो सत्रमा सँघका बिभिन्न परियोजना, संसदमा बिचाराधिन एनआरएन सम्बन्धि बिधयक, एनआरएनको आधिकारिक दर्ता, दोहोरो नागरिकता, प्रवासी नेपालीलाई मतदानको ब्यबस्था आदि बिषयकमा छलफल भएको थियो ।

एनआरएन अभियानको मुल्याङ्कन गर्दै प्रो सुर्य सुबेदीले एनआरएन स्थापना कालमा परिकल्पना गरिए भन्दा फरक ढङगले चलेको आफुले पाएको बताउनु भएको। प्रवासी नेपालीहरुले अहिले अपेक्षा गरे अनुसार एनआरएनले काम गर्न चुनौतीपुर्ण भएको बताए ।

कार्यक्रमको सञ्चालन खगेन्द्र नेपालीले, स्वागत भाषण चिरनजिवी ढकाल, र धन्यबाद ज्ञापान कृष्ण भट्टले गरेका थिए ।

तस्विर : नेपाल समाचार

e diel, 22 korrik 2007

चितवन सहायता कोष वेल्जियमको बनभोज कार्यक्रम सम्पन

चितवन सहायता कोष वेल्जियमले आयोजना गरेको बनभोज कार्यक्रम सम्पन्न भएको छ।बेल्जियमको वाभर ल्युभेन भन्ने ठाउँमा गरिएको सो बनभोज कार्यक्रममा उल्लेख्य सहभागी रहेको थियो । बेल्जियमको मौसमले कार्यक्रममा केही बाधा दिएको भए पनि समग्ररुपमा कार्यक्रम रमाइलो भएको सहभागीहरुले बताए सहकर्मी येसु थापाले जानकरी दिएकी छिन। बेल्जियमको लागि का बा राजदुतको अम्बिका लुइटेलको सो बनभोज कार्यक्रममा उपस्थिती रहेको थियो ।



सो वनभोज कार्यक्रमको आकर्षण एन डि एफ वेल्जियम द्धारा आयोजित दोहरी प्रतियोगीताका दुइ विजेता टोली मगर समाज वेल्जियम समुह र चितवन सहायता कोष समुहको पुन एक पटक दोहरी भिडन्त भनिएता पनि बिसेष कारणले सो हुन भने सकेन। यस्को बदलामा सहभागी हरुले दोहरी गाएर अत्यन्तै मज्जा लिएका थिए। साथै कार्यक्रममा अन्य विविध रमाइलो कार्यक्रम हरु पनि समावेश गरिएको थियो ।
स्मरनिय के छ भने चितवन सहायता कोष वेल्जियमले नेपालका विभिन्न असहायलाइ सहयोग गर्दै आएको छ ।

e diel, 15 korrik 2007

क्रान्ति मौसमीले नचाए बेल्जियमबासी नेपालीलाइ

‘पार्टी नेपाल’ को सक्रियतामा र तमु समाज बेल्जियमको आयोजनामा गायक क्रान्ती आले ,मौसमी गुरुङ डि जे रबिन र स्थानिय कलाकार का साथ “साँगितिक यात्रा युरोप २००७” सफलता साथ सम्पन्न भएको छ। कार्यक्रम हेर्न करिब ३५० नेपालीको उपस्थिति रहेको हाम्रा सहकर्मि येसु थापाले जानकारी दिएकी छिन । अत्याधिक गर्मीको अबस्थामा पनि उठेरै भएपनि दर्सकले सो कार्यक्रम हेरेका थिए। धेरै दर्शकको चापले आयोजकहरुलाइ सिटको ब्यबस्था गर्न धौ धौ परेको थियो।










कार्यक्रमको सुरुवात एन आर एन बेल्जियमका अध्यक्ष्य युबराज गुरुङले स्वागत मन्तब्य दिनु भएको थियो ।कार्यक्रममा क्रान्ति र मौसमी को गीतले दर्सकलाइ निकै उत्सहित गरेको थियो। क्रान्तिको गीतलाइ दर्सकले अत्येन्तै मनपराए । अनि स्थानिय कलाकार को प्रसुतीले कार्यक्रममा निकै उत्साह थपेको थियो।

उक्त अबसरमा कार्यबाहक राजदूत अंबिका लुइटेलबाट प्रसंसा पत्र तथा तमु समाजबाट उपहार बितरण गरिएको थियो।

कार्यक्रम मा डि जे रबिनबाट नेपाली डिस्को प्रस्तुत गर्दा पुरा हल रातको करिब १०.३० सम्म नाचेको थियो ।


लोकप्रिय ब्याण्ड १९७४ ए डि को साथ गएको वर्षमा ‘पार्टी नेपाल’ ले “साँगितिक यात्रा युरोप ” सफल आयोजना गरेको थियो ।

e shtunë, 14 korrik 2007

मेलिनाले सुटुक्क लगनगाठो जोडे


अन्तत नेपालकी नायीका मेलिना मानन्धरले सुटुक्क लगन गाठो जोडी ढकाल भएकी छिन । ललितपुर वुगंमति स्थित कार्य विनायक मन्दिरमा उनले रोजे उनको दुलाह मुकेश ढकाललाइ ।नजिकको केही नातागोता र साथीहरु वाहेक विवाहको जनाकारी कसैलाई गराइएन । चावहिल घर भएका मुकेश हाल जापानमा वस्ने गर्दछन ।

विवाहमा मुकेशको तर्फाट उनका वावु आमा विदेशमा भएको कारण सहभागी भएनन । श्रोतले जनाए अनुशार यही हप्ता उनिहरु जापान र्फकदै छन ।

e enjte, 12 korrik 2007

राज्यमन्त्री लेखकसँग एन आर एन बेल्जियमको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपालबाट ग्लोबल माइग्रेशन एण्ड डेभलपमेण्ट कार्यक्रममा भाग लिन बेल्जियम आइपुग्नु भएका श्रम तथा यातायात राज्यमन्त्री श्री रमेश लेखकको स्वागतम एन आर एन वेल्जियमले एक विशेष भेटघाट तथा समसामयिक विषयमा सँक्षिप्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।

कार्यक्रममा एन आर एन वेल्जियमका अध्यक्ष युवराज गुरुगंले प्रवासी नेपालीको तर्फबाट माननिय मन्त्री समक्ष ज्ञापन पत्र वुझाउनु भएको थियो ।



अध्यक्ष गुरुगंले एन आर एन बेल्जियमको तर्फ बाट नेपालमा हुन गै रहेको सम्बिधान सभाको चुनाबमा गैर आवासिय नेपालीले पनि बिदेशबाट नै मत हाल्ने ब्यबस्था गरिनु पर्ने माग सहित बेल्जियम सरकारले नेपाली भाषीहरुलाई बिना कुनै नेपाली हो भन्ने प्रमाण, नेपाल पठाइ रहेको र नेपाल सरकार ले बिना प्रमाण सुपुर्दुगि गरि रहेकोमा ध्यानकर्षण गराउनुभएको छ। नेपाली भाषा बोलेकै आधारमा सुपुर्दगी गरिएकालाई नेपाल सरकारले सहजै स्वीकार्दा गैर नेपाली हरु समेत नेपाल भित्रिने गम्भिर खत्तरालाई नजर अन्दाज गर्न अनुरोध गर्दै माग पत्र हस्तान्तरण गरिएको सहकर्मी द्रोण पाठकले जानकारी दिनु भएको छ।

ज्ञापन पत्र ग्रहण गर्दै राज्यमन्त्री लेखकले सम्वन्धित निकाय र प्रधानमन्त्री समक्ष पुर्‍याइदिने प्रतिबद्दता ब्यक्त गर्नु भयो । गैर आवासीय नेपालीहरुले सँविधान सभाको निर्वाचनमा मतदान गर्न पाउनु पर्ने कुरामा कसैको दुई मत नरहेको अहिलेको अवस्थामा त्यो सम्भब नभएको उहाले बताउनु भयो ।निकट भबिश्यमा नै कोरिया र मलेसिया सँग श्रम सम्झौता हुने विश्वास उहाले दिलाउनु भयो।

कार्यक्रममा का बा राजदुत अम्बिका लुइटेल, राजदुतावासका प्रथम सचिव दुर्गा भण्डारी, एन आर एन आइ सि सि का रबिन्द्रमान श्रेष्ठ लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो।

नेपाली साँस्क्रितिक समाज बेल्जियमले क्याम्प फाईरको कार्यक्रम सम्पन्न गर्यो।




गत वर्ष सफल आयोजना पश्च्यात यो वर्षपनि नेपाल सास्कृतिक् समाज बेल्जियमको आयोजना मा क्याम्प फायर वार्वी क्यु कार्यक्रम सफलता पूर्वक्सम्पन्न भएको छ । कार्यक्रममा उत्शाह्जनक सहभागीत रहेको आयोजकले बताएका छन।

जुलाइ ७ तारिख वेलुकी ६ वजे गन्तव्यमा पुगेरि पुरा रात भर क्यम्प फायर गरि नाच गान वार्वी क्यु खानपान लगायत मनोरन्जन गरिएको थियो । । कार्यक्रम स्थान फिलिपभिल्ले मा गरिएको सो फायर वार्वी क्यु कार्यक्रम युरोपको ब्यस्थ जीवनबाट केहि समय निकालेर साथिभाई हरुसँग रमाईलो सँग बितेको अनुभब सहभगी हरुले बताएका छन।

सबै फोटो कुम शाही

e mërkurë, 11 korrik 2007

नेपाली परिबार बेल्जियमद्वारा रकम हस्तान्तरण


 
बेल्जियममा गत ४ मई २००७ का दिन  दिवंगत हुनुभएका  स्वर्गिय भीमसेन थापाको नावालक छोराको सहयोगका लागि नेपाली परिबार, बेल्जियम बालेन्द्र गुरुङ्गको नेतृत्वमा उठेको सहयोग ९०७३.८५ युरो नाबालकको नाममा खुलेको मुद्धति खातामा जम्मा गरेको समाचार प्राप्त भएको छ। । साथै पछि उठेको रकम १९५ युरो पनि छिटो भन्दा छिटो पठाइने जानकारी दिएको छ। । यो चरण सम्म सहयोग गर्ने सबैलाई नेपाली परिबार, बेल्जियम हार्दिक धन्यबाद अर्पण गर्दछ ।

e diel, 1 korrik 2007

अन्तरराष्टिय पार्क फेस्टिवल सम्पन्न



वेल्जियमको सुन्दर सहर वर्ुगर््रमा ३० जुनमा अन्तरराष्टिय पार्क फेस्टिवल सम्पन्न भएको छ । विभिन्न मुलुकको सहभागिता रहेको सो फेस्टिवलमा नेपाली हरुले समेत भाग लिएका थिए । नेपालको शिक्षा अनि स्वास्थ्थ क्षेत्रमा कार्यरत सस्था हिमालयन प्रोजेक्टले फन्ड राइजिगको लागि स्टल राखेको थियो भने नेपालीहरुको स्वादको नेपाली मम को स्टल मा निकै घुइचो रहेको थियो । कार्यक्रम निकै रोचक रहेको सहभागि हरुले वताएका छन । कार्यक्रममा करिव २० हजारको सहभागि रहेको थियो ।