नेपाली जनसम्पर्क समिति बेल्जियम र नेपाल तरुणदल बेल्जियमको सँयुक्त आयोजनामा जनसम्पर्क समितिको कार्यालय लुभेनमा महामानव बिशेश्वर प्रसाद कोइरालाको २६ औँ पुण्यतिथि मनाईयो ।
जननायक बि पि कोइरालाको स्मरणमा १ मिनट मौन धारण गर्नु का साथै बि पि को तस्विरमा माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा तरुण दलका युरोपीयन प्रतिनीधि उल्का घिमिरे,तरुण दल बेल्जियमका अद्यक्ष नन्द घले,उपाद्यक्ष प्रेम गुरुङ्,लगायत जनसम्पर्क समितिका बिभिन्न पदाधिकारीहरुको उपस्थिति थियो ।
- ईन्द्र क्षत्री"पकवान"
Nuk ka komente:
Posto një koment