कार्यक्रममा एन आर एन वेल्जियमका अध्यक्ष युवराज गुरुगंले प्रवासी नेपालीको तर्फबाट माननिय मन्त्री समक्ष ज्ञापन पत्र वुझाउनु भएको थियो ।


अध्यक्ष गुरुगंले एन आर एन बेल्जियमको तर्फ बाट नेपालमा हुन गै रहेको सम्बिधान सभाको चुनाबमा गैर आवासिय नेपालीले पनि बिदेशबाट नै मत हाल्ने ब्यबस्था गरिनु पर्ने माग सहित बेल्जियम सरकारले नेपाली भाषीहरुलाई बिना कुनै नेपाली हो भन्ने प्रमाण, नेपाल पठाइ रहेको र नेपाल सरकार ले बिना प्रमाण सुपुर्दुगि गरि रहेकोमा ध्यानकर्षण गराउनुभएको छ। नेपाली भाषा बोलेकै आधारमा सुपुर्दगी गरिएकालाई नेपाल सरकारले सहजै स्वीकार्दा गैर नेपाली हरु समेत नेपाल भित्रिने गम्भिर खत्तरालाई नजर अन्दाज गर्न अनुरोध गर्दै माग पत्र हस्तान्तरण गरिएको सहकर्मी द्रोण पाठकले जानकारी दिनु भएको छ।
ज्ञापन पत्र ग्रहण गर्दै राज्यमन्त्री लेखकले सम्वन्धित निकाय र प्रधानमन्त्री समक्ष पुर्याइदिने प्रतिबद्दता ब्यक्त गर्नु भयो । गैर आवासीय नेपालीहरुले सँविधान सभाको निर्वाचनमा मतदान गर्न पाउनु पर्ने कुरामा कसैको दुई मत नरहेको अहिलेको अवस्थामा त्यो सम्भब नभएको उहाले बताउनु भयो ।निकट भबिश्यमा नै कोरिया र मलेसिया सँग श्रम सम्झौता हुने विश्वास उहाले दिलाउनु भयो।
कार्यक्रममा का बा राजदुत अम्बिका लुइटेल, राजदुतावासका प्रथम सचिव दुर्गा भण्डारी, एन आर एन आइ सि सि का रबिन्द्रमान श्रेष्ठ लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो।
Nuk ka komente:
Posto një koment